February 27, 2021, Saturday

वैदेशिक रोजगार विभागका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । वैदेशिक रोजगार विभागका कर्मचारीविरुद्ध नक्कली कागजात बनाएर बिना भिसा कुवेतको श्रम स्वीकृति दिएको अभियोगमा काठमाडौंको कार्यालयबाट २५ जना कर्मचारी र २ जना विचौलियाविरुद्ध शुक्रबार भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
उनीहरुले रोजगारीका लागि कुवेत जान चाहने १८४ जना महिलालाई भिसाविनै श्रम स्वीकृति दिएको पाइएको अख्तियारका प्रवक्ता मदन कोइरालाले बताए । उनका अनुसार २५ अगष्ट २०१७ देखि २५ अक्टोबर २०१७ सम्म श्रम स्वीकृति प्रदान गरिएकामध्ये १८४ महिलालाई नियम उल्लघंन गरी गलत भएको पाइएको छ ।

गलत कागजातका आधारमा श्रम स्वीकृति लिएर कुवेत गएका ती महिला कुवेत पुगेपछि शोषणमा परेका थिए । अख्यितारले विभागका शाखा अधिकृतहरु हरिप्रसाद देवकोटा, दीपकुमार आचार्य, गणेश विक्रम शाह, पवित्रा श्रेष्ठ, दिनेश कुमार राई रामप्रसाद ओलीविरुद्ध आरोप पत्र दायर गरेको छ ।

त्यस्तै नायव सुव्बाहरु अमरराज जोशी, विन्दु घिमिरे, रघुनाथ केसी, योगेन्द्र खत्री, विष्णुहरि निरौला, दिलबहादुर मदन गिरी, खगेन्द्र पोखरेल, लक्ष्मीदेवी भुसाल, नगेन्द्रप्रसाद गौतम, हेमराज पाण्डे, कर्णबहादुर नेपाली, केदार घिमिरे, र केशवराज ढुंगानालाई सहितलाई प्रतिवादी बनाइएको छ ।

कम्प्युटर अपरेटरहरु चक्रबहादुर पराजुली, अमर महरा, डम्ब बहादुर विश्वकर्मा, राजकुमार शाही र धनवीरसिंह भाटविरुद्ध पनि आरोप पत्र दायर गरिएको प्रवक्ता कोइरालाले जनाए ।
यसैगरी, गलत कागजात बनाएर श्रम स्वीकृति दिलाउन भूमिका खेल्ने बिचौलियाहरु राजिवकुमार पञ्जियार र विकास थापालाई पनि सहयोगी मतियारको रुपमा मुद्दा दायर गरिएको छ ।

सम्बन्धित समाचार

संसद् बैठक अबदेखि नियमित चल्छः सभामुख सापकोटा
संसद् बैठक अबदेखि नियमित चल्छः सभामुख सापकोटा
  • २०७५ कार्तिक ९, ११: ०७: १५

नयाँ विकल्पकाठमाडाैं- सभामुख अग्निप्रसाद सापकोटाले संसद् पुनःस्थापना भएसँगै दलहरुबीच सहमति हुने विश्वास व्यक्त गरेका छन् । शनिवार चितवन पुगेका सभामुख...

राजनीतिलाई सही मार्गमा डोर्याउन जनताको साथ आवस्यक  : नेता सिंह
राजनीतिलाई सही मार्गमा डोर्याउन जनताको साथ आवस्यक : नेता सिंह
  • २०७५ कार्तिक ९, ११: ०७: १५

नयाँ विकल्पकाठमाडाैं-नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशको राजनीति ठीक नभई अरु क्षेत्र नसुध्रने भएकाले राजनीतिलाई सही मार्गमा डोर्याउन जनताको साथ...

पार्टीको ह्विप नमान्नेलाई कारबाही : प्रमुख सचेतक भट्टराई
पार्टीको ह्विप नमान्नेलाई कारबाही : प्रमुख सचेतक भट्टराई
  • २०७५ कार्तिक ९, ११: ०७: १५

नयाँ विकल्पकाठमाडाैं- नेपाल कम्यूनिष्ट पार्टी ( नेकपा ) का प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सय भन्दा बढी...

भर्खरै

TOP