काठमाडौं । ट्रान्परेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको सूचीमा दक्षिण एसियामा धेरै भ्रष्टाचार हुने देशहरूमध्ये नेपाल तेस्रो स्थानमा परेको छ । नेपाल १ सय ८० देशमध्ये १ सय २४ औं स्थानमा रहेको छ । भ्रष्टाचारको अवधारणा सूचक सीपीआई प्रतिवेदनमा नेपाल यसअघि १ सय २२ औं स्थानमा रहेको थियो ।
अध्यक्ष खेमराज रेग्मीका अनुसार नेपाल दक्षिण एसियामा बढी भ्रष्टाचार हुने देशको तेस्रो नम्बरमा रहेकोे छ । प्रतिवेदनमा अफगानस्तान दक्षिण एसियामा सबैभन्दा धेरै भ्रष्टाचार हुने मुलुमा परेको छ । यस्तै धेरै भ्रष्टाचार हुने दक्षिण एसियाली राष्ट्रमध्ये बंगलादेश दोस्रो छ भने नेपाल तेस्रोमा छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनलले विश्वका १ सय ८० देशमा भ्रष्टाचारको अवस्थाबारे अध्ययन गरी एकसाथ सीपीआई प्रतिवेदन सार्वजनिक गर्ने गरेको छ । सो सूचीअनुसार डेनमार्क विश्वमै कम भ्रष्टाचार हुने देश बनेको छ ।
नयाँ विकल्प सुर्खेत- कर्णाली नदीमा बेपत्ता भएका एकै परिवारका पाँचजनामध्ये ४ जनाको शव भेटिएको छ । एकजनाको अझै भेटिएको छैन...
नयाँ विकल्प काठमाडाैं- माध्यमिक शिक्षा परीक्षा एसइईको परीक्षा जेठ १३ गतेदेखि २४ गतेसम्म चल्ने भएको छ। राष्ट्रिय परीक्षा बोर्डको मंगलबार...
नयाँ बिकल्प,काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको सत्तारुढ नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) ओली समूहले सन्ध्या तिवारी अध्यक्ष रहेको...