March 2, 2021, Tuesday

कृषि पर्यटन चितवन समृद्घिका आधार– चन्द्र प्रसाद ढकाल

चितवन । आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले १२ औं चितवन महोत्सवलाई विशिष्ट अतिथिको रुपमा चितवनस्थित नारायणी नदी किनारमा गत साता सम्बोधन गरेका छन् ।

महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले चितवनलाई पहिला ७६ औं जिल्लाको रुपमा लिइने गरिएको उल्लेख गर्दै यस्ता मेला महोत्सवले स्थानीय उत्पादनलाई चिनाई स्थानीय नागरिकको आर्थिक उपार्जन बढाउन भुमिका खेल्ने उल्लेख गरे ।

प्राचीन ऋषिहरुको तपस्यास्थल देवघाटलाई केन्द्र बनाएर धार्मिक पर्यटनको प्रवद्घन गर्न सकिने सम्भावना औंल्याउदै जंगली जनावरको मुख्य वासस्थान सौराहामा आउने विदेशी पर्यटकहरुको बसाइँ लम्ब्याउन चितवन र चितवन आसपासका सम्भावित पर्यटकीय क्षेत्रहरु जस्तैः– नगरबन, मौलाकाली, देवघाट जस्ता क्षेत्रहरुमा सुविधासम्पन्न पर्यटकीय पुर्वाधारहरु जस्तैः– जलमार्ग, स्थलमार्ग, केबलकार र होटलहरुको निर्माण गरि समग्र पर्यटन उद्योग र स्थानीय रोजगारीमा चितवनले महत्वपुर्ण योगदान दिन सक्छ ।

चितवनमा उत्पादन हुने कृषि उपजको उचित भण्डारण, केरा, तरकारी, दूध, मह र कुखुराको उत्पादनलाई वितरण गर्ने बजारको खोजी गरि यहाँका स्थानीय कृषकहरुको आयआर्जनलाई बढाउन सकिने भन्दै चितवन शिक्षाको हबको रुपमा समेत विकसित हँुदै गएकोमा प्रशन्नता ब्यक्त गरे ।

सम्माननीय पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” को प्रमुख अतिथ्यमा सम्पन्न उदघाटन कार्यक्रममा प्रदेश नं ३ का माननीय मन्त्रीहरु, स्थानीय जनप्रतिनिधिहरु, सार्क चेम्बरका उपाध्यक्ष चण्डीराज ढकाल लगायत विभिन्न उद्योगी व्यवसायीहरुले सम्बोधन गरेका थिए ।

पुस २५ गतेदेखि माघ ४ गतेसम्म १० दिन संचालन हुने १२ औं चितवन महोत्सवलाई आईएमई ग्रुप र ग्लोबल आईएमई बैंकले सह–प्रायोजन गरेको छ ।

सन् २००१ मा स्थापना भएको आइएमई ग्र्रुपले रेमिटेन्स, बैंकिङ्ग, सूचना–प्रविधि, उर्जा, पर्यटन, अटोमोटिभ, इन्सोरेन्स, ट्राभल, इन्फोटेन्टमेन्ट, हस्पिट्यालीटी लगायतका विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै मुलुकभित्र रोजगारीका अवसर सिर्जना गर्दै आइरहेको छ ।

त्यसैगरी, नेपालको नेतृत्वदायी रेमिटेन्स सेवाप्रदायक कम्पनी आइएमईले २०७५ सालमा मनाइने पर्वहरू जस्तैः–दशैं, दीपावली र छठलाई लक्षित गर्दै ल्याएको सेवाग्राहीमूखि प्रवद्र्धनात्मक कार्यक्रम ‘दशैंमा बीस लाख’ योजना अन्तर्गत तेस्रो तथा अन्तिम महिनाको विजेता घोषणा गरेको छ । रिया मार्फत कतारबाट नेपालमा आइएमई गर्ने आइएमई सेवाग्राही शिवु झागर सफ्टवेयर पद्वतीमा आधारित ‘लक्की ड्र’ बाट तेस्रोे महिनाको विजेता घोषित भए ।

