March 8, 2021, Monday

लोकतन्त्रको सुन्दर पक्ष पार्टीभित्रको प्रतिस्पर्धा पनि हो

नेपालको दोस्रो जनआन्दोलन पश्चात उपलब्धीपूर्ण राजनैतिक अवस्थालाई सबै राजनैतिक दलहरुले मान्दै आएका छन् । त्यसैले २०७२ सालको संविधान अनुसार लोकतान्त्रिक, गणतन्त्रमा संसदबाट राष्ट्रपति र संसदबाटै प्रधानमन्त्री चयन हुने गरेको छ ।

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी पनि संसदबाटै निर्वाचित भएर राष्ट्रपतिमा चुनिएकी हुन् । त्यसैगरी प्रधानमन्त्री के.पी शर्मा वली पनि संसदबाटै निर्वाचन भएर प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । कुनैपनि दलबाट निर्वाचनमा लडाईसकेपछि संसदीय दलमा पनि निर्वाचितहरुबाट दलका नेता चुनिनु पर्छ र त्यही व्यक्ति प्रधानमन्त्रीका लागि उम्मेदवार बन्न पाउँछ । तर नेपालमा राजनैतिक दलहरुमा भने लोकतान्त्रिक अभ्यास सकभर नगर्ने रणनीति लिनु दुर्भाग्य हो ।

हालैमात्र एमाले र एमाओवादी केन्द्रबीच एकिकरण भएको छ । एकिकरण गर्न दुवै पार्टीको एकै थलोमा एकता महाअधिवेशन हुनुपर्ने त्यसरी गरेको देखिदैन । दुई ठूला नेताहरु बसेर थपडी बजाएर पद भागवण्डालाई कसरी लोकतान्त्रिक पक्रिया मान्ने ? आफुआफुमा नै भागवण्डा गरेर पार्टी चलाउनेले राष्ट्रनै भागवण्डामै चलाउँदै गए भने त्यसको परिणाम के हुन्छ । विधि विधानभन्दा भागवण्डा र आन्तरिक प्रतिस्पर्धालाई निस्तेज पार्ने कामनै वर्तमान संविधानको खिलाप हो ।

त्यसैले नेपालको राजनैतिक दलभित्रको आन्तरिक प्रतिस्पर्धा रोकी आफुखुशी पार्टी सञ्चालन गर्ने जो कोही व्यक्ति लोकतान्त्रिक चरित्रको हुनै सक्दैन । संविधानको भावना अनुसार लोकतान्त्रिक गणतन्त्रमा लोकतान्त्रिक परिपार्टी अनुरुपनै राष्ट्रिय पार्टी चल्नुपर्दछ । वर्तमान अवस्थालाई मध्यनजर गर्ने हो भने नेपाल कम्युनिष्ट पार्टी कुन नीति अन्तर्गत अर्थात कुनै महाअधिवेशन विनानै आफुखुशी बनेका अध्यक्षहरुलाई सोही पार्टीको नेता तथा कार्यकर्ताले जर्बरजस्ती मान्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना गराउनु लोकतान्त्रिक परिपार्टी नभएर हुकुमी शासनका एउटा रुप हो भन्दा अतियुक्ति नहोला ।

नेपाली काँग्रेसको विधान संशोधन र महासमिति बैठक नजिकिदै गर्दा आम कार्यकर्ताको भावना भन्दा केन्द्रीय नेतृत्व फरक ढंगले जाने अवस्था बन्नु दुर्भाग्य हो । किनकी अहिले काँग्रेसको विधान संघीय संरचना अनुसार गाउँ, क्षेत्र, प्रदेश जिल्ला हुँदै केन्द्रसम्मको सांगठनिक संरचना बनाउँदा लोकतान्त्रिक विधि र विधान अनुसार बन्न सक्नुपर्दछ । लोकतन्त्रको पहरेदार दाबी गर्ने काँग्रेसले गाउँ इकाईदेखि केन्द्रसम्म पुग्नुपर्ने अवस्था किन सिर्जना गर्दैन ? एकै चोटी केन्द्रले अथवा सभापति अनुकूल हुनासाथ केन्द्रमा क्रेन सिस्टमबाट जाने परिपार्टी अन्त हुनु पर्दछ ।

लोकतान्त्रिक पारिपार्टी र ग्रास रुटवाटै माथिको निकायसम्म पुग्नसक्ने बनाउनु नै परिपक्व नेता र नेतृत्व उत्पादन हुनसक्छ । त्यसैले काँग्रेसभित्र अहिले वहसमा आएको सबै पदहरु अर्थात् केन्द्रीय सदस्य हुन चाहिने मापदण्ड पुरा गरीसकेपछि केन्द्रीय सदस्य निर्वाचनपछि मात्र निर्वाचित केन्द्रीय सदस्यबाट सभापति बन्ने बहस महाअधिवेशनसम्म पु¥याएर काँग्रेसले अफुलाई सबैभन्दा बढी लोकतान्त्रिक चरित्र प्रदर्शन गर्न सक्नु पर्दछ । अनि मात्र कार्यकर्ता र नेताबीच सुमधुर सम्बन्ध विस्तार हुँदै पार्टीको आन्तरिक लोकतन्त्र पनि मजबुद हुँदै जानेछ ।

सम्बन्धित समाचार

नयाँ विकल्प अब डिजिटल संस्करणमा पनि
नयाँ विकल्प अब डिजिटल संस्करणमा पनि
  • २०७५ मंसिर २६, ०७: ३१: २९

काठमाडौं । नेपाली पत्रकारिताको क्षेत्रमा विगत तीन दशकदेखि अनवरत रुपमा प्रकाशित नेपालको राष्ट्रिय साप्ताहिक नयाँ विकल्प अब डिजिटल संस्करण सहित...

असारे विकासले ओझेलमा परेको विपद् व्यवस्थापन
असारे विकासले ओझेलमा परेको विपद् व्यवस्थापन
  • २०७५ मंसिर २६, ०७: ३१: २९

वर्षायाम सुरु भएसँगै देशका विभिन्न स्थानहरुमा बाढी पहिरो र डुबान पनि सुरु भइसकेको छ । गत साता बिहिबारबाट भएको अबिरल वर्षाका...

नेपालमा लकडाउनको १०० दिन र विश्व बैंकको प्रतिवेदन
नेपालमा लकडाउनको १०० दिन र विश्व बैंकको प्रतिवेदन
  • २०७५ मंसिर २६, ०७: ३१: २९

विश्व बैंकले गत साता प्रकाशित गरेको प्रतिवेदनको अनुसार नेपाल निम्न आय भएको मुलुकबाट निम्न मध्यम आय भएको मुलुकको सूचीमा उक्लिएको...

भर्खरै

TOP