काठमाडौं । ५९ हजार ७ सय ९८ जना कर्मचारीहरुले समायोजन रोजेका छन् । यसमा निजामती कर्मचारीको संख्या मात्र ५८ हजार छ । समायोजन फारम भर्ने अन्तिम दिन बुधबारसम्म रहेको छ भने एक हप्तापछि माथिल्लो तहका कर्मचारीबाट समायोजन सुरु गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार माघ १ गते साढे १० बजेसम्म ५९ हजार ७ सय ९८ कर्मचारीहरुले फारम सबमिट गरेका छन् र थप १४ हजार जना सिस्टममा इङ्गेज देखिन्छन् । यो सबै हेर्दा ७३ हजार ४१ कर्मचारी समायोजनमा आएका छन् । सिस्टममा इङ्गेज भएकाहरुले लगइन गरेर आफ्नो विवरण भरिरहेको हुनसक्ने मन्त्रालयको अनुमान छ । प्रवक्ताले, अनलाइन फारम भर्ने म्याद भने नथपिने बताएका छन् ।
मन्त्रालयले कर्मचारीहरुलाई संघ, प्रदेश र स्थानीय तहमा समायोजन गर्न अनलाइनमार्फत आवेदन आह्वान गरेको थियो । २१ दिने म्याद राखेर गत पुस १३ गतेदेखि अनलाइन आवेदन फारम खुल्ला गरिएको थियो ।
कर्मचारीले धमाधम अनलाइन फारम भर्न थालेपछि मन्त्रालयका अधिकारीहरु उत्साहित छन् । र, अनलाइन फारम भर्ने म्याद नथप्ने पक्षमा छन् । मन्त्रालयका प्रवक्त सुरेश अधिकारीले ‘७३ हजार कर्मचारी समायोजनमा आउनु भनेको करिब ८८ प्रतिशतले समायोजन रोजेको हो । अब थप समय दिने पक्षमा मन्त्रालय नभएको बताए । कर्मचारीको कुल दरबन्दी ८९ हजार छ । तर, केही पदहरु अतिरिक्त समूहमा छन् ।
महालेखा परीक्षक अन्तर्गतका कर्मचारीले समायोजन फारम भर्नुपर्दैन । त्यसैगरी अवकाश हुन केही समय बाँकी भएकालाई पनि फारम भर्न अनिवार्य छैन । यस्तो अवस्थामा बुधबार अन्तिम दिनसम्म ८३ हजार कर्मचारीले समायोजन फारम भर्ने अनुमान छ ।
नयाँ बिकल्प, काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधि सभा पुनस्र्थापनापछि बन्ने नयाँ सरकारको विषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बिबाद छिनोफानो...
नयाँ बिकल्प,काठमाडौं – सानालाई ऐन, ठूलालाई चैन भने झैं मोरङको उर्लाबारी ५ का प्रविण बाँस्तोलाको गत पुस ५ गते भएको...
नयाँ विकल्प काठमाडाैं -बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा संलग्न दुई जना प्रहरीलाई एक तह बढुवा गरिएको छ।...