सेवाग्राही मल्लले नगद रू. १,००,०००÷–(अक्षेरूपी एक लाख) प्राप्त गरेका छन् । आइएमई केन्द्रीय कार्यालय पानीपोखरी माहालै आयोजित पुरस्कार वितरण कार्यक्रममा कम्पनीका सहायक प्रबन्धक श्यामकृष्ण खकुरेल (अन्तराष्ट्रिय व्यापार)ले विजेता शिवुको सिफारिसमा उनको आफन्त कृष्ण गोपाल कुस्मालाई एक लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरे ।

२०७५ साल असोज ७ गतेदेखि शुरु भई २०७५ साल मङ्सिर मसान्तसम्म लागु सेवाग्राहीमुखी यस योजना अन्तर्गत अहिलेसम्म मासिक ‘लक्कीड्र’ बाट तिनजना विजेता घोषित भएका छन् । आफ्नो स्थापनाकालदेखि नै विभिन्न सेवाग्राहीमूखि र व्यवसायीक साझेदारमूखि योजना सार्वजनिक गर्दै आइरहेको आइएमईले यसपालीका पर्वहरूमा देश विदेशमा रहेकाका लाखौँ सेवाग्राहीहरूलाई लक्षित गरी प्रवद्र्धनात्मक योजना सार्वजनिक गरेको थियो ।

योजना अवधिभर गरिएको ट्रान्जेक्सनलाई आइएमईको सफ्टवेयर पद्वतिमा लिङ्क गरि ‘लक्की ड्र’ बाट छनोट हुने विजेताहरुमध्ये हरेक दिन १० जना भाग्यशाली सेवाग्राहीलाई ‘आइएमई पे’ मार्फत रू.१००० को बिल भुक्तानी, हरेक हप्ता १ जना भाग्यशाली सेवाग्राहीलाई रू.१०,००० नगद, हरेक महिना १ जना भाग्यशाली सेवाग्राहीलाई रू.१ लाख नगद तथा बम्परमा १ जना भाग्यशाली सेवाग्राहीलाई रू.२०(बिस) लाख नगद प्रदान गर्ने गरि कार्यक्रम तय गरिएको थियो । नेपाली समुदायमा मनाइने विभिन्न सांस्कृतिक पर्वहरूमा आफ्ना लाखौँ सेवाग्राहीहरूको भावनालाई मध्यनजर गर्दै यस्ता प्रवद्र्धनात्मक कार्यक्रम संचालन गर्ने परम्परा आइएमईले आफ्नो स्थापनाकालदेखि नै गर्दै आइरहेको छ ।

स्थापना देखिनैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १८औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी १ सय ८४ आइएमई सेन्टर सहित ७७ जिल्लाका ८ हजार ५ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दःुख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।

सम्बन्धित समाचार

सौर्य प्लान्टबाट १० मेगावाट विद्युत् केन्द्रीय प्रसारणमा जोडियो
सौर्य प्लान्टबाट १० मेगावाट विद्युत् केन्द्रीय प्रसारणमा जोडियो
  • २०७५ पुष ३०, ०८: ५७: ११

नयाँ विकल्प त्रिशूली – नुवाकोटमा निर्माण भइरहेको २५ मेगावाट क्षमताको मुलककै ठूलो सौर्य प्लान्टबाट १० मेगावाट विद्युत् उत्पादन थालिएको छ...

महिला हस्तकला मेला यही फागुन २२ देखि हुँदै
महिला हस्तकला मेला यही फागुन २२ देखि हुँदै
  • २०७५ पुष ३०, ०८: ५७: ११

नयाँ विकल्प काटमाडाैं-नेपाल हस्तकला महासङ्घ, महिला उद्यमी विकास समितिको आयोजनामा महिला हस्तकला मेला हुने भएको छ । महिला हस्तकला उद्यमीबाट...

नर्सरीबाट वार्षिक  २०  लाख  बढि  आम्दानी
नर्सरीबाट वार्षिक २० लाख बढि आम्दानी
  • २०७५ पुष ३०, ०८: ५७: ११

नयाँ विकल्प वेनी- म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीका एक कृषकले जडीबुटीको व्यावसायिक खेती गरेर वार्षिक २० लाखभन्दा बढी आम्दानी गर्दै आएका...

भर्खरै

TOP