February 26, 2021, Friday

दुई कोइरालाको नाम जोडिएका दुई अस्पताल खारेजप्रति कांग्रेस आक्रोसित

कर्मचारीमाथिको हस्तक्षेप नरोके आन्दोलनको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारद्धारा कर्मचारीतन्त्रसहित राज्यका हरेक क्षेत्रमा हस्तक्षेप गरेकोले सरकारबिरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । ओली सरकारले सबै क्षेत्र आफ्नो नियन्त्रणमा लिन खोजेको भन्दै देउवाले चिकित्सा शिक्षा विधेयक र कर्मचारी समायोजन सम्बन्धमा ओली सरकारले हस्तक्षेप गर्न खोजेको दाबी गरेका हुन् ।

नेपाल निजामती कर्मचारी युनियन, गण्डकी पोखरामा आयोजना गरेको कार्यक्रममा देउवाले सरकारले सबै क्षेत्रमा हस्तक्षेप गर्दै कन्ट्रोल गर्न खोजेको छ र यस्तै रहे सरकारबिरुद्ध सदनदेखि सडकसम्म आन्दोलनमा उत्रिने बेला भएको बताएका हुन् । कांग्रेस स्वतन्त्र कर्मचारीतन्त्रको पक्षमा रहेको भन्दै देउवाले कांग्रेसलाई त्यस्तो हस्तक्षेप स्वीकार्य नहुने चेतावनी समेत दिएका छन् ।

केपी शर्मा ओली नेतृत्वको सरकारलाई कांग्रेस नेताहरुको नामप्रति एलर्जी भएको टिप्पणी गर्दै देउवाले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेका अस्पताल बन्द गर्न खोजेको आरोप लगाए । उनले कांग्रेसका नेताहरुको नामप्रति ओली सरकारलाई एलर्जी भएको भन्दै आज नाम हटाउने सरकारले भोलि प्रजातन्त्र समेत हटाउन सक्नेतर्फ सचेत गराए ।

बरिष्ठ नेता रामचन्द्र पौडेलले पनि कर्मचारीको वृत्ति विकासमा असर पार्ने काम भए चुप लागेर नबस्ने चेतावनी दिए । वर्तमान सरकारले लोकतान्त्रिक प्रणाली, संविधान, कर्मचारीमाथि हस्तक्षेप गरेर सर्वसत्तावाद लाद्ने प्रयासमा रहेको भन्दै पौडेलले सरकार पूर्णतः असफल भएको दाबी समेत गरे । ओली सरकारले दुई तिहाईको सदुपयोग गर्न नसकेको स्थिरता र शान्ति हुँदाहुँदै सरकारले अवसरको सदुपयोग गर्न नसकेको र ओली सरकार पूर्णतः असफल भएको पौडेलले दाबी गरे । पौडेलले वाइडबडी, बुढी गण्डकीलगायतमा चरम भ्रष्टाचार भएको दाबी गरे ।

गिरिजाप्रसाद कोइरालाको नामबाट तनहुँको दुलेगौंडामा बन्दै गरेको स्वास प्रश्वास केन्द्र र बाँकेको खजुरामा रहेको सुशील कोइराला क्यान्सर अस्पताललाई केन्द्र सरकार मार्फत नराखेर बिघटन गर्ने तयारी गरेकोप्रति कांग्रेसले आपत्ति जनाएको थियो । स्वास्थ्य मन्त्रालयले गिरिजाप्रसाद कोइराला र शुशील कोइरालाको नाममा स्थापित दुई अस्पतालसहित ११ वटा अस्पतालको अध्ययन गरी संघीय सरकार मातहत राख्ने वा नराख्ने सिफारिस गरेको थियो ।

