May 19, 2021, Wednesday

नेबिसंघमा उमेरको बिबाद छचल्कियो

काठमाडौं । लामो समयदेखिको बिबाद र खिचातानीपछि नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्र्थी संघको १२औँ महाधिवेशन १६ देखि १८ कात्तिकमा हुने भएको छ । नेविंघ अध्यक्ष नयनसिं महरले पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबारबाट शुरु केन्द्रीय समिति बैठकमा महाधिवेशनको विकल्प नरहेको  ।

उनले अघि सारेको प्रस्तावित तालिकाअनुसार नेविसंघको अधिवेशनहरू असोज पहिलो सातादेखि माध्यमिक विद्यालय तथा क्याम्पसको अधिवेशनबाट शुरु हुने छ । कार्यतालिका अनुसार असोज १२ गते महानगर, उपमहानगर र गाउँको अधिवेशन हुने छ । नेविसंघमा संघीय संरचना अनुसार क्षेत्रको निर्वाचन भने असोज १५ गते गर्ने प्रस्ताव गरिएको छ । जिल्ला समितिको असोज २१ गते र उपत्यकाका क्याम्पसहरूमा असोज २३ गते अधिवेशन गर्ने प्रस्ताव छ । सातै प्रदेशतर्फका अधिवेशन भने कात्तिक १० र ११ गते गर्ने अध्यक्ष महरले कार्यतालिका प्रस्तुत गरेका छन् ।

नेविसंघको महाधिवेशनका लागि कात्तिक १३ गते महाधिवेशन प्रतिनिधि टुंगो लगाउने १४ गते दाबी विरोधका लागि समय दिइने र त्यही दिन अन्तिम नामावली प्रकाशन गरिने कार्यतालिका रहेको केन्द्रीय सदस्य सुशील भट्टले जनाए । महाधिवेशनको उद्घाटन कात्तिक १६ गते, बन्दसत्र १७ गते गर्ने १२ औँ महाधिवेशनका लागि मतदान १८ गते गर्ने कार्यतालिका छ ।

बैठकमा महरले उमेर हद हटाउन पनि प्रस्ताव यसअघि नै गरिसकेका छन् । यसअघि नेविसंघको विधानअनुसार ३२ वर्ष नाघिसकेकाले केन्द्रीय समितिमा उम्मेद्वारी दिन नपाउने प्रावधान थियो । महाधिवेशनको यो खाका पार्र्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला पक्ष निकटका विद्यार्थी नेताहरूले एक हप्ता लामो गोप्य बैठकपछि तय गरेका हन् ।

गोप्य बैठकप्रति असहमति जनाउने असन्तुष्ट पक्ष नेता विमलेन्द्र निधि समूहका महामन्त्री सरोज थापाको समूह पनि बैठकमा सहभागी थियो । अर्र्को असन्तुष्ट पक्ष पार्टी महामन्त्री डा शशांक निकट समूह पनि बैठकमा सहभागी थियो । उमेर हद हटाउने भनी विद्यार्थीबीच भएको सहमतिप्रति महामन्त्री तथा उपसभपाति निधि निकटका सरोज थापाले असहमति जनाएका थिए । त्यस्तो सहमति गरेको मा अध्यक्ष महरलाई पार्टी सभापति शेरबहादुर देउवाले समेत हप्काएका थिए ।

नेविसंघको महाधिवेशन घोषणा गर्न सभापति देउवालाई नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी र डा. शेखर कोइरालाले दबाब दिएका थिए । दबाब स्वरुप देउवाले नेविसंघको महाधिवेशनको लागि सहमतिमा बातावरण तयार गर्न सहमहामन्त्री डा. प्रकाशशरण महतलाई जिम्मेवारी दिएका थिए । केही दिन अघि बिद्यार्थी नेतासहित केन्द्रीय सदस्यहरु चन्द्र भण्डारी, नविन्द्रराज जोशी, प्रदीप पौडेलसहितका नेतालाई डा. महतले बैठकमा राखेका थिए ।

सम्बन्धित समाचार

देश भित्रै हवाई उडान ठप्प हुँदा नेपाली बिचल्ली तर विदेशीलाई तेस्रो देश उडाउँदै सरकार
देश भित्रै हवाई उडान ठप्प हुँदा नेपाली बिचल्ली तर विदेशीलाई तेस्रो देश उडाउँदै सरकार
  • २०७५ भाद्र २५, ०६: ३२: ५९

नयाँ बिकल्प,काठमाडौं । कामकुरो एकातिर कुम्लो बोकी ठिमी तिर भने झैं देशमा कोरोना संक्रमणको महामारीबाट दैनिक दुई सयको हाराहारीमा नेपाली...

उपेन्द्रको असहमति हुँदाहुँदै ठाकुरले जसपा दलको नेतामा महतो नियुक्त गरे
उपेन्द्रको असहमति हुँदाहुँदै ठाकुरले जसपा दलको नेतामा महतो नियुक्त गरे
  • २०७५ भाद्र २५, ०६: ३२: ५९

नयाँ बिकल्प,काठमाडौं । सत्तारुढ केपी शर्मा ओली नेतृत्वको सरकारलाई बिस्वासको मत दिने र नदिने विषयमा चर्किएको विपक्षी जनता समाजबादी पार्टी...

जसपा नेतृत्व नपाए सरकारमा नजानेः ओली सरकारले बहुमत नपाउने निश्चित
जसपा नेतृत्व नपाए सरकारमा नजानेः ओली सरकारले बहुमत नपाउने निश्चित
  • २०७५ भाद्र २५, ०६: ३२: ५९

नयाँ बिकल्प,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत वैशाख २७ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिने प्रस्तावको विपक्ष र तठस्थमा...

भर्खरै

TOP