November 23, 2020, Monday

भेनेजुएलामा भूकम्प नेपालको नेकपामा पराकम्प

केदार सुवेदी
यो साता
नेपालभन्दा धेरै नै टाढा रहेको र धेरै नै थोरैले मात्र नाम सुनेको त्यो पनि कम्यनिष्ट कुशासनको बाहेक अर्को पक्षबाट कुनै पहिचान नभएको दक्षिण अमेरिकी देश भेनेजुएला यतिबेला नेपालमा धेरैनै चर्चामा आयो । कतिसम्म भने नेपालमा २०७२ को भूकम्प र त्यसको पराकम्प जसरी परिचित रह्यो त्यही समानमा आयो भेनेजुएलाको राजनीतिक उथलपुथलको भूकम्प ।

स्थिति कतिसम्म भने त्यो साइनु न सपनाको देशका कारण नेपालले कति क्षति व्यहोर्नु पर्ला भन्ने सम्मका आंकलन हुन थाले । नेपाली नेताकाकारण उव्जिएको यस्तो संकटले अन्त्यत क्षति व्यहोर्नुपर्ने हुन्छ देशले र दःुख पाउँछन नागरिकले । वातावरण त्यो हदसम्म पु¥याउन थालिएपछि यो प्रकरणकाबारे चर्चापनि त्यहि रुपमा हुन थालेको हो ।

भूकम्प भन्दा ठूलो पराकम्प
भूकम्पको सिद्धान्त हुन्छ यो जति टाढा भयो त्यति प्रभाव कम हुँदै जान्छ । त्यसको पराकम्प पनि त्यही हो । तर यहाँ उल्टो भयो । करिव करिव त्यो देशको संकट जस्तै नौ महिना अघि एकीकरणबाट सबैभन्दा ठूलो बनेको सत्तारुढ कम्युनिष्ट पार्टी भित्र, त्यो कम्पन जति शक्तिशाली थियो, त्योभन्दा बढी शक्तिशाली अनुभव गरायो त्यसको परकम्पले ।

नेपालको यो नेकपा दुई अध्यक्षले चलेको पार्टी हो । प्रधानमन्त्री तथा सत्तारुढ नेकपाका एक अध्यक्ष केपी शर्मा ओली विदेशमा रहेका बखत अर्का अध्यक्ष जो राजकीय रुपमा संघीय संसदका एकजना सासद मात्र हुन् ंपुष्पकमल दाहाल प्रचण्डले पार्टीका तर्फबाट भेनेजुएलाका सन्दर्भमा एउटा वक्तव्य जारी गरे जसमा संयुक्त राज्य अमेरिकालाई भेनेजुएलामाथि साम्राज्यवादी हस्तक्षेप अर्थात कु गरेको भनिएको थियो । यो माघ ११ को कुरा हो ।

त्यसपछि दिनैपिच्छे र कतिपय अवसरमा त दिनको धेरैपटक नै हुने गरी त्यो भेनेजुएली पराकम्पन आइनै रह्यो । यी दुइ अध्यक्ष सकेसम्म एकले अर्कोलाई चिप्ल्याउने क्रममा लागिनै रहे । यो क्रम बढदै जाँदा माघ २५ मा त यी अध्यक्ष अर्का अध्यक्ष अर्थात प्रधानमन्त्रीमाथि राजनीतिक फायरै खोल्न तम्सिए । उनले त्यसदिन गरेको भाषण सरकारका लागि सामान्य थिएन । पाचनशक्ति बढी भएर होला सरकारले पचायो त्यो भिन्न कुरा हो । आरोप कस्तो थियो भने यति कुरा त विपक्षी दलले पनि भनेको थिएन ।

