February 25, 2021, Thursday

वाईड बडी खरिदमा लाउडाभन्दा ठूलो भ्रष्ट्राचार ?

काठमाडौं । नेकपाका लोकप्रीय र चर्चित यूवा नेता भनेर नाम कमाएका रविन्द्र अधिकारीले जिम्मेवारी सम्हालेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको नेपाल बायुसेवा निगममा करोडौं भ्रष्टाचार भएको भन्दै सासदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

नेपाल वायुसेवा निगमले हालै खरिद गरेको २ वटा वाइड बढी विमान खरिद प्रकरणमा लाउडा एयरलाइन्सभन्दा ठूलो आर्थिक घोटाला भएको उनीहरुले दाबी गरेका हुन् ।

प्रतिनिधि सभा अन्तरगतको सार्वजनिक लेखा समितिका सांसदहरुले दुई वाईड बडी विमान खरिद प्रकृया र भूक्तानी प्रकृयामा आर्थिक अनियमितता र हिनामिना गरेको देखिएको भन्दै सम्भाव्य बजारको समेत अध्ययन नगरी अर्बौं रुपैयाँ लगानी गरेको भन्दै मन्त्री अधिकारीप्रति आक्रोस व्यक्त गरेका छन् ।

समिति बैठकमा उपस्थित भएका मन्त्री अधिकारीले निगमले दीर्घकालिन साझेदार संस्था र बजारको खोजी गरिरहेको भन्दै जहाज खरिद प्रकरणमा भएको प्रकृया र भुक्तानीको सम्वन्धमा कुनै जवाफ नदिएपछि समिति सदस्यहरु आक्रोसित भएका थिए ।

सांसदहरुले वाइड बडी जहाज खरिद प्रकरण लाउडा जहाज खरिद प्रकरणभन्दा कम नभएको भन्दै हरेक दिन निगमले डेढ करोड घाटा बेहोर्नु परेको सूचना वाहिर आउँदा सांसद भनेर हिँड्न समेत अप्ठ्यारो भएको वताए । उनीहरुले बाटोमा हिँडेर आउँदा सांसदको लोगो समेत लुकाएर आउनु परेको बताएका थिए ।

एउटा कम्पनीसँग सम्झौता गरेर बेग्लै कम्पनीसँग जहाज खरिद गर्नुलेनै अनियमितताको देखिएको सांसदहरुले बताएका छन् ।

सांसदहरु प्रेम आले र लेखराज भट्टले निगलाई दुई जहाज खरिद गर्दा भूक्तानी दिने कर्मचारी संचय कोष, नागरिक लगानी कोष र नेपाल राष्ट्र बैंकको नेतृत्व पनि शंकाको घेरामा रहेको बताए ।

कांग्रेस सांसद राजेन्द्र केसीले महालेखा परिक्षकको कार्यालयले जहाज खरिद प्रकरणमा सर्वजनिक खरिद ऐनलाई उलंघन गरेको स्पस्ट पारेकोले मन्त्री अधिकारीले त्यस सम्वन्धमा जवाफ नदिएर टार्ने काम गरेको आरोप लगाएका छन् ।

सांसद लेखराज भट्टले खरिद प्रकरणमा अनियमितताको बिषयमा छानबिन गर्न मन्त्री अधिकारीले खरिद गर्ने कार्यमा संलग्न संस्था निगमका जिम्मेवार व्यक्तिलाई दिएर हलुका काम गरेको बताए ।

भट्टले बिजनेस प्लान नबनाई वाईड बढी किन खरिद गर्नु निगमलाई धरासयी बनाउने खेल भएको टिप्पणी गरे ।
जहाज खरिद सार्वजनिक खरिद ऐन विपरित भएको, १४२ टन क्षमताको जहाज खरिद गर्ने गरी टेण्डर पाएको कम्पनीबाट पछि १३० मेट्रिक टक क्षमताको जहाज खरिद गरिनुलेनै अनियमिताको शंका उब्जाएको सांसदहरुको दाबी थियो ।

विमान खरिद र भूक्तानी प्रकृयामा मन्त्रालयले त्रुटी गरेको ठोकुवा गर्दै समितिले २५ खर्ब रुपैया ऋण लिँदा समेत बिजनेस प्लाननै नभएको निगमले नागरिक लगानी कोष र कर्मचारी संचय कोषबाट रकम पाउनुले ति निकायका पदाधिकारीलाई समेत शंकास्पद रहेको सांसदहरुले दाबी गरेका छन् ।

