February 28, 2021, Sunday

मार्कसँग नौं राष्ट्रका सांसदहरु आक्रोशित

फेसबुकका कार्यकारी अधिकारी रिचर्ड अलनलाई लन्डनमा विभिन्न नौ राष्ट्रका सांसदहरूले गलत सूचना र समाचारको अनपेक्षित अन्तर्राष्ट्रिय चासोबारे प्रश्नहरू सोधेका छन् ।

उपस्थित हुन भनिएका फेसबुकका संस्थापक मार्क जुकर्बर्ग अनुपस्थित भएपछि आक्रोशित राजनीतिकर्मीहरूले उनीमाथि रोष प्रकट गरेका हुन् । उनीहरूले फेसबुकको नीति र कार्यशैलीसँगै बारम्बार संस्थापक जुकर्बर्गको अनुपस्थितिबारे प्रश्नहरू दोहो¥याए ।

आर्जेन्टिना, बेल्जियम, ब्राजिल, क्यानाडा, फ्रान्स, आयल्यान्ड, लाटभिया, सिङ्गापुर र ब्रिटेनका सांसदहरू उपस्थित सोधपुछ सत्रको नेतृत्व गरेका दामियन कोलिन्जले सप्ताहान्तमा एक व्यापारीबाट काम लाग्ला भनी जफत गरिएका दस्तावेजहरूमा सन् २०१४ मा सामाजिक सञ्जालमा रुसको दुराशयपूर्ण गतिविधिको फेसबुकलाई जानकारी भएको प्रमाण फेला परेको बताएका छन् ।

फेसबुकले भने उत्तिखेरै आफ्ना इन्जिनियरहरू लगाई अनुसन्धान गरेको र उनीमाथि लगाइएको आरोप पुष्टि गर्ने कुनै प्रमाण फेला नपरेको बताएको छ । फेसबुकका अलनले आन्तरिक कुराकानी र फेसबुकमा गरिने कुनै टिप्पणी वा अभिव्यक्तिलाई आधार बनाई कम्पनीको मूल्याङ्कन गर्न नहुने बताए ।

सम्बन्धित समाचार

चिनियाँ र भारतीय राजदूतले भेटे कांग्रेस सभापति देउवालाई
चिनियाँ र भारतीय राजदूतले भेटे कांग्रेस सभापति देउवालाई
  • २०७५ मंसिर १७, ०९: २७: ००

नयाँ बिकल्पकाठमाडौँ – प्रतिनिधि सभा पुनःस्थापना भएपछि नयाँ सरकार गठनको चर्चा चलिरहेका बेला नेपालको उत्तरी छिमेकी देश चीन र दक्षिणी...

नेकपाका दुुई समूह मिलाउन चिनियाँ राजदूतको दौडधुप
नेकपाका दुुई समूह मिलाउन चिनियाँ राजदूतको दौडधुप
  • २०७५ मंसिर १७, ०९: २७: ००

नयाँ बिकल्प,काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयसँगै दुुई समूहमा बिभाजित सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई मिलाउन...

युरोपेली युनियनका राजदूतलाई ७२ घण्टाभित्र देश छाड्न आदेश
युरोपेली युनियनका राजदूतलाई ७२ घण्टाभित्र देश छाड्न आदेश
  • २०७५ मंसिर १७, ०९: २७: ००

काराकास–भेनेजुएलाले बुधबार युरोपेली युनियनका राजदूतलाई राजधानी काराकास ७२ घण्टाभित्र छाड्न आदेश दिएको छ । युरोपेली युनियनले भेनेजुएला विरुद्ध प्रतिबन्धको घोषणा...

भर्खरै

TOP