May 18, 2021, Tuesday

अमेरिकामा ज्यून अंग्रेजी भाषा अनिवार्य ः सानुबाबु सिलवाल

सानुबाबु सिलवाल

तपाइ हामि कति जनाले ज्यान मात्रै पाल्ने काम गर्दैछौ अबसर र स्वतन्त्रताको मुलुक अमेरिकामा ? भाषा नजाने अबसर तपाइबाट टाढै छ अमेरिकामा, अबसरको मुलुक भनेर जतिसुकै घोकेपनि, रटे पनि अमेरिकामा आफ्नो आबश्यकता अभिब्यक्त गर्ने, सबृद्धि र समुन्नतिको सपना बुन्ने, पुरा गर्ने हो भने आफ्नो क्षमताको सेल गर्ने माध्यम नै भाषा हो । मैले यसो भनिरहदा तपाइहरु मसँग सहमत हुनुहुन्छ, कि हुनुहुन्न ? मेरो कौतुहलता !

अमेरिकाको अबसर प्राप्तिको मह चाट्ने र केकमा भएको क्रिम हेर्दैमा रहर लाग्दो क्रिमको स्वाद भनेकै अमेरिकाको अंग्रेजीमा भन्दिए भयो । जसले जानेको छ अंग्रेजी भाषा उसलाई खान र दिनचर्यामा खासै टाउको दुख्दैन । अमेरिकाको आबाज अंग्रेजीलाई अबसरको आइरन गेटको नाम राखिदिँदा पनि आपत्ति हुनेछैन ।

अंग्रेजी भाषा बिना भोगिने हेजिटेशन, ह्म्युमुलियशन, हेट सुन्दैमा दर्दनाक शब्दहरु हुन र कन्फिडेण्ट, लिडरसिप, कमाण्ड, क्बालिटी, स्किल र रेस्पेक्ट यिनका भर्सेस पनि । भाषा नहुदा ठगिने, भाषा नहुदा ह्युमिलियटेड हुनुपर्ने, भाषा नहुदा ज्ञानको अभाबमा दुख पाउने, झञ्झटिलो हुने, तनाब हुने र हैरानि खेप्नुपर्ने हुन्छ । अंग्रेजी भाषाको अभाबमा थुप्रै नेपालीहरुले अबसर मात्र गुमाएनन् अमेरिकामा प्राप्त हुने प्रिभिलेज पनि गुमाउन पुगे । शोषित मात्रै बनेनन् गुणात्मक जिबनशैलिको मार्गबाट टाढिन पुगे आम अधिकाश नेपाली मानिसहरु ।

कस्ले बोलिदिने उनीहरुको लागि ? दोष भाषा नजान्नुमा होइन सिक्ने र जान्ने प्रयास नै नगर्ने गलत मतिले बिग्रे नेपाली अमेरिकामा । नेपाली समुदायका बीचमा बसेर, गाडी चढेर, बाटोमै नेपाली दोहोरिको गीत कानमा घन्काएर जानिन्न अमेरिकामा भाषा र सिकिन्न पनि । अमेरिकाको फड्को मार्नलाई जीबन शैली र प्रबिधिमा नेपाली बिक्न नसक्ने र टिक्न नसक्के परिस्थिति जन्मदै छ अर्कोतिर ।

अंग्रेजी भाषा सिकेर आफुलाई गुणात्मक र प्रोफेशनल बनाउन सकेमात्र मेरिकामा त्यति बेला मात्रै रियल अमेरिकाको क्रिमको स्वाद प्राप्त गर्न सकिने छ । नत्र जिउ पाल्ने बाहेक केहि हुने वाला छैन । के बिग्रन्छ भाषा जानेको छैन भन्दा ? लाज लाग्छ तपाइलाई भाषा नजानेको भन्दा ? लाजले तपाइको कदलाई ओरालो मात्रै लगाउदैन, नजानेको कुरा नौटङ्किमा बिताउदा अरु थुप्रै हन्डरको सामाना गर्नु पर्ने हुन्छ ।

अमेरिका अंग्रेजी, अबसर, आर्थिक, अग्रसरता, आबश्यकता, अनुशासन, अनेकता, अनुभुति, अभिष्ट, अह्मता र अनुभब जस्ता “अ” नै “अ” ले भरिएको आफ्नै र थुप्रै बिबिधताले सम्पन्न मात्रै छैन यहाँ जिउने र जिबन यापनका क्रममा थुप्रै चुनौति, समस्याका साथसाथै गर्न सक्नेलाइ प्रचुर अबसरहरु पनि यत्रतत्र छरिएका छन । मात्र तिनलाई टिप्न ढङ्ग, तरिका, परिश्रम र अलिकति कमन सेन्स अर्थात बिबेक जरुरी छ भन्दा अतिसारो नहोला ।

हेर्दा ख्यालख्याल जस्तो, हेर्दा सानोतिनो गन्नै नपर्ने जस्तो, भन्दा र सुन्दा लाज मान्नुपर्ने, अलिकति हिनताबोध हुने जस्तो, जाने जस्तो गर्नु पर्ने जस्तो, भाचिएको र नमिलेको मन जस्तो, अभिब्यक्तिमा असजिलो र पसिना काढ्नु पर्ने र हिडाइ कछुवा जस्तो छ अबसर टिप्ने र प्राप्तिका लागि अमेरिकामा । कुरा सिधै छन् ।