पधानमन्त्रीका भनाइ व्यक्तिगत !
भेनुजुएला प्रकरणमा अध्यक्ष दाहाल ‘शब्दमा चिप्लिएको टिप्पणी प्रधानमन्त्री समेत रहेका ओलीले एक टेलिभिजन कार्यक्रम गरेपछि ओली–दाहाल सम्वन्धमा देखिने गरि नै असमझदारी वढेको रिपोर्ट आइरहेका थिए । तत्कालिन एमाले–माओवादी एकतापछि ओली–दाहालले एक–अर्काका विरुद्ध खास आलोचनात्मक अभिब्यक्ति दिएका थिएनन् । ओलीले टेलिभिजन कार्यक्रममा समकक्षी अध्यक्षको वक्तब्यलाई ‘अमुक ब्यक्तिको वक्तब्य र शब्द चिप्लिएको भनेपछि दाहाल आक्रोशित थिए ।

अर्थात भूकम्प पछि पराकम्पको क्रम बढदै थियो । उनले पनि ओलीलाई जवाफ दिने शैलीमा गृहनगर पुगेर ओलीका अभिब्यक्ति ब्यक्तिगत भएको नै भने । देशको प्रधानमन्त्रीले भनेका कुरा वयक्तिगत हुने र वास्तवमानै व्यक्तिले भनेका कुरा चाहिँ संस्थागत हुने मान्यता स्थापित गर्न खोजियो यहाँ । प्रधानमन्त्री एउटा संस्था पनि हो । त्यो पदबाट र सरकारी माध्यमबाट आएका भनाईलाई व्यक्तिगत मान्ने हो भने संस्थागत भनाई कुबाट आएकोलाई मान्ने भन्ने प्रश्न उठ्छ नै ।

चिप्लिएको भन्ने कुराको उत्तर दिदै भेनेजुएला वक्तव्यपछि दाहालले सरकारको कार्यशैलीमा लगेर जोडिदिए । ‘‘संविधानको मर्म अनुसार सिंहदरवारको अधिकार प्रत्यायोजित गरिदै छ त । स्थानिय तह र प्रदेशलाई कानुन, सुरक्षा, कर्मचारी र वजेट दिइदैछ त । दाहालले सरकारले संघीयता कार्यान्वयनलाई खेलाची ठानेको भन्दै एक सार्वजनिक कार्यक्रममार्फत चेतावनी नै दिए –‘शान्ति प्रक्रिया र संविधानलाई हलुका ढंगले वुझिए अर्काे माओवादी जन्मिन्छ । त्यसले झन ठूलो खतरा ल्याउन सक्छ ।

यसलाई पर्यवेक्षकले फायरका रुपमा लिए । प्रतिपक्षी नेता शेरवहादुर देउवाको भूमिका खुम्चिएको र नेकपाका अध्यक्ष दाहाल पनि मौन बस्न थालेको भनी टिप्पणी भईरहदा दाहालले ओली र सरकारमाथी नै एकाएक ‘फायर खोलेपछि यो पराकम्पन कस्तो रहेछ भन्ने धेरैले महसुस गर्न पाए ।

त्यसपछि प्रचण्डले आफुले पछिल्लो सार्वजनिक कार्यक्रममा दिएको अभिब्यक्ति सरकारमा मात्रै लक्षित नभई समग्र राष्ट्रिय –अन्तराष्ट्रिय परिस्थितीको आंकलनका सन्र्दभमा रहेर गरेको जवाफ ओलीलाई दिएका बताइन थालियो । दाहाल सरकारले अहिले निर्माण गरिरहेको कानुन, राजनीतिक नियुक्ति लगायतका विषयमा पनि प्रधानमन्त्री ओलीको कार्यशैलीसँग असन्तुष्ट रहेका अवस्थामा भेनेजुएला यसरी प्रकट भएको बुझन सकिन्छ ।

