March 2, 2021, Tuesday

विधिको शासननै लोकतन्त्रको प्रमुख मान्यता

कुनैपनि संघ–संस्थादेखि राजनैतिक दल विधि र प्रकृयाबाट मात्र सञ्चालन हुनुपर्दछ । चाहे त्यो सरकारनै किन नहोस् । सरकार चलाउनेले पनि विधि र प्रकृयागत ढंगले चल्नुपर्छ । तर नेपालमा राजनैतिक दलमा जस्तै सरकार पनि विधि र प्रकृयागत ढंगबाट विमुख हुँदै गएको छ । नेपालको सबैभन्दा पुरानो र लोकतान्त्रिक पार्टी नेपाली काँग्रेसको महासमितिको बैठक शनिबारदेखि राजधानीमा शुरु भएको छ ।

नेपाली काँग्रेसले विधिको शासन व्यवस्था र लोकतान्त्रिक मूल्य–मान्यतालाई सर्वोपरि सिद्धान्त मान्दै आएको छ । त्यसैले यो पार्टी चाहे सरकारमा होस्, चाहे सरकार बाहिर होस्, जनताले काँग्रेसले के भन्छ र के गर्छ भनेर निह्याली रहेका हुन्छन् । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको तेह्रौ महाअधिवेशनपछि नेपाली राजनीतिमा निकै ठुलो उतारचढाव भयो । संविधानको कार्यान्वयनदेखि स्थानीय निकाय, प्रदेश सभा, संघीय सभाको निर्वाचन सम्पन्न भयो । काँग्रेसकै नेतृत्वमा आएको संविधान अनुसार भएको निर्वाचनमा भने काँग्रेस नराम्ररी पछाडि प¥यो ।

चालु महासमितिको बैठक भइरहँदा पार्टीभित्रको आन्तरिक व्यवस्थापनको साथै राष्ट्रिय राजनीतिमा काँग्रेसले लिने ठोस नीतिबारे देश र देश बाहिर समेत चासोको विषय बनिरहेको छ । काँग्रेसले विधि र प्रक्रियालाई आत्मसाथ गरेकोलेनै लामो इतिहास व्यतित गर्दै आएको छ । काँग्रेसले गर्ने निर्णय लोकतान्त्रिक प्रक्रिया र विधिसम्वत हुन्छ भन्ने मान्यता सबैले राखेको पाइन्छ ।

त्यसैल पनि काँग्रेसले महासमितिको बैठकको नारा “गौरवमय इतिहास, जिम्मेवार वर्तमान, उज्वल भविष्य” भनेर राखेको होला ! यो महासमितिको बैठकले काँग्रेसको आन्तरिक व्यवस्थापनको साथै राष्ट्रिय राजनीतिमा समेत निकै ठुलो प्रभाव पार्ने अपेक्षा गरिएको बेला ठोस निर्णय आउने अपेक्षा गरिएको छ । आन्तरिक व्यवस्थापनमा सँधै रुमलिएको काँग्रेस यतिखेर गौरवमय इतिहास बचाउन नेपाली जनताकाबीच वर्तमान अवस्थामा जिम्मेवार भएर प्रस्तुत हुने र नेपाली जनताको भविष्य उज्वल पार्न भनेर कस्सिएको देखिन्छ ।

त्यति हुँदाहुदै पनि काँग्रेसभित्र आन्तरिक व्यवस्थापन भने लाजमर्दो नै छ । लोकतान्त्रिक विधि र प्रक्रियालाई मिच्दै केही नेताहरुले आफु अनुकुल पार्टी चलाउन उद्दत भएका कारण पार्टीभित्र विवाद चुलिएको हो । यस्तो अवस्थामा हुन लागेको महासमितिको बैठकले लोकतान्त्रिक विधि र प्रक्रियालाई कडाईका साथ लागू गर्न सके यो महासमितिले सार्थकता पाउँला ।

वर्तमान अवस्थामा नेपालमा कम्युनिष्टहरुको सरकार बहुमतमा छ । प्रमुख प्रतिपक्षी दलको हैसियतले सरकारले गर्ने हरेक निर्णयहरुका बारेमा राम्रा र नराम्रा कुराहरु कोट्याउँदै निकास दिन सक्ने काँग्रेस बन्न सकेमा मात्रै नेपाली जनताले विश्वास गर्ने वातावरण बन्न सक्छ ।

सरकार पनि विधि र प्रक्रियाबाट विमुख बन्दै गएको अवस्थामा नेपालको जेठो लोकतान्त्रिक पार्टी काँग्रेसले आफुलाई सुधार्दै सरकारलाई पनि विधि र प्रक्रियामा चल्न सिकाउनु पर्छ । अनिमात्र लोकतान्त्रिक गणतन्त्र सुदृढिकरण हुँदै संघीयतालाई चिरस्थायी बनाउन सफल हुन्छ ।

सम्बन्धित समाचार

नयाँ विकल्प अब डिजिटल संस्करणमा पनि
नयाँ विकल्प अब डिजिटल संस्करणमा पनि
  • २०७५ पुष २, ०६: ३२: ३९

काठमाडौं । नेपाली पत्रकारिताको क्षेत्रमा विगत तीन दशकदेखि अनवरत रुपमा प्रकाशित नेपालको राष्ट्रिय साप्ताहिक नयाँ विकल्प अब डिजिटल संस्करण सहित...

असारे विकासले ओझेलमा परेको विपद् व्यवस्थापन
असारे विकासले ओझेलमा परेको विपद् व्यवस्थापन
  • २०७५ पुष २, ०६: ३२: ३९

वर्षायाम सुरु भएसँगै देशका विभिन्न स्थानहरुमा बाढी पहिरो र डुबान पनि सुरु भइसकेको छ । गत साता बिहिबारबाट भएको अबिरल वर्षाका...

नेपालमा लकडाउनको १०० दिन र विश्व बैंकको प्रतिवेदन
नेपालमा लकडाउनको १०० दिन र विश्व बैंकको प्रतिवेदन
  • २०७५ पुष २, ०६: ३२: ३९

विश्व बैंकले गत साता प्रकाशित गरेको प्रतिवेदनको अनुसार नेपाल निम्न आय भएको मुलुकबाट निम्न मध्यम आय भएको मुलुकको सूचीमा उक्लिएको...

भर्खरै

TOP