ब्रिटिश अधिकारीहरूको भनाइमा फ्यान्सी बेयर नाम गरेको समूहले लागु औषध प्रयोग विरोधी निकाय वल्र्ड एन्टी डोपिङ एजेन्सी (वाडा) को कम्प्युटर प्रणालीमा अनधिकृत पहुँच अर्थात ह्याक गरेर खेलाडीहरूका गोप्य दस्तावेजहरू चुहाएको हो । त्यो समूहले इन्टर्नेट मार्फत फिसिङ गरेर पासवर्डहरू चोरी गरेको आरोप ब्रिटिश अधिकारीहरूको छ ।
उनीहरूका अनुसार त्यही समूहले गत वर्ष युक्रेनको किएभको मेट्रो प्रणाली र ओडेसाको विमानस्थलको प्रणालीमा साइबर हमला गरेको थियो । त्यो समूहले सन् २०१६ मा अमेरिकी डिमोक्र्याटिक न्याशनल कमिटिका सूचनाहरू समेत चुहाइ दिएको ब्रिटिश अधिकारीहरू बताउँछन् । यो वर्षको सुरुमा सोल्जबरीमा रुसी जासुस सेर्गेइ स्क्रिपाललाई स्नायु विष दिने कार्यमा पनि जीआरयूकै हात रहेको आरोप लगाइएको छ ।
ब्रिटेनका गुप्तचर निकायका अधिकारीहरूले पहिलो पटक साइबर हमलाको दोष जीआरयूमाथि लगाएका हुन् । –बीबीसी
नयाँ बिकल्प, काठमाडौं– भारतीय सरकारले भुुःकम्पबाट क्षति भएको ललितपुरको एक महाबिहार र सिन्धुपाल्चोकका दुुई गुम्बा पुनःनिर्माण गर्ने भएको छ ।...
याङ्गुन । प्रजातन्त्रका पक्षमा सहभागी प्रदर्शनकारीमाथि सुरक्षा फौजले गरेको कारबाहीमा परी म्यान्मारमा बुधबार कम्तीमा ६ जनाको मृत्यु भएको छ ।...
गुसौ, नाइजेरिया–अपहरणमा परेका नाइजेरियाका छात्राहरु मुक्त भएका छन् । देशको उत्तरी क्षेत्रमा रहेको निजी विद्यालयबाट अपहरणमा परेका सबै २७९ जना...