पराकम्पनका संकेत
प्रचण्डका पछिल्ला अभिब्यक्तिपछि भने नेकपाका अन्य नेताहरुले सामाजिक सन्जालमा पक्ष÷विपक्षमा अनेक टिप्पणी गर्न थाले । उपप्रधान तथा रक्षामन्त्री समेत रहेका सचिवालय सदस्य इश्वर पोखरेलले अध्यक्ष दाहाललाई लक्षित गदै उन्मादमा चल्न खोजेको आरोप लगाए । उनले समाजिक सन्जाल फेसवुकमा टिप्पणी गदै ‘शनक र उन्मादमा चल्न चाहने वा रमाउनेहरूलाई नेतृत्वमा पु¥याउनु दुर्भाग्य हुनेु भन्दै ‘कम्युनिष्ट पार्टीको नेतृत्व जनतामा परिचित, स्थापित र स्विकृत पात्रहरू नै हुन् र हुनुपर्छ ।

तिरस्कृत पात्रहरू नेतृत्वमा आउनै हुँदैन– ल्याइनै हुँदैन । अझ, शनक र उन्मादमा चल्न चाहने वा रमाउनेहरूलाई त यो ठाउँमा सर्वथा पु¥याउनै हुन्न । त्यस्तो हुँदा दुर्भाग्य मात्र हुन्छ । पोखरेलको पोष्टमा लेखिएका शव्द हुन यी । त्यस्तै, स्थायी समिति सदस्य भीम रावलले पनि कुनै देश र सरकारका विषयमा सार्वजनिक रुपमा विवाद गर्दा कम्युनिष्ट पार्टीमा विभाजन आएको स्मरण गदै संयमित भएर एकताको काम अविलम्व टुग्याउन आग्रह गरे । उनका अनुसार ‘विगतमा कुनै देश र सरकार विशेषवारे सार्वजनिक रुपमा धेरै विवाद गर्दा कम्युनिष्ट पार्टीमा विभाजन समेत आएको स्मरण गदै संयमित भएर विधि र वैठकवाट विवाद टुग्याउनु र पार्टी एकीकरणको काम अविलम्व पूरा गर्नु वुद्धिमानी कार्य ठहरिने छ, ।

माथि उल्लेख भएका यी दुइवटै प्रतिकृया एक अध्यक्ष प्रचण्डप्रति केन्द्रित हुन भन्ने उल्लेख भैरहनु पर्दैन । शनक र उन्मादमा चल्न चाहने वा रमाउनेहरूलाई त यो ठाउँमा सर्वथा पु¥याउनै हुन्न, त्यस्तो हुँदा दुर्भाग्य मात्र हुन्छ भन्ने उपप्रधानका यी शव्द विशेष गरी प्रचण्डलाइनै चिनाउने गरी संयोजन भएका बुझ्न सकिन्छ ।

प्रचण्डको परिचय पनि करिव–करिव यस्तै बन्दै आएकोछ । अहिलेकै सन्दर्भमा पनि त्यस्तै देखियो । जस्तो शुक्रवार उनले सरकारको धुवाधार विरोध गरे । शनिवार बालुवाटार पुगेर प्रधानमन्त्रीसंग गोप्य वार्ता गरेर कुरो सवै मिलेको वताए । यो सनक वा उन्मादबाट आफनो गन्तव्य निर्धारण गर्ने एउटा उदाहरण मानेपनि हुन्छ ।

कम्युनिष्ट कुशासनको समर्थन !
नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समर्थन गरेको भेनेजुएलाको शासन कम्युनिष्ट कुशासनको नमूनानै थियो । विभिन्न एजेन्सीहरुले दिएका विवरणहरुलाइ एक ठाउँमा राख्दा आउने वा प्रकट हुने चित्र यति डरलाग्दो छ, यस्तो होला भन्ने कल्पना पनि नहोला । त्यो शासन जसरी चलिरहेको छ र जनताको हविगत जस्तो छ त्यसलाई समेत समर्थन गरेको मान्नुपर्छ । यो कम्युनिष्ट शासनमा भेनेजुएलाको मुद्रा यति कमजोर भएको छ कि दशौँ लाख भेनेजुएली नागरिक आधारभूत आवश्यकताका वस्तु खरिद गर्न नसक्ने स्थितिमा पुगेका छन ।

