November 26, 2020, Thursday

राजश्व र उच्च तहका व्यक्तिको आर्थिक विवरण राख्ने एभरेष्ट बैंकमा अस्थायी कर्मचारीको विगविगी

काठमाडौं । २५ बर्षअघि भारतको पञ्जाव नेसनल बैंकको ज्वाइन्ट भेन्चनरमा नेपालमा खोलिएको एभरेष्ट बैंकले नेपालका उच्च प्रशासक र सांसदहरुको आर्थिक विवरण र सम्पतिको गोपनियता भंग गर्ने गरेको स्रोतको दाबी छ ।

भारतको पञ्जाव नेसनल बैंकको तर्फबाट एभरेष्ट बैंकको निर्देशकमा मनोनित भएका लिंगम्यान बैंकट प्रभाकार, व्यवस्थापन समूहका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ, उप महाप्रवन्धकद्धय गिरिस कोली र राजिप जैनले उच्च प्रशासक र सांसदहरुको बैंक खाता र उनीहरुले राज्यबाट लिएको रकमको स्रोत र विवरण प्रभावमा परेर अन्यत्र चुहाउने गरेको बैक सञ्चालक समितिका एक सदस्यले वताए ।

सहायक महाप्रवन्धक केशवराज पौडेल र सन्तोष शर्मा भने बैकले लिने हरेक निर्णयमा अल्पमतमा पर्दै आएका छन् । मुलुकको सबैभन्दा महत्वपूर्ण प्रशासनिक कार्यालय रहेको सिंहदरबार भित्र वाणिज्य बैक वा नेपाल बैंक लिमिटेडको कार्यालय छैन । तर, उच्च प्रशासकलाई प्रभावमा पारेर नीजि क्षेत्रको बैंक एभरेष्टले हरेक मन्त्रालयका उच्च पदस्तदेखि न्युन आय भएका कर्मचारीहरुको आर्थिक हिसाव किताव गोप्य रुपमा तयार पार्दै अन्यत्र समेत पठाउने गरेको स्रोतको दाबी रहेको छ ।

अर्थमन्त्री र अर्थसचिवलाई प्रभावमा पार्न बैंकका संचालक प्रभाकर र प्रमुख कार्यकारी अधिकृत सेठले भूमिका खेलीरहेका छन् । उनीहरुले संसद सचिवालयका महासचिवलाई समेत प्रभावमा पारेर सबै सांसदले आफ्नो तलव भत्ता र सुविधा लिन एभरेष्ट बैकमा अनिवार्य खाता हुनै पर्ने नियम बनाइएको छ । अघिल्लो संविधानसभादेखि नै एभरेष्ट बैंकमा खाता नहुने सभासदले तलव भत्ता पाउँदैन थिए ।

उपत्यका र उपत्यका वाहिर गरी २८ वटा स्थानमा कर र राजश्व संकलन काउण्टर खडा गरी कुन व्यक्ति वा फर्मले कति कर तिर्छ र कति राजश्व कहाँबाट उठ्छ भनी आर्थिक गोपनियतालाई आफूसँग सीमित नराखी अन्यत्र चुहाउँदै आएको बुझिएको छ । जसले गर्दा नेपालका धेरै कर तिर्ने व्यक्तिको पहिचान उनीहरले गर्ने गरेका छन् ।

२८ वटा राजश्व संकलन केन्द्रबाट बैंकले राज्यबाट कुनै रकम नै नलिइ किन सेवा दिइरहेको छ भन्ने सम्वन्धमा बैंकले कुनै जानकारी दिएको छैन् । राष्ट्र बैंकको फितलो अनुगमन र गभर्ननरलाई नै प्रभावमा पारेर एभरेष्ट बैंकले अहिले हरेकजसो शाखामा अस्थायी र ज्यालादारी कामदारबाट बैंकिंङ कारोबार गरिरहेको छ ।

भोलीका दिनमा करार कर्मचारीले क्यास काउण्टरबाट आर्थिक अनियमितता गरेमा उनीलाई खोज्न नसक्ने चुनौति पनि थपिदै गएको छ । अदक्ष जनशक्तिलाई बिहान ९ देखि राति ७ बजेसम्म दैनिक १० घण्टा काम लगाउने गरेको पाइन्छ । त्यहाँ कार्यरत कर्मचारीलाई चरम आर्थिक शोषण हुँदा समेत राष्ट् बैंकले कानमा तेल हालेर बस्नुलाई सबैले आश्चर्यको रुपमा हेरेका छन् ।

एभरेष्टले हरेक शाखामा ४० प्रतिशत बढी कर्मचारी सुविधा सेवा नामक ब्रोकर कम्पनीबाट जनशक्ति लिने गर्छ । राज्यले न्युनस्तरको काम गर्ने श्रमिकलाई १३ हजार रुपैयाँ मासिक तलव दिए पनि एभरेष्टले एक कर्मचारीर्ला ९ हजार रुपैयाँमा चरम श्रम शोषण गरेर काम लगाइरहेको छ ।
हरेक ६ महिनामा केवाईसी फर्म भर्नुपर्ने, प्रत्येक पटक बैंक स्टेटमेन्ट लिँदा रकम शुल्क लिने एक जना सेवाग्राहीले रकम राख्न वा झिक्न एक घण्टादेखि २ घण्टासम्म उभिनु पर्ने र रेमिट्यान्सबाट रकम प्राप्त गर्दा दुख र झन्जट दिने गरेको गुनासो सेवाग्राहीको छ । बैंक खाता र बैंकको बारेमा सामान्य जानकारी नै नभएका कम तलवमा राखिएका कर्मचारीबाट सेवा लिन खोजेको एभरेष्टको चर्को व्याज लिने रणनीतिबाट आज देशका प्रमुख औद्योगिक क्षेत्रका व्यापारीहरु आन्दोलित छन् ।

