काठमाडौ । महानगरीय प्रहरी परिसर काठमाडौंले आफ्नै वृत्तका ईञ्चार्ज रहेका एकजना डिएसपीको अविश्वास गरेर सिधै जुवा खालमा छापा मारेको छ । काठमाडौंको मुलपानीमा सञ्चालन हुँदै आएको जुवा अखडामा शुक्रबार राति दश बजे महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएका डिएसपी होविन्द्र बोगटीको कमाण्डका सादा पोशाकका प्रहरीले छापा मारेको हो ।
प्रहरीबाट बच्न भाग्ने क्रममा चार तलामाथिबाट हामफाल्दा दुईजनाको मृत्यु भएको काठमाडौं प्रहरीका प्रमुख एसएसपी बसन्त लामाले जानकारी दिएका छन् । मृत्यु हुनेमा सरोज घले र सोमलाल तामाङ रहेका छन् ।
महानगरीय प्रहरी वृत बौद्धका प्रमुख डिएसपी श्याम राईको संरक्षणमा सञ्चालन हुँदै आएको भन्ने उजुरी परेपछि एसएसपी लामाले शुक्रबार राति जुवा अखडामा छापामार्न आदेश दिएका थिए । जुवा अखडामा छापा मार्ने कुराको सुईको बौद्धका डिएसपी राईलाई दिइएको थिएन । एसएसपी लामाका अनुसार जुवाको अखडाबाट एक महिलासहित २३ जना पक्राउ परेका छन् । तामाङ थरका एक व्यक्तिको घरमा लामो समयदेखि जुवा अखडा चलिरहेको थियो ।
जुवाडेले च्यानल गेटमा लगाएको ताला खोल्न नमानेपछि प्रहरीले ताला फुटाएर भित्र प्रवेश गरेको थियो । जुवाको खालबाट प्रहरीले ४ लाख ५८ हजार नगद र केही थान कौडा बरामद गरेको छ ।
जुवाको खालमा घरभित्र जुवाडेहरूलाई मदिरासहितका सेवा दिइँदै आइएको थियो । जुवा अखडाका बारेमा बौद्ध प्रहरीमा पटक पटक उजुरी परे पनि डिएसपी राईले कुनै पनि कदम उठाएका थिएनन् ।
जुवाखालमा महानगरिय प्रहरी परिषरले महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख डीएसपी श्यामकुमार राईको क्षेत्रमा पर्ने मुलपानीको जुवाखालबाट २३ जना पक्राउ परेको भोलीपल्टै उनै राईलाई एक लाख ४० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले उनलाई सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा शनिबार उनकै कार्यकक्षबाट पक्राउ गरेको हो ।
बौद्ध वृत सम्हालेदेखिदै त्यस क्षेत्रका व्यापारी–व्यवसायीमाथि घुस आतङ्क मच्चाएको आरोप खेपिरहेका राईविरुद्ध यसअघि प्रहरी हेडक्वार्टरमा उजुरीसमेत परेको थियो तर यस विषयमा कुनै कारवाही भएको थिएन । यद्यपि उनलाई उजुरीका सन्दर्भमा हेडक्वार्टरले पटक–पटक सचेत भने गराउँदै आएको थियो । हेडक्वार्टरको सल्लाहलाई वेवास्ता गर्दै आफ्नो गलत कामलाई निरन्तरता दिईरहेका राई अन्ततः रङ्गेहात पक्राउ परेका छन् ।
गतसाता एउटा प्रहरी बिटको उद्घाटनमा गृहमन्त्री रामबहादुर थापा लगेर आफूलाई गृहमन्त्रीसँग नजिक रहेको फूर्ति लडाउँदै गरेका डीएसपी राई उनैले संरक्षण गरेका दुई जुवाडे शुक्रबार राती तीन तलाबाट लडेर मरेपछि तनावमै रहेको बेला राई शनिबार साँझ आफैं पक्राउ परेका हुन् ।
शुक्रबारको उक्त घटनामा घाइते भएकाहरुको बी एन्ड बी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । कागेश्वरी मनहरा–६ स्थित जुवा खेलाइरहेको खालमा राईले थाहा नपाई उनीमाथिको निकाय काठमाडौं प्रहरी पसिरले एक्कासी छापा मारेको थियो । जुवा खेलाउने घर मालिक टेन्डी शेर्पा रहेको खुल्न आएको छ ।
नयाँ बिकल्प,काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम बिरुद्ध सर्वोच्च अदालतमा परेको...
नयाँ विकल्प काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सर्वोच्च अदालतको संसद पूर्नस्थापनागर्ने निर्णयको सम्मान गरेको छ ।...
नयाँ विकल्प काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र...