अफगानिस्तानको काबुलमा गत बुधवार भएको आक्रमणमा ११ नेपाली नागरिक घाइते भएको समाचार छ । उनीहरू कार्यरत रहेको ब्रिटिश सुरक्षासम्बन्धी कम्पनी जीफोरएसले घटनामा परेका व्यक्तिका परिवारलाई सूचित गरिएको जनाएको छ ।
अफगानिस्तानका एक सरकारी अधिकारीका अनुसार सो घटनामा चार विदेशीसहित कम्तीमा १० जनाको ज्यान गएको थियो । आन्तरिक मामिला मन्त्रालयले घटनामा ११ नेपाली र पाँच ब्रिटिश नागरिक घाइते भएको जनाएका छन् । जीफोरएसको कार्यालय परिसरमा भएको आक्रमणको जिम्मा तालिबानले लिएको छ । अफगान अधिकारीहरूका अनुसार कार बम विस्फोट गराएपछि पाँचजना सशस्त्र आक्रमणकारीहरू जीफोरएसको परिसरमा प्रवेश गरेका थिए ।
त्यसपछि दुई पक्षबीच निकै धेरै गोली हानाहान भएको थियो । घटना हुँदा सो स्थानमा ३३० व्यक्ति रहेका थिए । तीमध्ये अधिकांश विदेशी थिए । आन्तरिक मामिलासम्बन्धी मन्त्रालयले मृतकको संख्या बढ्न सक्ने बताएको छ । जीफोरएस विश्वकै सबभन्दा ठूलो सुरक्षा कम्पनीमध्ये एक हो । उसले ब्रिटिश दूतावास वरपरको क्षेत्रमा सुरक्षा प्रदान गर्दै आएको छ । पछिल्लो हिंसा राष्ट्रपति अशरफ गनीले तालिबान समूहसँग शान्ति सम्झौताका लागि योजना अघि सारेको केही घण्टामा भएको हो ।
द्वन्द्वग्रस्त अफगानिस्तानमा उल्लेख्य संख्यामा नेपालीहरू पनि कार्यरत छन् । तीमध्ये कतिपय सुरक्षा क्षेत्रमा संलग्न छन् । यसअघि सन् २०१६ को जुनमा राजधानी काबुलमा गरिएको एउटा आक्रमणमा १२ जना नेपाली मारिएका थिए । सो आक्रमणलाई आतंकवादी घटना भन्दै नेपाल सरकारले त्यसको भत्र्सना गरेको थियो । वैदेशिक रोजगारीको लागि औपचारिक रूपमा खुल्ला नगरिएको अफगानिस्तानमा नेपाली कति संख्यामा छन् भन्ने अहिलेसम्म स्पष्ट भएको छैन । संयुक्त राष्ट्रसंघका अनुसार सन् २०१७ मा अफगानिस्तानमा १० हजारभन्दा बढी मानिसहरू मारिएका थिए । सन् २०१८ मा त्यो संख्या अझ बढ्नसक्छ ।
नयाँ बिकल्पकाठमाडौँ – प्रतिनिधि सभा पुनःस्थापना भएपछि नयाँ सरकार गठनको चर्चा चलिरहेका बेला नेपालको उत्तरी छिमेकी देश चीन र दक्षिणी...
नयाँ बिकल्प,काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयसँगै दुुई समूहमा बिभाजित सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई मिलाउन...
काराकास–भेनेजुएलाले बुधबार युरोपेली युनियनका राजदूतलाई राजधानी काराकास ७२ घण्टाभित्र छाड्न आदेश दिएको छ । युरोपेली युनियनले भेनेजुएला विरुद्ध प्रतिबन्धको घोषणा...