May 13, 2021, Thursday

नगरका कृषकहरुको पशु, पन्छी, कृषि तथा व्यक्तिगत दुर्घटना बीमा संझौता

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडर नीलकण्ठ नगारपालिका, धादिङ्गबीच नीलकण्ठ नगरपालिकाका सम्पूर्ण कृषकहरुको पशु, पन्छी तथा कृषि बीमा लगायत व्यक्तिगत दुर्घटना बीमा गराउने सम्बन्धमा संझौता भएको छ ।

उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठर नीलकण्ठ नगरापालीकाका प्रमुख प्रशासकीय अधिकृत जगन्ननाथ पन्तले हस्ताक्षर गरेका छन् ।

उक्त संझौता पश्चात नीलकण्ठ नगरापालिकामारहेका सम्पूर्ण कृषक दाजु भाई तथा दिदी बहिनीहरुले आफनो पशु पन्छी तथा बालिनालीको बीमा ढुक्कसंग आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट गर्नसक्ने छन् भने नगरापालीकाले आफना नगर बासीहरुको पशुधन, कृषि तथा नगराबासीहरको दुघटना बीमा गराई नेपालमा एक नमूना नगरापालिकाको रुपमा आफूलाई स्थापित गर्न सक्ने बताइएको छ ।

सोही अवसरमा नगरपालिकाका मेयर भिम प्रसाद ढूंगानाले आफूले आफना नगरावासी कृषक दाजुभाई तथा दिदी बहिनीहरुको पशु, पन्छी, बालीनालीको बीमा पश्चात कुनै कृषक दाजुभाई तथा दिदी बहिनीको पशुधनको मृत्यु भएमा तथा कृषिमा कुनै दुर्घटना भएमा सो को क्षतिपूर्ति तुरुन्त प्राप्त गर्न नगरपालिकाले आइएमई जनरल इन्स्योरेन्स लि.सँग संझौता गरी व्यवस्था मिलाएको हुनाले कृषकहरुले अफनो सम्पत्तीको बीमा गरी ढुक्क भएर पशु, पन्छी पालन लयागत कृषि उपजमा व्यक्तिगतर व्यावसायिक रुपमा लगानी गरी उत्पादन पढाउन अनुरोध गरे ।

यस कार्यमा नगरपालिकाले अभिभावकको रुपमारहेर नगरावासीहरुलाई सेवा गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले नगरपालीकाले आफना नगरबासी लगायत नगरभित्ररहेका कृषकहरुको सामूहिक हितहुने गरी कम्पनीसंग बीमा गर्ने अवसर प्रदान गरेकोमा नगर वासीहरुलाई उच्च कोटीको बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

आफना नगर वासीहरुको सम्पत्तीको बीमा गराएर सुरक्षित बनाउन उत्प्रेरकको भुमिका निर्वाह गरी सराहनीय कार्य गरेकोमा नगर प्रमुख (मेयर) भिम प्रसाद ढुंगाना, प्रमुख प्रशासकीय अधिकृत लगायत नगरपालिकाको टिमलाई धन्यवाद दिंदै कम्पनीले नगरवासीहरुलाई आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्नसक्नु हुने हुनाले ढुक्क भएर सेवा लिन आव्हान गर्नुहुदै श्रेष्ठले आउने दिनहरुमा सबै ग्राहक महानुभावहरुसंग अझै गहिरो व्यावसायिक सम्बन्ध स्थापना गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सम्बन्धित समाचार

सेनाको हेलिकोप्टरले कोरोना संक्रमित नबोक्दा निजीले अकुत असुल्दै, सरकार किन मौन ?
सेनाको हेलिकोप्टरले कोरोना संक्रमित नबोक्दा निजीले अकुत असुल्दै, सरकार किन मौन ?
  • २०७५ भाद्र २५, ०७: ०२: १९

नयाँ बिकल्प,काठमाडौं । कोरोना संक्रमितको संख्या ग्रामिण क्षेत्रमा समेत बढ्दै जाँदा लकडाउनले यातायातको साधन नपाएका बिरामीबाट निजी क्षेत्रका हेलिकप्टर कम्पनीले...

जुम्लामा साना जलविद्युत प्लान्ट पुननिर्माणको उद्घाटन, भारतीय सरकारको २ करोड ६३ लाख सहयोग
जुम्लामा साना जलविद्युत प्लान्ट पुननिर्माणको उद्घाटन, भारतीय सरकारको २ करोड ६३ लाख सहयोग
  • २०७५ भाद्र २५, ०७: ०२: १९

नयाँ बिकल्प,काठमाडौं – कर्णाली प्रदेशको जुम्ला जिल्लास्थित चन्दननाथ नगरपालिकामा साना जलविद्युत प्लान्टको पुनस्र्थापना कार्य सम्पन्न भएको छ । भारत सरकारको...

अध्यागमन विभागले दुःख दिन थालेपछि नेपाल छाड्ने तयारीमा बैदेशिक लगानीकर्ता
अध्यागमन विभागले दुःख दिन थालेपछि नेपाल छाड्ने तयारीमा बैदेशिक लगानीकर्ता
  • २०७५ भाद्र २५, ०७: ०२: १९

काठमाडौं । मुलुकले बढ्दो बैदेशीक व्यापार घाटा र बेरोजगारी समस्या भोग्दै आएकाले त्यसको न्यूनीकरण गर्न सरकारले वैदेशिक लगानी भित्र्याउन प्राथमिकता...

भर्खरै

TOP