February 25, 2021, Thursday

अस्तव्यस्त ट्राफिक व्यवस्थापन

जति ठुलाठुला सडकहरु निर्माण हुँदै जान्छन्, त्यतिनै सवारी साधनहरु चलाउँदा व्यवस्थित तरिकाले चलाउँदै जानुपर्ने हुन्छ । तर नेपालमा भने त्यस्ता सडकहरुको दुरुपयोग भएको पाइन्छ ।

अहिले त्यस्तै भएको छ भक्तपुर सुर्यविनायक जाने सडक । कोटेश्वरबाट सुर्यविनायक जाने सडक ठुलो र व्यवस्थित सडक हो ।

त्यसैले उक्त सडकमा सवारी साधन चलाउँदा व्यवस्थित तरिकाले ट्राफिक नियम संगतले चलाउनु पर्दछ । उक्त क्षेत्रमा सवारी साधन चलाउँदा जति टाढा जाने हो त्यहि अनुसारको लेन प्रयोग गर्नुपर्दछ ।

त्यसैले लेनअनुसारको सवारी चलाउँदा कुनै सवारी साधनले गुडिरहेको अर्को सवारी साधनलाई विना झन्झट आफ्नो गन्तव्य स्थान तय गर्न सक्छ । तर उक्त क्षेत्रमा सवारी चलाउनेहरुले वेवास्ता गर्नाले पछाडी रहेको सवारी साधन निकै मर्कामा परिरहेको हुन्छ । त्यसैगरी निर्माण सम्पन्न हुँदै गरेको कोटेश्वरदेखि बल्खु, कलंकीको चक्रपथ सडकमा पनि त्यस्तै अस्तव्यस्त भइरहेको छ ।

पहिले भइरहेको चक्रपथ सडकलाई निकै लामो समय लगाएर निर्माण भएको उक्त सडकमा अहिले ट्राफिक व्यवस्थापन अस्तव्यस्त छ ।

नव निर्मित उक्त चक्रपथ सडक बिचको ४ लेन सहित साईड सडक समेत भएको हुँदा सुरुको अवस्थाबाटनै आफ्नो गन्तव्य स्थान तय गर्नुपर्ने हुन्छ । तर उक्त सडकमा सवारी चलाउनेहरुले सडकको निकै दुरुपयोग गरिरहेको पाइन्छ । बिचमा भएको भागबाट आफुलाई जति टाढा जानुपर्छ, त्यति सुविधा जनक द्रुुत गतिमा चलाउन सकिन्छ ।

तर उक्त सडकमा बटुवाहरुले जथाभावी बाटो काट्ने, सवारी साधनहरु यत्रतत्रबाट छिर्ने हुँदा उक्त सडक सवारी चलाउन निकै जोखिमपूर्ण बन्दै गएको छ । किनकी बटुवाहरुलाई बाटो काट्न आकाशे पुल नहुनु र भित्रि सडकबाट कार, सवारी साधन चलाउनेहरुले सवारी नियम उल्लघन गर्नाले सवारी दुर्घटना बढ्ने सम्भावना रहेको छ ।

वर्षौदेखि जनतालाई धुलो र धुँवाबाट ग्रसित बनाएर निर्माण भएको कोटेश्वरदेखि, बल्खुसम्मको चक्रपथ सडक निर्माण कार्य पुरा भएपनि व्यवस्थित नहुँदा नियमसंगत सवारी चलाउनेहरुलाई भने निकै मर्का परिरहेको देखिन्छ ।

कोटेश्वर सडकबाट सात दोवाटो आउने सडक निकै व्यवस्थित बनाईएको भएता पनि उक्त सडकमा बिचबिच बाटोमा लामो दुरीमा चल्ने ठुला बस र ट्याक्सीहरु पार्क गरिरहेका कारण साईड सडकबाट यातायातका सवारी साधन चलिरहेको देखिन्छ ।

त्यसैले पुनः सवारी साधनको लाइन बढ्न थालेको छ । बल्लबल्ल वर्षौदेखिको पर्खाइमा बनेको उक्त सडकमा यातायातका साधन चलाउँदा नियम संगत चलाउने र बटुवाहरुले पनि जथाभावी बाटो नकाट्ने हो भने दुर्घटनालाई न्यूनीकरण गर्न सकिन्छ । त्यसैले सवारी चलाउनेलाई सवारी नियम संगत गराउन ट्राफिक नियम कडासँग पालना गर्नतर्फ ध्यान जान जरुरी छ ।

अहिले उक्त सडकमा कुनै पनि खालको नियम लागु भएको छैन । तत्काल ट्राफिक व्यवस्थापन कडाईका साथ लागु गर्नुपर्ने देखिन्छ ।

सम्बन्धित समाचार

नयाँ विकल्प अब डिजिटल संस्करणमा पनि
नयाँ विकल्प अब डिजिटल संस्करणमा पनि
  • २०७५ आश्विन १५, ०७: ३८: ४५

काठमाडौं । नेपाली पत्रकारिताको क्षेत्रमा विगत तीन दशकदेखि अनवरत रुपमा प्रकाशित नेपालको राष्ट्रिय साप्ताहिक नयाँ विकल्प अब डिजिटल संस्करण सहित...

असारे विकासले ओझेलमा परेको विपद् व्यवस्थापन
असारे विकासले ओझेलमा परेको विपद् व्यवस्थापन
  • २०७५ आश्विन १५, ०७: ३८: ४५

वर्षायाम सुरु भएसँगै देशका विभिन्न स्थानहरुमा बाढी पहिरो र डुबान पनि सुरु भइसकेको छ । गत साता बिहिबारबाट भएको अबिरल वर्षाका...

नेपालमा लकडाउनको १०० दिन र विश्व बैंकको प्रतिवेदन
नेपालमा लकडाउनको १०० दिन र विश्व बैंकको प्रतिवेदन
  • २०७५ आश्विन १५, ०७: ३८: ४५

विश्व बैंकले गत साता प्रकाशित गरेको प्रतिवेदनको अनुसार नेपाल निम्न आय भएको मुलुकबाट निम्न मध्यम आय भएको मुलुकको सूचीमा उक्लिएको...

भर्खरै

TOP