March 3, 2021, Wednesday

वी.पी.को विद्रोह नामक पुस्तक लोकार्पण

काठमाडौं । पत्रकार जगत नेपालद्वारा लिखित वी.पीको विद्रोह नामक पुस्तक भव्य समारोहकाबीच लोकार्पण भएको छ । पूर्वराष्ट्रपति डा. रामवरण यादवद्वारा लोकार्पण गरिएको उक्त पुस्तक विमोचनमा अधिकांश बौद्धिक व्यक्तित्वहरुको उल्लेखनिय उपस्थिति रहेको थियो । लोकार्पण कार्यक्रमका प्रमुख अतिथि डा. रामवरण यादवले पुस्तक काँग्रेसजनहरुले अनिवार्य रुपमा पढ्नुपर्ने बताउनुभएको छ ।

पूर्व राष्ट्रपति डा. रामवरण यादवले समारोहलाई सम्बोधन गर्दै काँग्रेसको स्थिति बिग्रेकोमा चिन्ता व्यक्त गर्नुभयो । कांग्रेस नेताहरुलाई वीपीको नीति अनुसार चल्न र सुध्रन आग्रह समेत गर्नुभयो । वर्तमान राष्ट्रपतिले राष्ट्रपतिको मर्यादा बिर्सेकोमा चिन्ता व्यक्त गर्नुभयो । कार्यक्रमा विशिष्ट अतिथी, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले वी.पीमा युगको चेतना भएको हुँदा वी.पीलाई एउटा दल नेता र व्यक्तिको रुपमा नहेर्न समेत आग्रह गरे ।

अग्रगमन र लोकतन्त्रका अनुयायी वी.पीले गर्न बाँकी रहेका काम गिरिजा प्रसाद कोइरालाले गर्नुभएको समेत स्मरण गराए । त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा, राजनैतिक विश्लेषक हरिशर्मा, समालोचक डा. ज्ञानु पाण्डे, बाह्रखरीका प्रधान सम्पादक प्रतिक प्रधानले पुस्तकका बारेमा प्रकाश पारेका थिए ।

लेखक तथा पत्रकार जगत नेपालले आफूले विभिन्न व्यक्तिहरुबाट उक्त पुस्तक प्रकाशन गर्न सहयोग पाएकोमा खुशी व्यक्त गर्दै यो तेस्रो कृति प्रकाशनमा लेराईदिने बाह्रखरी मिडियालाई धन्यवाद व्यक्त गरे ।

सम्बन्धित समाचार

प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्दै
प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्दै
  • २०७५ मंसिर १०, ०७: ५९: ३१

नयाँ विकल्प, काठमाडाैं- संसद बैठक र सरकार गठनबारे रणनीति तय गर्न नेकपाको प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बाेलाएकाे छ ।...

रोकिएन कालीगण्डकी दोहन : सङ्कटमा शालिग्राम !
रोकिएन कालीगण्डकी दोहन : सङ्कटमा शालिग्राम !
  • २०७५ मंसिर १०, ०७: ५९: ३१

नयाँ विकल्प गलकाेट -वर्षौँदेखि कालीगण्डकी नदीको अवैधरूपमा दोहन हुँदै आएको छ । देश सङ्घीयतामा गइसकेपछि गण्डकी प्रदेश सरकारले नदीजन्य पदार्थको...

ताप्लेजुुङको दोभान बजारमा आगालागी हुँदा ३५ घर जले, आगलागी नियन्त्रणबाहिर
ताप्लेजुुङको दोभान बजारमा आगालागी हुँदा ३५ घर जले, आगलागी नियन्त्रणबाहिर
  • २०७५ मंसिर १०, ०७: ५९: ३१

काठमाडौं – प्रदेश नम्वर १ को ताप्लेजुङ जिल्लाको दोभान बजारमा विद्युुत सर्ट भई आगलागी हुँदा ३५ घर जलेर नष्ट भएका...

भर्खरै

TOP