३० लाख भेनेजुएलीले छाडिसके देश
संयुक्त राष्ट्र संघका अनुसार सन् २०१५ यता मात्र देश छाड्ने भेनेजुएली नागरिकको संूया ३० लाख नाघिसकेको छ, जुन देशको जनसंख्याको झन्डै १० प्रतिशत हो । राष्ट्रसंघको रिपोर्टअनुसार यसवर्ष मात्रै २० भेनेजुएलीले देश छोडिसकेका छन् भने सन् २०१९ सम्म ५० लाखले देश छाड्ने अनुमान गरिएको छ । उनीहरू शरणार्थीका रूपमा विशेषतः दक्षिण अमेरिकी तथा क्यारेबियन मुलुकमा शरण लिन पुगेका छन ।

संयुक्त राष्ट्रसंघीय शरणार्थी निकाय (युएनएचसिआर) र आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आइओएम)का अनुसार बढ्दो राजनीतिक तथा आर्थिक संकटका कारण दैनिक हजारौँ भेनेजुएली नागरिकले देश छाडिरहेका छन् । यी निकायका रिपोर्टअनुसार २४ लाख भेनेजुएली छिमेकी तथा नजिकका मुलुकमा शरण लिन पुगेका छ ।

सबैभन्दा बढी कोलम्बियामा मात्रै १० लाखभन्दा बढी भेनेजुएलनले शरण लिएका छन् । दक्षिण अमेरिकी मुलुक पेरुमा पाँच लाखभन्दा बढी, इक्वेडरमा दुई लाख २० हजारभन्दा बढी, अर्जेन्टिनामा एक ला ३) हजार, चिलीमा एक लाखभन्दा बढी र ब्राजिलमा ८५ हजार शरण लिन पुगेका छन । यसैगरी, क्यारेबियन मुलुक पानामा ४ हजार भेनेजुएली शरण लिन पुगेका छन ।

स्पेनमा दुई लाख आठ हजार र अमेरिकामा दुई लाख ९० हजार भेनेजुएली शरण लिन पुगेका छन । राष्ट्रसंघीय निकाय, गैरसरकारी संगठन, रेडक्रसलगायत मानवीय सहायताको क्षेत्रमा काम गर्ने संगठनले उनीहरूलाई राहत उपलब्ध गराउँदै आएका छन । तर, यी शरणार्थी शरण दिने मुलुकमा रंगभेद, मानवीय घृणा, बेचविखन, यौन हिंसालगायत सामाजिक विकृतिको खतरामा परेका छन् । विशेषतः महिला र बालबालिकामा यस्तो जोखिम देखिएको छन् । धेरै महिला र किशोरी बेचविखन तथा यौनशोषणको चपेटामा परेका छन ।

खाद्यान्न अभाव
भेनेजुएलामा खाद्यान्न अभाव कहाली लाग्दो बनेको छ । विशेषतः विपन्न वर्ग भोकमरीको खतरामा छन् । एक सर्वेक्षणअनुसार खाद्यान्न अभावका कारण मानिसले खाद्यान्नको खपत कम गरेका छन् । इकोभीले गरेको एक सर्वेक्षणअनुसार १० जनामध्ये आठ जनाले खाद्यान्न अभावका कारण कम खाद्यान्न खपत गर्नु परेको बताएका छन् भने १० जनामध्ये ६ जनाले खाद्यान्न खरिद गर्ने रकम नभएका कारण पेटभरि खान नपाएको बताएका छन् ।

पेटभरि खान नपाएका कारण सर्वेक्षणमा सहभागीमध्ये ६४.३ प्रतिशतले सन् २०१७ मा औसत ११.४ केजी शरीरको तौल घटेको बताए । परम्परागत खाद्यान्नको परिणाम र गुणस्तरसमेत निरन्तर गिर्दाे छ । शरीरका लागि अत्यावश्यक आइरन, भिटामिन, प्रोटिनलगायत तत्वको अभाव भएको छ । ८२ लाख जनसंख्याले मुस्किलले दुई छाक खान पाएका छन । गरिबको खाद्यान्न भनेर चिनिने जराका रूपमा आउने आलु तथा कन्दमुलजस्ता खाद्यान्नलाई उनीहरूले विकल्पका रूपमा प्रयोग गर्न थालेका छन् ।

