May 19, 2021, Wednesday

एनआईसी एशिया बैंकको नयाँ योजना

काठमाडौं । एनआईसी एशिया बैंकले ‘चमत्कारिक सवारी कर्जा’ र ‘चमत्कारिक घर जग्गा कर्जा’ गरी दुई आकर्षक नयाँ योजना ल्याएको छ । बैंकले ‘एनआईसी एशियाको साँच्चै चमत्कार अब गर्नुहोस् आफ्नो सपना साकार’ नाराका साथ चमत्कारिक सवारी कर्जा सार्वजनिक गरेको हो ।

यस योजनामा नयाँ गाडी किन्न वा पुरानो सवारी साधन सट्टापट्टा गर्न चाहनेलाई फाइदा हुने बैंकले जनाएको छ । यस्तो कर्जाको भुक्तानी अवधि बढीमा १५ बर्षसम्म हुने र सवारीको मुल्यअनुसार मासिक ११ हजार रुपैयाँबाट किस्ता रकम सुरु हुने छ । बैंकले यो कर्जा अन्र्तगत आंशिक अथवा पूर्ण रुपमा बिना कुनै शुल्क पूर्व भुक्तानी गरी मासिक किस्ता र भुक्तानी अवधि परिवर्तन गर्न सक्ने सुविधा समेत दिएको छ ।

बैंकले यसको मासिक ब्याजदर ०.९ प्रतिशत हुने तथा प्रशासनिक सेवा शुल्कमा विशेष छुट दिने जानकारी दिएको छ । त्यसैगरी बैंकले सार्वजनिक गरेको चमत्कारिक घर जग्गा कर्जामा आफ्नो आम्दानीअनुसार मासिक किस्ता निर्धारणको सुविधा दिएको बैंकले जनाएको छ । बैंकले यसका लागि अधिकतम ५० वर्षसम्मको कर्जा भुक्तानी अवधि समेत दिएको छ ।

बैंकले यो कर्जामा पनि आंशिक अथवा पूर्ण रुपमा विना कुनै शुल्क पूर्व भुक्तानी गरी मासिक किस्ता र भुक्तानी अवधि परिवर्तन गर्न सकिने सुविधा दिएको छ । बैंकले यसका लागि पनि मासिक ०.९ प्रतिशत व्याजदर तोकेको छ । यो कर्जा सुविधा देशभरका बैंकका २४४ वटा शाखाबाट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

सम्बन्धित समाचार

सेयर बजारमा अर्काे नयाँ रेकर्ड : हाइड्रोपावरमा बढी आकर्षण
सेयर बजारमा अर्काे नयाँ रेकर्ड : हाइड्रोपावरमा बढी आकर्षण
  • २०७५ आश्विन १, ०८: २८: ०५

नयाँ विकल्प काठमाडौं : सेयर बजारमा सोमबार पनि उत्साह जारी छ । नेप्से सूचकका साथमा खरिदबिक्री रकममा पनि राम्रो छ...

तराई-मधेश द्रुत मार्गः  सुरूङ बनाउने ठेक्का चिनियाँ कम्पनीलाई
तराई-मधेश द्रुत मार्गः सुरूङ बनाउने ठेक्का चिनियाँ कम्पनीलाई
  • २०७५ आश्विन १, ०८: २८: ०५

नयाँ विकल्प, काठमाडाैं- काठमाडौं-तराई-मधेश द्रुत मार्ग(फास्ट ट्रयाक)को सुरुङ निमार्णका लागि नेपाली सेनाले दुई चिनियाँ कम्पनीसँग सम्झौता गरेको छ। द्रुत मार्गमा...

सिंगापुर बेभरेजका शर्मालाई युरोपको विश्वविद्यालयबाट बिद्याबारिधी उपाधि
सिंगापुर बेभरेजका शर्मालाई युरोपको विश्वविद्यालयबाट बिद्याबारिधी उपाधि
  • २०७५ आश्विन १, ०८: २८: ०५

नयाँ बिकल्प,काठमाडौं । फ्रान्सको पेरिसस्थित युरोपियन इन्टरनेसनल युनिभर्सिटीले सिंगापुर बेभरेजेज नेपाल प्रालिका संस्थापक तथा म्यानेजिङ डाइरेक्टर आशिष शर्मालाई इन्टरनेसनल बिजनेस...

भर्खरै

TOP