November 26, 2020, Thursday

सरकारी गाडि दुरुपयोग रोक्ने नेविसंघ, रमिते बन्ने ट्राफिक

काठमाडौ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले काठमाडौं, पोखरा लगायत देशभरका विभिन्न स्थानमा सरकारी दुरुपयोग गरी शनिबार पनि सञ्चालन गर्ने सरकारी गाडीलाई नियन्त्रणमा लिएको छ ।

नेविसंघले काठमाडौंको बिभिन्न स्थानबाट शनिबार विभिन्न नौ वटा सरकारी गाडीलाई नियन्त्रणमा लिएर महानगरिय ट्राफिक प्रहरी कार्यालय रामशाह पथमा सवारीको चावी पुर्याएका थिए तर महानगरिय ट्राफिक प्रहरीका जिम्मेवार अधिकृतहरु यति गैरजिम्मेवार देखिए कि उनीहरुले ती सवारीका चाबी समेत लिन मानेनन् ।

नेपाल विद्यार्थी संघले विरोधका कार्यक्रमलाई विभिन्न स्वरुपमा जारी राखेको छ । सडकमा उत्रिएर विरोधका विभिन्न कार्यक्रम गर्दै आएका नेविसंघका विद्यार्थीहरुले कार्यक्रममा विविधिकरण पनि गरेका छन् ।

सरकार विरोधी कार्यक्रमका क्रममा सिंहदरवार अगाडी निषेधित क्षेत्रमै विरोध कार्यक्रम गरेका नेविसंघका कार्यकर्ताले सिंहदरवारलाई नै चुनौती दिन अन्य कार्यक्रम पनि थपेका छन् । नेविसंघका महामन्त्री कुन्दन काफ्ले एकांकी खालका कार्यक्रम भन्दा सबैको ध्यानाकर्षण हुने कार्यक्रमहरुमा आफूहरुले ध्यान दिएको बताए ।

काफ्लेसँगै निकट मानिएका नेविसंघका केन्द्रीय सदस्यहरुदेखि इकाइ समितिमा काम गरेकाहरु र आम कार्यकर्ताहरु पनि नयाँ नयाँ खालको कार्यक्रममा जुटेका छन् । नेविसंघका अध्यक्ष नैनसिहं महरले देशैभरि विभिन्न विरोधका कार्यक्रमहरु भइरहेको भन्दै देशैभरि विद्यार्थीहरुले प्रधानमन्त्रीको पुत्ला जलाउने र राँके जुलुस लगायतका कार्यक्रम गरेका छन् ।

आन्दोलनकै क्रममा नेविसंघले राजधानी काठमाडौंको बुद्धनगरमा बा १ झ ७७१५ नम्बरको गाडीमा आगजनी गरेको छ भने कास्की, बाँके र धनकुटामा सरकारी गाडीमा आगजनी गरिएको प्रहरीले जनाएको थियो । विरोधका कार्यक्रम अन्तर्गत कतिपय ठाउँमा सरकारी सवारी साधा तोडफोड र आगजनी पनि भएका छन् ।

शनिवार सरकारी सवारी साधान चल्न नदिने आन्दोलनका कार्यक्रमलाई अवज्ञा गरेको भन्दै पोखरामा एक सरकारी गाडी विद्यार्र्थीहरुले आगजनी गरिदिएका हुनु । काठमाडौंमा पनि सरकारी सवारी साधन चल्न नदिने घोषित कार्यक्रमलाई फरक ढंगले आफूहरुले सञ्चालन गरेको काफ्लेले बताए।

काफ्ले निकट केन्द्रीय सदस्य शुशील भट्टको अगुवाइमा सरकारी गाडीमा माफिया सरकार मुर्दावाद लेख्ने अभियान सुर्खेतसम्म पुग्यो । सुर्खेतमा केन्द्रीय सदस्य अनिल वहादुर शाहीहरुले यस्को नेतृत्व गरे ।

त्यस्को आफ्नो ठाउँमा चर्चा भइरहँदा विदाको दिन सरकारी साधन चलाउनेहरुको साँचो खोस्ने अभियानलाई पनि नेविसंघले अभियानकै रुपमा लगरेको छ । सरकारी सम्पतीको संरक्षणको नीति अन्तर्गत पनि आफूहरुले विदाको दिन सरकारी गाडी नियन्त्रणमा लिने अभियान थालेको केन्द्रीय सदस्य सुशील भट्टले बताए । उनीहरुले शनिवार प्रधानमन्त्री कार्यालयका सचिव सवार गाडी सहित ६ वटा सवारी साधनको साँचो नियन्त्रणमा लिएका थिए ।

