काठमाडौं । एनआईसी एशिया बैंकले एक हजार अंकितको दरले ४० लाख कित्ता बराबरको ४ अर्ब रुपैयाँ एनआईसी एशिया ऋणपत्र २०८५÷८६ को बिक्री गर्त लागेको छ ।
यसको बिक्री प्रवन्धकको जिम्मा एसबिआई मर्चेन्टलाई दिइएको हो । एनआईसी एशियाले ४ अर्ब रुपैयाँको ऋणपत्र ११ प्रतिशत ब्याजदर दिने गरेर निकाल्ने छ । यसअघि बैंकले जारी गरेको रु १ अर्ब ८३ करोड रुपैंयाको ‘११ प्रतिशत एनआईसी एशिया ऋणपत्र २०८२÷८३’ सम्पूर्ण रुपमा आवेदन प्राप्त भई बाँडफाँड समेत भइसकेको छ ।
प्रस्तावित ११ प्रतिशत व्याज भएको यस ऋणपत्र लगानीकर्ताका लागि उत्कृष्ट प्रतिफलसहितको दीर्घकालीन लगानी गर्ने सुवर्ण अवसर मानिएको छ । उक्त ऋणपत्र निष्कासन सम्बन्धी सम्झौतापत्रमा एनआईसी एशिया बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक छपिराज पन्तले संयुक्त हस्तक्षर गरेका हुन् । ऋणपत्र धितोपत्र बोर्डले स्वीकृती दिएपछि बैंकले ८० प्रतिशत ऋणपत्र व्यक्तिगत तथा २० प्रतिशत सर्वसाधारणका लागि छुट्ट्याएको छ ।
नयाँ विकल्प त्रिशूली – नुवाकोटमा निर्माण भइरहेको २५ मेगावाट क्षमताको मुलककै ठूलो सौर्य प्लान्टबाट १० मेगावाट विद्युत् उत्पादन थालिएको छ...
नयाँ विकल्प काटमाडाैं-नेपाल हस्तकला महासङ्घ, महिला उद्यमी विकास समितिको आयोजनामा महिला हस्तकला मेला हुने भएको छ । महिला हस्तकला उद्यमीबाट...
नयाँ विकल्प वेनी- म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीका एक कृषकले जडीबुटीको व्यावसायिक खेती गरेर वार्षिक २० लाखभन्दा बढी आम्दानी गर्दै आएका...