अमेरिकामा अबसर टिप्न अंग्रेजी सिक्न, बोल्न, लेख्न र पढ्न सकेमा भ¥याङ्गको पहिलो खुड्किलो पार गरेको ठाने भयो । अंग्रेजी भाषा युनिभर्सल भाषा नजान्नुमा अपराध चाहि होइन । सिक्नु र जान्नुमा आफ्ना आबश्यकता, अप्ठेरा, असजिलोपन र आफ्ना अभिब्यक्ति निर्धकताका साथ गाठो मात्र फुकाउनु होइन कि जिबनलाइ अझ सहज बनाउने, जिबनलाई गुणात्मकता दिने, राम्रा अबसर प्राप्ति गर्ने, आत्मबिश्वास बढाउने तथा बढ्ने, इमजेन्सि बाहेक अरुको सहायताका लागि अपेक्षा गरिरहनु नपर्ने, काम, ब्यबसाय, घर, पर्परटि, खरिद बिक्रि, कन्ट्रयाक्ट, सम्झौता, लिज तथा सामन्यतया अंग्रेजी भाषामा लेखिएका कागज तथा हिड्दा बोल्दा, कारोबार गर्दा आदि इत्यादिमा बिशेषत अमेरिकामा बसेपछि अंग्रेजी जान्नु जरुरी छ ।

यतिमात्रै होइन कार्यथलोमा श्रम शोषण, अन्याय, भायोलेशन, ठगिने तथा प्राप्त हुने बेनेफिट तथा राहत भाषा नजान्दा गुम्ने हुन सक्छ । सामन्य अंग्रेजी भाषाका अभाबमा अमेरिकि भुमिमा सामन्यतया कानुन, नियम, नीति, सुबिधा तथा समयमा भैपरि आउने घटनाक्रमको अज्ञानताले पछि मात्रै परिदैन कि कहिले काहि समस्या र परिबन्दमा पर्न सकिन्छ । अमेरिकामा नबस्नु बसेपछि अंग्रेजी भाषा सिक्नु र जान्नु जरुरी छ । आवश्यकता, आत्मबिस्वास, अबसर र अभ्यस्तताका लागि अंग्रेजी भाषा सिकेको राम्रो । लाज लाग्ने, हिनताबोध र पछाडि फर्कने बानिले भाषा जानिदैन ।

अमेरिकनहरु कन्फिडेन्ट छन् । उनीहरु आँखामा आँखा जुधाएर कुरा गर्नलाइ माहिर छन् । यसो नगरे टाउको निहु¥याएर आँखामा नहेरेर गरेको कुराकानिलाई अपराध कन्फेसनको रुपमा, मनोबैज्ञानिक रुपमा कमजोर ठान्दछन् । भाषा जान्दा यो रोगको निदान सहज छ । अब के गर्ने त भाषा नजान्दा, नबुझ्दा र सिक्न र जान्नका लागि कसो गर्ने त ? उत्तर सजिलो छ । नजिकैको भाषा केन्द्र वा कम्युनिटि कलेज, स्कुलहरुमा भर्ना हुने, घरमा परिवारका सदस्यहरुसँग अंग्रेजीमा नै सक्दो अन्तर्क्िरया गर्ने, टिभि हेर्ने, गाडिमा छदा एफ एममा हुने अन्तरक्रिया, छलफल सुन्ने, अंग्रेजी गीतहरु सुन्ने, अमेरिकामा आफ्ना स्कुल वा कलेज जाने बच्चाहरुसँग अंग्रेजीमा बोल्ने र प्रयास गर्ने, पत्रिकाहरु पढ्ने र जतिसक्दो बोल्न प्रयास गरेमा भाषामा प्रगति वा सिक्न सकिन्छ ।

एउटा ज्वलन्त समस्या चाहि के हो भने नेपाली बच्चाहरुलाई नेपाली भाषा र अधिकांश बाबु आमाहरुलाई अंग्रेजी भाषाको समस्या देखिएको छ । सहजपुर्ण जिबन र छरिएर रहेको अबसर सदुपयोगका लागि अंग्रेजी भाषा सिकि आफुलाई थप आत्मबिस्वासि र थप कर्मठ र जीवनशैलिलाई अझै गुणात्मक बनाउन आजैबाट लागि परौ अमेरिका र प्रबासमा ।

सम्बन्धित समाचार

व्यापारीलाई पोष्न खोपमा भ्रष्टाचार गर्दा कोरोना संक्रमितले ज्यान गुमाउनु पर्यो, ओलीले राजिनामा दिनु पर्छ
व्यापारीलाई पोष्न खोपमा भ्रष्टाचार गर्दा कोरोना संक्रमितले ज्यान गुमाउनु पर्यो, ओलीले राजिनामा दिनु पर्छ
  • २०७५ आश्विन १, ०७: ५७: १९

प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा प्रस्तुत गर्नु भएको विश्वासको मत लिने प्रस्तावको विषयमा आफ्नो मत राख्दै प्रमुख प्रतिपक्षी दलका नेता...

कोभिड—१९को विस्तार र स्वतन्त्र प्रेसको भूमिका
कोभिड—१९को विस्तार र स्वतन्त्र प्रेसको भूमिका
  • २०७५ आश्विन १, ०७: ५७: १९

१.कोभिड—१९को दोस्रो छालले नेपाललाई पनि छोप्यो भने हुन्छ । विश्वका देशहरुमा कोरोनाका भाइरसहरुले विभिन्न रुप लिएर विस्तारित हुन थालेका समाचारहरुले...

पशुपति नाथको शरणमा नै पुगेका हौँ त ?
पशुपति नाथको शरणमा नै पुगेका हौँ त ?
  • २०७५ आश्विन १, ०७: ५७: १९

१. नेपालमा प्रजातन्त्रको स्थापना, पुनस्र्थापना र फेरि पुनस्र्थापनाका घटनाहरुको कडीमै २०६३साल वैशाख ११ गते आएको थियो, जुन दिन जनताको आन्दोलनको...

भर्खरै

TOP