February 24, 2021, Wednesday

अझै ३२ जनप्रतिनिधि खाली

काठमाडौं । प्रदेश र स्थानीय तहकासमेत गरी अहिले ३२ जना जनप्रतिनिधिको पद रिक्त रहेको छ । निर्वाचन आयोगका अनुसार प्रदेशसभा सदस्यसहित १८ जनाको मृत्यु तथा केहीको राजीनामा, प्रदेशसभा र जिल्ला समन्वय समितिमा निर्वाचित र फौज्दारी अभियोगमा कारागार चलान भएकाले ती पद रिक्त भएका हुन् । भक्तपुर प्रदेशसभा सदस्य हरिशरण लामिछाने, धरान उपमहानगरपालिका प्रमुख तारा सुब्बा, सङ्खुवासभाको मकालु गाउँपालिकाका अध्यक्षको निधनपछि प्रदेशसभा सदस्य, नगरप्रमुख र गाउँपालिका अध्यक्षको एक, एक पद रिक्त हुन पुगेको हो ।

स्थानीय तहको निर्वाचनपछि मुलुकका विभिन्न नगरपालिका र गाउँपालिकासमेत गरी हालसम्म १३ वडाध्यक्षको मृत्यु भएको छ । महोत्तरीको मटिहानी नगरपालिका–६ का वडाध्यक्षको राजीनामा, नुवाकोट दुप्चेश्वर नगरपालिका–१ का वडाध्यक्ष मानव बेचबिखन मुद्दामा कारागार परेका कारण तथा प्यूठान ऐरावती गाउँपालिका–२ का वडाध्यक्ष र कञ्चनपुर पुनर्वास नगरपालिका–३ का वडाध्यक्ष जिल्ला समन्वय समितिमा निर्वाचितपछि ती वडाध्यक्ष नेतृत्वविहीन भएका हुन् ।

सोलुखुम्बु सोलु–दूधकुण्ड नगरपालिका–११ मा भने निर्वाचनमा उम्मेदवारी नै नपरेका कारण उक्त वडाबाट जनप्रतिनिधिको चयन हुन सकेको थिएन । यो अवधिमा विभिन्न कारणबाट स्थानीय तहमा एक महिलासहित सात वडा सदस्यको पद रिक्त भएको निर्वाचन आयोगले जनाएको छ ।

सम्बन्धित समाचार

विघटनबिरुद्ध अन्तरिम आदेश नदिएकाले अदालतको आदेश पर्खौं भनेको हुँ – देउवा
विघटनबिरुद्ध अन्तरिम आदेश नदिएकाले अदालतको आदेश पर्खौं भनेको हुँ – देउवा
  • २०७५ कार्तिक २७, ०७: ५०: ३६

नयाँ बिकल्प,काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम बिरुद्ध सर्वोच्च अदालतमा परेको...

ओली पक्षकाे बालुवाटार भेलाः   ताेकिएकाे समयमा भित्र संसद बैठक बाेलाउने निर्णय
ओली पक्षकाे बालुवाटार भेलाः ताेकिएकाे समयमा भित्र संसद बैठक बाेलाउने निर्णय
  • २०७५ कार्तिक २७, ०७: ५०: ३६

नयाँ विकल्प काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सर्वोच्च अदालतको संसद पूर्नस्थापनागर्ने निर्णयको सम्मान गरेको छ ।...

प्रतिनिधिसभा पुनर्स्थापनापछि देउवासँग प्रचण्ड–माधवको  छलफल
प्रतिनिधिसभा पुनर्स्थापनापछि देउवासँग प्रचण्ड–माधवको छलफल
  • २०७५ कार्तिक २७, ०७: ५०: ३६

नयाँ विकल्प काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र...

भर्खरै

TOP