शनिबार राजधानीको लाजिम्पाटबाट भट्ट सहित निरञ्जन थापा, गणेश सापकोटा, सुवास घिमिरे, सन्तोस गुरुङ, सुशान्त आचार्य र सुवोध ओलीलगायतका नेविसंघका नेता कार्यकर्ताको टोलीले प्रधानमन्त्री कार्यालयका सचिव शिशिर कुमार ढुंगाना सवार गाडीको साँचो नियन्त्रणमा लिएका हुन् ।

शनिबार बिदाका दिन पनि गाडी चलाइएको भन्दै ढुंगाना चढेको बा१ झ ९९९५ नम्बरको गाडीको साँचो उनीहरुले खोसेका थिए । यस्तै मे १झ १५१ नम्बरको गाडीसहित अरु ५ वटा गाडी पनि उनीहरुले नियन्त्रणमा लिएका छन । नेविसंघका विद्यार्थीहरुले सडकमै गुडिरहेको सवारी साधन कब्जामा लिइ साँचो खोसेर त्यसमा सवारहरुलाई झारिदिएपछि सरकारी अधिकारी र तिनका आफन्तहरुले आफूहरु नेविसंघको ट्रयापमा परेको प्रतिक्रिया दिएका छन् ।

अनुमति लिएरै आफूहरुले सवारी चलाए पनि दुरुपयोगको दृष्टीबाट आफूहरुको गाडी खोसेको विषयमा भने उनीहरुले प्रतिक्रिया जनाएका थिए । प्रहरीले आगजनीमा संलग्न नेविसंघका १३ कार्यकर्ता पक्राउ गरेको महामन्त्री कुन्दन काफ्लेले जानकारी दिए । काफ्लेका अनुसार कास्कीका निवर्तमान जिल्ला अध्यक्ष पर्शुराम बस्नेतसहित पाँचजना कार्यकर्ता पक्राउ परेका छन भने बाँकेमा जिल्ला अध्यक्ष पूर्ण आचार्यसहित तीनजना पक्राउ परेका छन् ।

सुर्खेतमा नेविसंघ केन्द्रीय सदस्य अनिल बहादुर शाहीलाई विहान प्रहरीले नियन्त्रण लिएको थियो । उनलाई साँझ रिहा गरिएको थियो । मुख्यममन्त्रीको गाडीमा माफिया सरकार लेखेको र शनिवार विहान सरकारी गाडीको साँचो खोसेको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । धनकुटामा जिल्ला अध्यक्ष बालानन्द पौडेलसहित पाँचजना पक्राउ परेका थिए । राजधानीबाट भने प्रहरीले आगजनीमा संलग्न कसैलाई पक्राउ गरेको छैन ।

बौद्ध क्षेत्रमा दुजाङ शेर्पाको नेतृत्वमा प्रदर्शन भएको छ । त्यहाँ शुक्रवार राँके जुलुस पनि निकालिएको थियो । पक्राउ परेका विद्यार्थीहरुको तत्काल रिहा नगरे विद्यार्थीहरुले अझ कडा कार्यक्रम लिएर आउने नेविसंघका नेता शुसिल भट्टले चेतावनी दिएका छन् । प्रहरीले भने आगजनी र तोडफोडमा संलग्नलाई पक्राउ गरेको जनाएको छ । विद्यार्थीहरु भने पक्राउ गरिएकाहरुलाई नछोडे स्थिति थप जटिल बन्ने चेतावनी दिएका छन ।

सम्बन्धित समाचार

प्रहरीको गोलीबाट घाइते न्यौपानेको मृत्युपछि बर्दिबास झन तनावग्रस्त
प्रहरीको गोलीबाट घाइते न्यौपानेको मृत्युपछि बर्दिबास झन तनावग्रस्त
  • २०७५ माघ २१, ०८: ४२: ०४

नयाँ विकल्प,काठमाडौं – महोत्तरी जिल्लाको ब्यापरिक केन्द्र बर्दिवासमा प्रहरीको असावधानी र अत्यधिक बल प्रयोगका कारण झन तनावग्रस्त बनेको छ ।...

आगामी निर्वाचनमा कांग्रेसलाई जिताउनू: देउवा
आगामी निर्वाचनमा कांग्रेसलाई जिताउनू: देउवा
  • २०७५ माघ २१, ०८: ४२: ०४

नयाँ बिकल्प,काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा हाल देखिएको समस्या र चुनौतिको सामना गर्न पार्टी संगठनलाई एक ढिक्का...

शेयर बजार इन्डेक्स नयाँ इतिहास  रच्ने तरखरमा
शेयर बजार इन्डेक्स नयाँ इतिहास रच्ने तरखरमा
  • २०७५ माघ २१, ०८: ४२: ०४

नयाँ विकल्पकाठमाडाैं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) इन्डेक्स विहिबार ८ अंकले बढ्याे भने हालसम्मकै उच्च विन्दुमा पुग्ने छ । अल टाइम...

भर्खरै

TOP