एभरेष्ट बैंकले पहिले ६ प्रतिशत वार्षिक व्याजदरमा अटो लोन र घर जग्गा तथा व्यवसाय लोन भनेर स्वीकृत गर्ने अनि ३ महिनापछि देखि नै प्रत्येक महिना २ प्रतिशतको दर १७ प्रतिशतसम्म पुर्याउने गरेको पीडित र भुक्तभोगीहरु बताउँछन् । व्यसाय र ऋणीले निर्धारित समयमा ऋणको व्याज र साँवा बुझाउन नसकेपछि धितो वापत राखेको सम्पतिलाई बोलकबोलको माध्यमद्धारा सेटिंग गरी बिक्री गर्ने गरेका छन् ।

बैंकका अधिकांस कर्मचारीको काम नै चर्को व्याज तिर्न नसकेर थलापरेका सेवाग्राहीको धरौटीवापत राखेको सम्पतिमा आँखा लगाउनु रहेको छ । कौडीको भाउमा सवारी र घर जग्गा लिएर अकुत सम्पति आर्जन गर्नु बैंका उच्च तहका कर्मचारीको दिनचर्या नै हुने गरेको छ । एभरेष्ट बैंक चर्को व्याज र फसाउने रणनीतिका कारण व्यापार व्यवसाय गर्ने मानिसहरु यतिवेला एभरेष्ट बैंकलाई कानुन बमोजिम दर्ता र संचालनमा आएको बैधानिक लुटेरा बैंकको संज्ञा दिन्छन् ।

४५ बर्ष उमेर काटेका बुढा, बृद्ध र कार्यक्षमता नभएका कर्मचारीको रुखो व्यवहार तथा गैरजिम्मेवारपूर्ण व्यवहारबाट सेवाग्राहीले खोलेको एभरेष्टको बैंक खाता धमाधम बन्द हुन थालेको हो ।

भारतको पञ्जाव नेसनल बैंकले भारतमा ७ हजार शाखा र ८ हजार ५ सय एटिएम मार्फत सेवा पुर्याएको भन्दै नेपाल र भारतमा उद्योग, व्यवासय र वाणिज्यको क्षेत्रमा काम गर्ने व्यापारीले खाता खोल्ने गरेका छन् । तर एभरेष्ट बैंकबाट आफूहरु बारम्बार ठगिनु परेको उनीहरुको गुनासो छ । नेपालमा ९२ वटा शाखा भए पनि केन्द्रीय कार्यालय रहेको नयाँ बानेश्वरमा समेत सेवाग्राहीले सास्ती पाउने गरेका छन् ।

एटीएमबाट रकम निकाल्न हरेक दिन नयाँबानेश्वरमा कम्तीमा आधा घण्टा उभिनु पर्ने बाध्यता सेवाग्राहीको छ । सुविधा सेवा नामक दलाली पेशा गर्ने म्यानपावर सप्लायर्स कम्पनीका संचालकसँगको मिलेमतोमा बैंकले उपलब्ध गराउने १३ हजार तलवमा तीन हजार कमिसन खाएर १० हजार मात्र कर्मचारीलाइ उपलब्ध गराउने गरेको छ । एभरेष्ट बैंकबाट राजिनामा दिएर जागिर छोडेकालाई समेत सुविधा सेवाले झुलाउने गरेको छ ।

राजिनामा दिएर घर बसेकी भक्तपुर सल्लाघारीकी एक कर्मचारीलाई एभरेष्ट बैंक र सुविधा सेवाले एकले अर्कोको कमजोरी देखाउँदै एक बर्षपछि मात्र तलव दिएका थिए । राष्ट्र बैंकले अनुगमन गर्ने हो भने एभरेष्ट बैंकमा करार र ज्यालादारीमा कार्यरत कर्मचारीलाई क्यास काउण्टरमा राख्ने गरेको छ । जुन बैंकको निर्देशीका विपरित छ ।

सम्बन्धित समाचार

प्रहरीको गोलीबाट घाइते न्यौपानेको मृत्युपछि बर्दिबास झन तनावग्रस्त
प्रहरीको गोलीबाट घाइते न्यौपानेको मृत्युपछि बर्दिबास झन तनावग्रस्त
  • २०७५ फाल्गुन ६, ०९: १९: ५५

नयाँ विकल्प,काठमाडौं – महोत्तरी जिल्लाको ब्यापरिक केन्द्र बर्दिवासमा प्रहरीको असावधानी र अत्यधिक बल प्रयोगका कारण झन तनावग्रस्त बनेको छ ।...

आगामी निर्वाचनमा कांग्रेसलाई जिताउनू: देउवा
आगामी निर्वाचनमा कांग्रेसलाई जिताउनू: देउवा
  • २०७५ फाल्गुन ६, ०९: १९: ५५

नयाँ बिकल्प,काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा हाल देखिएको समस्या र चुनौतिको सामना गर्न पार्टी संगठनलाई एक ढिक्का...

शेयर बजार इन्डेक्स नयाँ इतिहास  रच्ने तरखरमा
शेयर बजार इन्डेक्स नयाँ इतिहास रच्ने तरखरमा
  • २०७५ फाल्गुन ६, ०९: १९: ५५

नयाँ विकल्पकाठमाडाैं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) इन्डेक्स विहिबार ८ अंकले बढ्याे भने हालसम्मकै उच्च विन्दुमा पुग्ने छ । अल टाइम...

भर्खरै

TOP