कुपोषणको प्रकोप
भेनेजुएलामा व्याप्त भोकमारी तथा खाद्यान्न अभावका कारण दसौँ हजार बालबालिका कुपोषणबाट ज्यान गुमाउनुपर्ने स्थितिमा पुगेका छन । दादुराजस्ता देशबाट निर्मूल भइसकेका रोग पनि पुनः देखिएका छन् । भेनेजुएलाको स्वास्थ्य मन्त्रालयका अनुसार देशको बालमृत्युदर ३० प्रतिशतले बढेको छ ।

कमजोर मुद्रा र महँगी
भेनेजुएलाको मुद्रा यति कमजोर भएको छ कि जसका कारण दसौँ लाख भेनेजुएली नागरिकले आधारभूत आवश्यकताका वस्तु खरिद गर्न नसक्ने स्थितिमा पुगेका छन् । अहिले भेनेजुएलाको मुद्रा १ हजार ६ सय बोलिभारबराबर एक अमेरिकी डलरमा झरेको छ । सन् २०१८ मा देशको महँगी लाखौँ प्रतिशतले बढेको छ । ब्लुमवर्गका अनुसार भेनेजुएलामा जनवरी २०१८ मा १८ सय कप कफी खरिद गर्न सकिने रकमले अहिले एक कप मात्र कफी खरिद गर्न पुग्छ । यसर्थ, देशमा चरम महँगी तथा भोकमरीको सामना गर्ने वा देश छाड्ने विकल्प रोज्ने स्थितिमा भेनेजुएली नागरिक पुगेका छन ।

औषधि अभाव
मधुमेह, रक्तचाप लगायतका बिरामीले सेवन गर्नुपर्ने औषधि तथा ऐन्टिबायोटिकको अभावका कारण गम्भीर तथा दीर्घरोगको औषधि सेवन गर्ने बिरामीको जीवन संकटमा परेको छ । औषधिको अभाव विकराल स्थितिमा पुगेको छ । सन् १९६१ मा मलेरियामुक्त देश घोषित भएको भेनेजुएलामा पछिल्ला वर्षमा ठूलो संूयामा मलेरियाका रोगी बढेका छन् । भेनेजुएलाको स्वास्थ्य विभागअनुसार मलेरियाविरुद्धको औषधि अभाव भएको छ ।

यसैगरी, अन्य संक्रमण फैलिने रोगविरुद्ध लड्ने औषधिको पनि अभाव भएको छ । दादुरा र भ्यागुते रोग पनि भेजेजुएलामा फर्किएको छ । देशको औषधि उत्पादक संगठनमा ८५ प्रतिशत औषधिको अभाव छ । कोलम्बियालगायत छिमेकी देशबाट चोरीपैठारीका माध्यमबाट कतिपय औषधि देशमा भित्रिरहेका छन । तर, चिकित्सकले यस्ता औषधिले स्वास्थ्यमा खतरा निम्त्याउन सक्ने भएकाले सेवन नगर्न चेतावनी दिएका छन । यसैगरी, मधुमेह, रक्तचापलगायतका बिरामीले सेवन गर्नुपर्ने औषधि तथा ऐन्टिबायोटिकको पनि अभाव उसैगरी बढेको छ, जसका कारण गम्भीर तथा दीर्घरोगको औषधि सेवन गर्ने बिरामीको जीवन संकटमा परेको छ ।

