काठमाडौँ । चिकित्सा शिक्षा सुधारको माग गर्दै २४ दिनदेखि अनशनरत प्रा.डा. गोविन्द केसीको मागमा समर्थन जनाउँदै शान्तिपूर्ण प्रदर्शनमा उत्रेका चिकित्सकहरुमाथि प्रहरीले दमन गरेको छ। प्रा.डा. केसीको मागप्रति ऐक्यबद्धता जनाउँदै टिचिङ हस्पिटल बाहिर शान्तिपूर्ण प्रदर्शनमा उत्रेका थिए ।
प्रहरीले प्रदर्शनलाई विथोल्दै प्रदर्शनमा उत्रेका १६ चिकित्सकसहित अन्य विद्यार्थीलाई पक्राउ पर्नेमा रेजिडेन्ट डाक्टर एसोसियसनका अध्यक्ष सुमित पान्डे र चिकित्सकहरु बिशाल अग्रवाल, अमित शर्मा, हेमन्त बास्तोला, बद्री अर्याल, राजन लामिछाने र सिद्धार्थ भन्डारी रहेका छन्।
त्यस्तै डा. उपमा श्रेष्ठ, डा. कविता मानन्धर, डा. अमिर श्रेष्ठ, डा. आकाश शेर्पाली, डा. आनन्द सिंह डा. पदम जोशी, डा. समीर चापागाईं, डा. विश्व राज तिम्सिना र डा अपुर्व आचार्य पनि पक्राउ परेका छन्।
नयाँ बिकल्प, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुन २२ वा २३ गतेभित्रै संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने...
नयाँ बिकल्पकाठमाडौँ – प्रतिनिधि सभा पुनःस्थापना भएपछि नयाँ सरकार गठनको चर्चा चलिरहेका बेला नेपालको उत्तरी छिमेकी देश चीन र दक्षिणी...
नयाँ बिकल्प,काठमाडौं – शुक्रबार राति नै अस्वस्थ भई बीर अस्पताल लगिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री नविन्द्रराज जोशीलाई...