February 27, 2021, Saturday

आइएमईका अधिकृत सुमन पोखरेल उत्कृष्ट म्यानेजर अवार्डबाट सम्मानित

काठमाडौं । नेपाल व्यवस्थापन संघले आइएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेललाई वर्षकै उत्कृष्ट म्यानेजरबाट सम्मानित गरेको छ । सम्मानीय प्रधानमन्त्री के.पी. शर्मा ओलीले गत साता काठमाडौंमा आयोजित नेपाल व्यवस्थापक संघको ३८औँ साधारणसभामा पोखरेललाई उक्त सम्मान प्रदान गरेका छन् । वर्षभर संस्थाको नेतृत्व गर्दा देखाएको कौशलताका आधारमा आइएमईका प्रमुख कार्यकारी अधिकृत (सीइओ) पोखरेललाई सम्मान प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ ।

सम्मान ग्रहणपछि संक्षिप्त मन्तब्य दिँदै पोखरेलले आफुलाई प्राप्त भएको सम्मानले समस्त युवापुस्तालाई प्रेरणा प्रदान गरेको बताउँदै सामाजिक र देश विकासको कार्यमा आफु र आफ्नो पुस्तालाई थप उत्प्रेरणा प्रदान गरेको उल्लेख गरे । यो सम्मानको पृष्ठभूमि आफ्नो कर्मक्षेत्र आइएमईमै भएको जनाउदै आइएमईको संचालक समिति, आइएमई ग्रुपमा कार्यरत सहकर्मी मित्रहरू र आयोजक संस्था ‘म्यान’लाई हार्दिक धन्यवाद व्यक्त गरे । नेपाल रेमिटर्स एसोसिएसन (एनआरए) का अध्यक्ष समेत रहनुभएका पोखरेले विगत आठ वर्षदेखि आइएमई लिमिटेडको व्यवस्थापकीय जिम्मेवारी सम्हाल्दै आएका हुन् ।

आफ्नो स्थापना देखिनै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १८औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १ सय ९२ आईएमई सेन्टर सहित ७७ जिल्लाका ८ हजार ४ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दुःख गरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको बताएको छ ।

यसैगरी आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेड र कैलाश विकास बैंक लिमिटेड काठमाडौँबीच बैंक इस्योरेन्स सम्झौता भएको छ । उक्त बैंक इस्योरेन्स सम्झौतामा आइएमई लाइफइन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र कैलाश विकास बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सो बैंक अस्योरेन्स सम्झौता पश्चात् सर्वसाधारण तथा बैंकका ग्राहकहरुले कैलाश विकास बैंक लिमिटेडको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा गराउनका साथै जीवनबीमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्नु हुनेछ ।
आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडले हाल ६७ भन्दा बढी शाखामार्फत सेवा प्रदान गर्दै आइरहेको छ भने बिभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ ।

कम्पनीले सरल सावधिक, बालशिक्षा, आजिवन, नगदफिर्ता, साढे तीन गुणा रक्षावरण, नगद फिर्ता तथा आजिवन लगायतका बीमा योजनाहरू ल्याएको छ । आइ.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मुख्य उद्देश्य न्यूनभन्दा न्यून आय भएका शहरी तथा ग्रामिण भेगका व्यक्तिहरुको समेत जीवन बीमामा पहुँच पु¥याई नेपालमा जीवनबीमा बिस्तार गर्नु बताईएको छ ।

सम्बन्धित समाचार

निगम सुधारका एकजना सुत्रधारः पाइपलाइनको परियोजना पूरा गरेपछि थानकोटमा चमत्कार !
निगम सुधारका एकजना सुत्रधारः पाइपलाइनको परियोजना पूरा गरेपछि थानकोटमा चमत्कार !
  • २०७५ फाल्गुन ६, ०९: ४२: ०३

नयाँ विकल्पकाठमाडौं । मिहिनेत गर्नेले हरेक समस्यामा अवसर देख्छ, अल्छीले प्रत्येक अवसरमा समस्या मात्रै देख्छ । हिलोमा कमलको फूल फुल्नु...

१० लाख लिएर एपीवान टिभिले  कार्यक्रम प्रशारण नगरेको र रकम फिर्ता नदिएको भन्दै काउन्सिलमा उजुरी
१० लाख लिएर एपीवान टिभिले कार्यक्रम प्रशारण नगरेको र रकम फिर्ता नदिएको भन्दै काउन्सिलमा उजुरी
  • २०७५ फाल्गुन ६, ०९: ४२: ०३

नयाँ बिकल्प,काठमाडौं । राजधानीबाट प्रशारण भइरहेको मूलधारको राष्ट्रिय टेलिभिजन प्रशारण संस्था एपीवान टेलिभिजनले एक संस्थासँग कार्यक्रम प्रशारण गर्ने भनी १०...

२१ अंकले ओर्लियो सेयर बजार, निफ्राको मूल्यमा १० प्रतिशत गिरावट
२१ अंकले ओर्लियो सेयर बजार, निफ्राको मूल्यमा १० प्रतिशत गिरावट
  • २०७५ फाल्गुन ६, ०९: ४२: ०३

नयाँ विकल्पकाठमाडाैं-सेयर बजारको परिसूचक नेप्से मंगलबार २१ अंकले घटेको छ। सो अंकको गिरावटपछि परिसूचक २५८६ अंकमा कायम भएको छ। यस...

भर्खरै

TOP