अवस्थाको एउटा चित्र
चिलीका पूर्व विदेशमन्त्री तथा लन्डन स्कुल अफ इकोनोमिक्स एन्ड पोलिटिकल साइन्समा स्कुल अफ पब्लिक पोलिसीका डिन एन्ड्रेस भेलस्कोका अनुसार भेनेजुएलाको राष्ट्रपतिका रूपमा निकोलस मदुरोको पदावधि जनवरी १० का दिन समाप्त भयो । त्यसपछि लोकतान्त्रिक पद्धतिबाट निर्वाचित राष्ट्रिय संसद् नेसनल एसेम्बलीका अध्यक्ष हुवाँ गुवाइदोले आफूलाई भेनेजुएलाको संविधानअनुसार अन्तरिम राष्ट्रपति घोषणा गरे ।

अमेरिका, क्यानडा र अधिकांश दक्षिण अमेरिकी मुलुकहरूले उनलाई भेनेजुएलाको वैधानिक प्रमुखका रूपमा तत्कालै मान्यता दिए । युरोपेली संघका कतिपय सदस्य राष्ट्रहरूले पनि गुवाइदोलाई मान्यता दिइसकेका छन् । गुवाइदोले राष्ट्रपतिको शपथ ग्रहण गरेका दिनदेखि सुरक्षा फौजबाट कम्तीमा ४० जना मारिएका छन् भने ८ सय जति पक्राउ परेका छन् । सन् २०१५ को निर्वाचनमा विपक्षले राष्ट्रिय संसदमा बहुमत ल्याएपछि मदुरोले संसद्को लगभग सबै अधिकार ूोसेका छन् भने सर्वोच्च अदालत र राष्ट्रिय निर्वाचन परिषदमा आफ्ना चाकरीदारहरू भरेका छन् । सबैजसो विपक्षी नेताहरू कि त जेलमा छन् नभए निर्वासनमा छन् ।

करिब ४० लाख अर्थात् ७ जनामा एक जना भेनेजुएलीहरू मुलुक छाड्न बाध्य पारिएका छन् । ह्युमन राइटस वाच र अरू प्रतिष्ठित गैरसरकारी संस्थाले पटकपटक भेनेजुएलामा भएको व्यवस्थित मानव अधिकारका विषय उठाउँदै आएका छन् । यस परिस्थितिमा भेनेजुएलीहरूले आफ्नो समस्या आफैँ समाधान गर्नुपर्छ भन्दै केही नगर्नुको अर्थ भेनेजुएलीहरूको मानव अधिकार उल्लंघन भइरहने बाहेक अरू केही हुनै सक्तैन ।

सम्बन्धित समाचार

यो सरकारले संवैधानिक कानुनहरु सबै मिचेर एकलौटी ढंगले अगाडि बढेको छ 
यो सरकारले संवैधानिक कानुनहरु सबै मिचेर एकलौटी ढंगले अगाडि बढेको छ 
  • २०७५ माघ २८, ०८: ५७: २८

जनताको आवाज बुलन्द गर्ने थलो संसद बन्द भएको वर्षदिन हुनलागिसक्यो, सुचारु गर्न नेपाली कांग्रेसले पहल गर्नुपर्दैन ?नेपाली कांग्रेसले अबरुद्ध संसद...

देशमा शान्ति र स्थायित्वका लागि  नेपाली कांग्रेस प्रवेश अपरिहार्य
देशमा शान्ति र स्थायित्वका लागि नेपाली कांग्रेस प्रवेश अपरिहार्य
  • २०७५ माघ २८, ०८: ५७: २८

किरण गिरी काठमाडाैं- आफ्नो १४ औं महाधिवेशनको तयारीमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस मंसिर महिनाभर क्रियासिल सदस्यता नवीकरण र बितरण...

प्रत्यक्ष वैदेशिक लगानीमा सुधारको खाँचो
प्रत्यक्ष वैदेशिक लगानीमा सुधारको खाँचो
  • २०७५ माघ २८, ०८: ५७: २८

दुर्गाप्रसाद गौतम नयाँ विकल्प काठमाडाैं- वर्तमान विश्वमा प्रत्यक्ष वैदेशिक लगानीको सवाल विश्वका प्रायः सबै स्तरका अर्थव्यवस्थाहरू विकसित तथा अविकसित का...

भर्खरै

TOP