सत्तारुढ सांसद बिरोध खतिवडाले वाईड बढी २ जहाज भाडामा हो वा खरिद भन्ने बिषयमा पहिलेनै अन्योलता भएका कारण शंका उब्जिएको बताए । उनले भने ‘दुइ वटा वाइड बढी खरिद गर्दा कति भुक्तानी दिएको र अब कति दिन वाँकी छ भन्ने बिषय अझै प्रष्ट नभएको, बिजनेस प्लान नभइ जहाज खरिद गर्नुको कारण के हो ?

अब निगमसँग भएको बोइङ जहाज लिलामीमा बेच्ने बिषयमा के योजना छ ?’ सांसद हृदयेस त्रिपाठीले आईकाओले निगमको जहाजमाथि लगाएको प्रतिबन्ध फुकुवा गरिसकेको अवस्थामा युरोपियन युनियनले लगाएको प्रतिवन्धको औचित्य छैन भनेर मन्त्रीले बोलेको कुरा नै अधारहिन भएको दाबी गरे ।

उनले भने ‘युरोपियन युनियनले निगमको जहाजलाई प्रतिवन्ध लगाउनुको औचित्य छैन भनेर मन्त्रीले हावादारी गफ गर्न मिल्दैन ।

यो विद्यार्थी यूनियनको भाषण गरेजस्तो होइन, जे मन लाग्यो त्यो तर्क नगर्नुस ।’ त्रिपाठीले निगमसँग रहेको बोइङका स्पेयर्स पार्टस अव के हुन्छन भनी प्रश्न गरेका थिए ।

उनले भने ‘संसदीय समितिले सरकारलाई सहयोग गर्नुपर्याे भनेर के भन्न खोजेको के मन्त्रालयले जति काम गर्छ त्यसको लागि समर्थनमा बक्तव्यवाजी गरिदिनु पर्यो ? हामी जहाज खरिदको बिरोधी होइन तर खरिदको नाममा धन्दापानी नहोस भन्ने मात्र चाहना हो ।’

सांसदहरुले निगमको वर्तमान नेतत्वले निगमलाई हाक्ने क्षमता र योग्यता नराख्ने दाबी गर्दै बर्तमान निगमको नेतृत्वले किनेको जहाज चलाउन नसकेकोले नयाँ जहाज खरिद गर्ने बिषयलाई पत्याउन नसकिने बताए ।

सम्बन्धित समाचार

प्रविणको संकास्पद मृत्युु प्रकरणमा ‘प्रहरीमाथी लागेको धब्बा’ मेटाउन सरकार किन काँपीरहेछ ?
प्रविणको संकास्पद मृत्युु प्रकरणमा ‘प्रहरीमाथी लागेको धब्बा’ मेटाउन सरकार किन काँपीरहेछ ?
  • २०७५ मंसिर २४, ०७: ४०: ४४

नयाँ बिकल्प,काठमाडौं – सानालाई ऐन, ठूलालाई चैन भने झैं मोरङको उर्लाबारी ५ का प्रविण बाँस्तोलाको गत पुस ५ गते भएको...

भागरथी हत्या अनुसन्धानमा खटिएका दुई प्रहरीको एक तह बढुवा
भागरथी हत्या अनुसन्धानमा खटिएका दुई प्रहरीको एक तह बढुवा
  • २०७५ मंसिर २४, ०७: ४०: ४४

नयाँ विकल्प काठमाडाैं -बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा संलग्न दुई जना प्रहरीलाई एक तह बढुवा गरिएको छ।...

विघटनबिरुद्ध अन्तरिम आदेश नदिएकाले अदालतको आदेश पर्खौं भनेको हुँ – देउवा
विघटनबिरुद्ध अन्तरिम आदेश नदिएकाले अदालतको आदेश पर्खौं भनेको हुँ – देउवा
  • २०७५ मंसिर २४, ०७: ४०: ४४

नयाँ बिकल्प,काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम बिरुद्ध सर्वोच्च अदालतमा परेको...

भर्खरै

TOP