November 27, 2020, Friday

एकता भएको नौं महिनामा पनि भातृ संगठन भएनन एक

एकताको काम गर्ने कार्यदल नै भंग

काठमाडौं । तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएको नौं महिना भए पनि पार्टीका हरेक तह र भातृ संस्थाको समायोजन नहुँदा कार्यकर्तामा निरासा छाएको छ । दुवै पार्टी मिलेर गठन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच एकता गत २०७५ साल जेठ ३ गते भएको थियो भने दुवै पार्टीबीच एकता गर्ने घोषणा २०७४ साल असोज १७ गते भएको थियो । दुवै पार्टीको केन्द्रीय कार्य समितिको एकता भएको समय वाहेक एक पटक पनि बैठक बस्न सकेको छैन ।

पार्टीका हरेक तह, विभाग र भातृ एबम् शुभेच्छुक संस्थाको एकताको लागि पहल गर्न गठीत कार्यदलले आफ्नो काम पुरा नगरी भंग भए पछि नेपकमा विबाद समेत चुलिएको छ । कार्यदल भंग हुनुमा संयोजक समेत रहेका गृहमन्त्री रामबहादुर थापा बादल र महासचिव विष्णु पौडेल नै दोषी रहेको आरोप कार्यदलका सदस्यहरुले लगाएका छन् । कार्यदल सदस्य भीम रावल, योगेश भट्टराई लगायतका नेताले कार्यदलका संयोजकको असक्षमताका कारण कार्यदलले काम गर्न नसकेको उनीहरुलेले आत्मसमर्पण गरेको आरोप लगाए । उनीहरुले असन्तुष्टहरुको बेग्लै भेला बोलाएर धारणा अध्यक्षद्धय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई पेश गर्ने भएका छन् ।

अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले कार्यदलले एकताको खाका नै प्रस्तुत गर्न नसकेका कारण शुक्रबार कार्यदल भंग गरेको बताए पनि कार्यदलका सदस्यहरुले भने कार्यदल संयोजकहरुको असक्षमताका कारण कार्यदलले काम गर्न नसकेको बताउँदै आएका छन् । कार्यदलको बैठक आब्हान गर्न माग गर्दासमेत थापा र पौडेलले बैठक नबोलाएको कार्यदलका सदस्यहरुको आरोप छ ।

विधि, पद्धति, विधान र सर्वस्वीकार्य सिद्धान्तसहित पार्र्टी एकताको खाका बनाउनु पर्नेमा त्यो गर्न नसकी संयोजकद्धयले आफ्नो कमजोरी लुकाएको समेत दाबी गरेका छन् । थापा र पौडेलवाहेक आफूहरुको बहुमत रहेको दावीसहित भट्टराईले संयुक्त धारणा अध्यक्षद्धयलाई बुझाउने बताए । कार्यदल सदस्य भट्टराईले एक व्यक्ति एक पदको अवधारणा कार्यान्वयन गर्न दवाव दिने बताएका छन् । व्यक्तिगत सोच राखेर अगाडि बढ्दा पार्टीमा विभाजन आउनसक्ने समेत उनीहरुले चेतावनी दिएका छन् ।

एकीकरणका विषयमा विभिन्न प्रस्तावहरूमाथि छलफल गरेर निष्कर्ष निकाल्ने जिम्मेवारी पाएको कार्यदलले समयसीमामा पनि आफ्नो जिम्मेवारी पुरा गर्न नसकेपछि अध्यक्षद्धयले कार्यदल भंग गरेका हुन् । कार्य दलका संयोजक थापा र विष्णु पौडेलका साथै स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे, वर्षमान पुन, योगेश भट्टराई, वेदुराम भुषाल, शंकर पोखरेल, लेखराज भट्ट र रघुवीर महासेठ कार्यदल सदस्य थिए ।

