March 2, 2021, Tuesday

श्रमिकको गुनासो सिंहदरबारमा

काठमाडौं । सरकारले वैदेशिक रोजगार सम्बन्धी सबै गुनासो सुन्न भएका हेल्प डेस्क प्रभावकारी नभएपछि पुन सहायता कक्ष सञ्चालनमा ल्याउने भएको छ ।

सिंहदरबारस्थित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमै कामका लागि विदशिने र विदेशिन चाहने नोपाली समस्याको सुनुवाई गर्न सहायता कक्षमा फोनबाट मात्रै नभएर फेसबुक, भाइबर, इमो, ह्वाट्सएप लगायतबाट पनि उजुरी दर्ता गर्न सकिनेछ ।

श्रम मन्त्री गोकर्ण बिष्टले प्रभावकारी रुपमा हेल्प डेस्क सञ्चालन गर्नुपर्ने बताउँदै मन्त्रालय रहेको भवनमै सहयोग केन्द्र राख्न लागेका हुन् । पछिल्लो समयमा विदेश जाने क्रममा र विदेशमा रोजगारीकै क्रममा अनेक कारण दुःख भोग्ने र अलपत्र पर्ने नेपालीको संख्या बढेको छ ।

सहायता केन्द्र स्थापना भएपछि विदेशमा समस्या भोगेकाहरुले सरकारसमक्ष सीधै टेलिफोनमार्फत आफ्ना गुनासा र उजुरी दर्ता दर्ता गर्न सक्नेछन् । यसैका आधारमा सरकारले आवश्यक सहयोगका लागि पहल तथा उद्धारका लागि प्रक्रिया अघि बढाउनेछ । कामदारको सहयोगका लागि स्थापना भएको उजुरी सुन्ने धेरै संयन्त्र अहिले निस्क्रिय छन् ।

नेपाल प्रहरीले हटलाइनमार्फत वैदेशिक रोजगारीका गुनासो र उजुरीको सुनुवाइ गरिरहेको छ । तर, उद्धारका लागि प्रहरीसँग स्रोतको अभाव छ । उसले ठगीका उजुरीमा मात्र पीडितलाई सहयोग गर्न सक्छ ।

केही समयभित्र विभागमा स्थापना हुने डेस्कबाट विदेशमा दुःख भोगिरहेकाहरुको गुनासो औपचारिक रुपमा दर्ता गरेर आवश्यक सहयोग गरिने मन्त्री बिष्टले बताए । यस्ता उजुरी र कामदारको समस्यालाई कल सेन्टरले तुरुन्तै अनलाइनमा दर्ता गरेर सम्बन्धित दूतावास, नियोग, विभाग तथा सरकारी निकायमा जानकारी गराएर समाधानका लागि पहल गर्नेछ । अनलाइनमार्फत उजुरी दर्ता हुनासाथै सम्बिन्धक अधिकारीलाई इमेल र मोबाइलमा नोटिफिकेशन जाने गरी सफ्टवेयर विकास गरिँदैछ ।

म्यानपावर र दलालहरुले नक्कली भिसामा लगेर छोड्नेदेखि आश्वासनभन्दा फरक र जोखिमयुक्त प्रकृतिको काममा लगाएका कारण धेरै नेपालीहरु विदेशमा समस्यामा पर्ने गरेका छन् । काम छोड्ने, काम गर्न नसक्ने लगायत रोजगारदाताले यातना दिएका कारण कारण अलपत्र पर्नेहरु पनि उल्लेख्य छन् ।

’विदेशमा ठगिएर र विभिन्न कारण अलपत्र हुने क्रम निकै बढ्यो । उनीहरुलाई गुनासो कहाँ सुनाउने भन्ने अन्यौल भएपछि हेल्पडेस्क स्थापनाको तयारी गरेका हौं’ बिष्टले भने ।

सहायता केन्द्रमा विदेशबाट फोन गर्दा पैसा नलाग्ने गरी टोल फ्रि नम्बर राखिनेछ । विदेशबाट नेपालीको गुनासो अभिलेखीकरण गरेर आवश्यक उद्धार प्रक्रिया थालिहाल्ने योजना बनाइएको छ ।

श्रम स्वीकृतिका लागि पेश गरिने कागजातहरु झुटा हुने समस्याले वैदेशिक रोजगारीमा जानेहरु राम्रो काम र तलव सुविधा नपाएर मर्कामा परिरहेका तथा विदेशी भूमिमा विभिन्न पीडा खेप्नुपर्ने, स्वदेश फर्कन कठिन हुने, कतिपय अवस्थामा जेल(सजाय समेत भोग्नुपर्ने र ज्यान समेत गुमाउनुपर्नेसम्मका समस्या पनि नेपाली कामदारले भोगिरहेका छन् । यसैगरी फ्रि भिसा कामदारसँग भनिएपनि मनलाग्दी शुल्क उठाउने समस्या पनि उतिकै रहेको छ ।

सम्बन्धित समाचार

धवलागिरिमा किशोरी सम्मेलन
धवलागिरिमा किशोरी सम्मेलन
  • २०७५ पुष २०, ०६: ४९: १६

नयाँ विकल्प बाग्लुङ- बालविवाह र यौनजन्य हिंसा न्यूनीकरण तथा महिनावारी स्वच्छताका लागि प्रथम धवलागिरि गाउँपालिकास्तरीय किशोरी सम्मेलनले ११ बँुदे घोषणापत्र...

बहुविवाहका अभियुक्तलाई १ बर्ष कैद सजाय
बहुविवाहका अभियुक्तलाई १ बर्ष कैद सजाय
  • २०७५ पुष २०, ०६: ४९: १६

नयाँ विकल्प सप्तरी-बहुविवाहका आरोपित एक अभियुक्तलाई सप्तरी जिल्ला अदालतले एक वर्ष कैद र १० हजार जरिवानाको फैसला गरेको छ ।...

सवारी दुर्घटनामा परि दुईको मृत्यु
सवारी दुर्घटनामा परि दुईको मृत्यु
  • २०७५ पुष २०, ०६: ४९: १६

नयाँ विकल्प परासी- पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्कौलीमा गए राति दुईवटा ट्रक एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको...

भर्खरै

TOP