काठमाडौ । यातायात व्यवसायी र मोटर्स पार्टसका व्यवासायीको प्रभावमा परेर सरकारले २० बर्षे पुराना सवारी साधान हटाउने प्रावधानलाई खारेज गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले सरोकारावाला निकाय यातायात व्यवस्था विभागलाई छल्दै मन्त्रालयका एक उपसचिवलाई प्रस्ताव गर्न लगाएर आफैले सलर गर्दै मन्त्रीपरिषद् बैठकमा पेश गर्ने तयारी गरेका छन् ।
सरकारले १ चैत २०७४ देखि नेपालबाट २० बर्ष पुराना भाडाका बस, ट्रक, मिनी बस, मिनी ट्रक, भ्यान, जीप, कारलाई सञ्चालनमा रोक लगाएको थियो । तर व्यवसायीको आग्रहमा मन्त्री महासेठले बिहीबार मन्त्रीस्तरिय निर्णय गराई मन्त्रिपरिषद्मा लगेका हुन ् । तर प्रधानमन्त्री ओलीले केही दिन पर्खिने भनेपछि रोकिएको छ । प्रधानमन्त्री ओली अमेरिकी भ्रमण सकेर फर्किएपछि मात्र सो बिषयमा निर्णय हुने बताइएको छ ।
मन्त्रालय स्रोतका अनुसार महासेठले विभिन्न कारण देखाउँदै काठमाडौं महानगरपालिका र पोखरा महानगरपालिकाबाहेक अन्यत्र देशव्यापी सञ्चालन गर्न पाउने प्रस्ताव गरेका छन् । मुलुकभर हाल २० बर्ष पुराना त्यस्ता सवारीको सख्या करिव १० हजार रहेको छ । नारायणी अञ्चलमा मात्र त्यस्ता सवारीको सख्या दुई हजार तीन सय रहेको छ ।
महासेठले निकट भविश्यमा आएको चाडबाडमा यात्रुको चाप र सामग्री ढुवानीको चापलाई समेत मध्यनजर गर्दै यस्तो प्रस्ताव गरेको दाबी गरेका छन् । तत्कालिन मन्त्रिपरिषद्को २६ भदौ २०७१ को बैठकले २ बर्षभित्र २० पुराना सवारी साधनको सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो । यातायात माफियाको दबाबमा १८ फागुन ०७१ मा मात्र राजपत्रमा सूचना प्रकाशित गर्दै २ बर्ष भित्र २० बर्ष पुराना सवारी सञ्चालनमा रोक लगाउने जनाइएको थियो ।
त्यसको अवधि पुन एक बर्ष थपेर १ चैत २०७४ देखि सरकारले २० बर्ष पुराना सवारीमा रोक लगाएको थियो । २० बर्ष पुराना सवारी सञ्चालनमा रोक लगाएको करिव ६ महिनापछि सरकारले सो निर्णयमा पुनर्विचार गर्न लागेको हो ।
पुराना र थोत्रा सवारी साधनको सञ्चालनमा रोक नलगाउँदा सवारी दुर्घटनामा बृद्धि भएको र त्यसबाट बर्षेनी करोडौंको धनजनको क्षति हुँदै आएको छ । पुराना भएका भाडाको सवारी साधनको कार्बोरेटर, क्लजप्लेट, गियर बक्स, इञ्जिन कमजोर हुँदा सवारी दुर्घटनाको सम्भावना हुने गर्छ ।
२०५२ सालमा वातावरण मन्त्रालयले पुराना सवारी साधनले धुवाँ फ्याक्दा कार्बन मोनोअक्साईड निस्कने र त्यसबाट मानव स्वास्थ्यमा गम्भिर असर गर्ने भन्दै प्रदुषण जाँचको व्यवस्था भएको थियो ।
नयाँ बिकल्प,काठमाडौं । सहकारीको नाममा सयौं सर्वसाधारणले बचत गरेको करोडौं रुपैया हिनामिना गर्ने राजाधानीको न्यूरोडस्थित धर्मपथको एयरटेल सहकारी संस्थाका सञ्चालकलाई...
’नयाँ बिकल्प,काठमाडौं – दुुई वर्षअघि अर्थात २०७५ फागुन २८ गते नेत्र बिक्रम चन्द उर्फ विप्लव नेतृत्वको तत्कालिन नेपाल कम्युनिष्ट पार्टीलाई...
नयाँ बिकल्प,काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वउपसभापति गोपालमा श्रेष्ठलाई मंगलबार बिहान अस्पताल भर्ना गरिएको छ । शरिरमा अक्सिजनको मात्रामा...