मन्त्रालयले तत्काल सबै अस्पताललाई संघीय सरकार मातहत राख्ने भने पनि मन्त्रीपरिषद्को गत साता भएको बैठकले गिरिजाप्रसाद र शुशील कोइरालाको नाममा स्थापना भएका अस्पतालको हकमा भने कुनै निर्णय नगरी बेबारिसे बनाउने निष्कर्ष निकालेको थियो । ओली नेतृत्वको सरकारले गरेको निर्णयको गिरिजाप्रसाद कोइराला फाउण्डेसनको सातै प्रदेशका संयोजकहरुले बिरोध जनाएका छन् ।

लोकतन्त्रका हिमायती शिखर पुरुषहरुको नामबाट बन्दै गरेका दुईवटै अस्पताललाई बिघट्न गर्ने निर्णय गरिएको भए तत्काल सच्याएर राजनीतिक संस्कारका न्युनतम मूल्य मान्यताको पालना गर्न फाउण्डेसनका सातवटै प्रदेशका संयोजकहरुले बिरोध जनाएका छन् । स्वच्छाचारी निर्णय सच्याउन सरकारलाई जिपि फाउण्डेसनले ध्यानाकर्षण गराएपछि प्रधानमन्त्री ओलीले कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेट समेत गरेका थिए ।

युगपुरुष गिरिजाप्रसाद कोइरालाको नामबाट तनहुँमा बन्दै गरेको स्वास प्रश्वास केन्द्र र बाँकेको सुशील कोइराला क्यान्सर अस्पताललाई केन्द्र सरकार मार्फत नराखेर बिघटनको तयारी गरेको थियो । बर्तमान सरकारले राष्ट्र निर्माणमा आफ्नो जीवन अर्पण गरेका पुर्वप्रधानमन्त्रीद्वयको योगदानप्रति सम्मान देखाउन नसक्नु दुखद् भएको फाउण्डेसनको ठहर छ ।

फाउण्डेसनको ५ नम्वर प्रदेशका संयोजक डा. गोविन्दराज पोखरेल, तीन नम्वर प्रदेश संयोजक रीता खनाल लगायतले प्रजातन्त्र र गणतन्त्रका लागि आफ्नो जीवनभर संघर्ष गरेका गिरिजा प्रसाद कोइराला र सुशील कोइरालाको योगदानलाई सरकारले नजरअन्दाज गर्न खोजेको भन्दै निषेधको राजनीति नगर्न सरकारलाई आग्रह गरेका छन् ।

सम्बन्धित समाचार

नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीलाई मस्तिष्कघात, नर्भिकमा भयो शल्यक्रिया
नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीलाई मस्तिष्कघात, नर्भिकमा भयो शल्यक्रिया
  • २०७५ माघ ७, ०९: १५: २०

नयाँ बिकल्प,काठमाडौं – नेपाली कांग्रेसका नेता एवम पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । बिहीबार राति शरिरको वायाँ भागमा समस्या...

नेकपा बिबाद छिनोफानो नभएसम्म प्रचण्ड –माधव वा ओली कसैलाई पनि कांग्रेसले समर्थन नगर्ने
नेकपा बिबाद छिनोफानो नभएसम्म प्रचण्ड –माधव वा ओली कसैलाई पनि कांग्रेसले समर्थन नगर्ने
  • २०७५ माघ ७, ०९: १५: २०

नयाँ बिकल्प, काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधि सभा पुनस्र्थापनापछि बन्ने नयाँ सरकारको विषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बिबाद छिनोफानो...

प्रविणको संकास्पद मृत्युु प्रकरणमा ‘प्रहरीमाथी लागेको धब्बा’ मेटाउन सरकार किन काँपीरहेछ ?
प्रविणको संकास्पद मृत्युु प्रकरणमा ‘प्रहरीमाथी लागेको धब्बा’ मेटाउन सरकार किन काँपीरहेछ ?
  • २०७५ माघ ७, ०९: १५: २०

नयाँ बिकल्प,काठमाडौं – सानालाई ऐन, ठूलालाई चैन भने झैं मोरङको उर्लाबारी ५ का प्रविण बाँस्तोलाको गत पुस ५ गते भएको...

भर्खरै

TOP