कार्यदलको छ पटक मात्र बैठक बसे पनि काम गर्न नसकेको विश्लेषण गर्दै थापाले बैठक नबोलाएको र छलफलका विषयमै प्रवेश गर्न नै नचाहेको आरोप सदस्यहरुले लगाएका छन् । नेकपाको सोमबार बसेको सचिवालय बैठकले प्रतिवेदन मागेपछि बुधबार कार्यदलका केही सदस्यले संयोजक समेत रहेका बादललाई भेटेर बैठक बोलाउन दबाब दिएका थिए । अनि बादलले बिहीवार बैठक बोलाए । तर बैठकमा संयोजकले अचानक छुट्टै प्रतिवेदन पेश गरेपछि विवाद झनै लम्बिएको थियो ।

कार्यदललाई दिइएको बिषयमा छलफल नभइ बिहीवारको बैठकमा संयोजक रामबहादुर थापाबादलले छुट्टै प्रतिवेदन ल्याएपछि सदस्यहरुले आपत्ति जनाएका थिए । स्थायी समिति बैठकले गरेको निर्णयबाट बनेको कार्यदललाई सचिवालयले भंग गरेको घटनाप्रति कार्यदल सदस्यहरुले नै आपत्ति जनाएका थिए ।

स्थायी कमिटीले बनाएको कार्य दल विधान विपरित सचिवालय बैठकले विघटन गरेको भन्दै सचिवालयको निर्णय प्रति सदस्यहरुले आपत्ति जनाएका छन् भने कार्य दलका संयोजक रामबहादुर थापा बादल र महासचिव विष्णु पौडेलले काम गर्न नदिएको आरोप पनि लगाएका छन् । गत पुस १३ गतेको स्थायी समिति बैठकले पार्टीको सांगठनिक एकताका लागि प्रस्ताव तयार पार्न सचिवालयका सदस्य थापा नेतृत्वको कार्य दल गठन गरेको थियो । संयोजक बादलले अकस्मान छलफल नै नगरी ल्याएको अवधारणाप्रति महासचिव विष्णु पौडेलको मात्र धारणा समेटिएको र अन्य सदस्यको धारणा अलग रहेको अर्का सदस्य बेदुराम भुषालले वताए ।

११ वटा विषयमा छलफल गरेर निष्कर्ष निकाल्नु पर्नेमा दुई वटा विषयमा मात्र छलफल भएको थियो । ३ वटा केन्द्रीय आयोग अनुशासन आयोग, लेखापरीक्षण आयोग र निर्वाचन आयोगको गठन गर्ने र केन्द्रीय सल्लाहाकार परिषद् तथा जेष्ठ कम्युनिस्ट मञ्चको गठन गर्ने सम्बन्धी विषयमा समेत छलफल हुन पाएको थिएन । छलफल हुन नपाएका अन्य विषयमा राष्ट्रिय परिषद्मा मनोनित गर्न सदस्यहरूको सूची बनाउने, विशेष प्रदेश कमिटी बनाउने र त्यसको मापदण्ड के हुने, संख्या कति हुने भन्ने टुंगो लागेको छैन ।

सम्बन्धित समाचार

‘भ्रष्टाचारका संरक्षक’ प्रधानमन्त्री ओलीले राजिनामा गर्न अधिकारकर्मीहरुको माग
‘भ्रष्टाचारका संरक्षक’ प्रधानमन्त्री ओलीले राजिनामा गर्न अधिकारकर्मीहरुको माग
  • २०७५ फाल्गुन १३, १०: ००: २५

नयाँ विकल्प,काठमाडाैं-एम्नेष्टि इन्टरनेसनलले हालै प्रकाशित गरेको प्रतिवेदनले नेपाल एसियामै सबैभन्दा बढी भ्रष्टाचार हुने देश भनेर औल्याएकोले नैतिकताको आधारमा उचित निकास...

७१ बर्षिय बृद्धलाई बलत्कार गर्ने ३४ बर्षका गिरी प्रहरीकाे नियन्त्रणमा
७१ बर्षिय बृद्धलाई बलत्कार गर्ने ३४ बर्षका गिरी प्रहरीकाे नियन्त्रणमा
  • २०७५ फाल्गुन १३, १०: ००: २५

नयाँ विकल्प पाेखरा- जिल्ला प्रहरी कार्यालय कास्कीले ७१ बर्षे एकल बृद्ध महिला बलत्कार गरेकाे आराेपमा पोखरा महानगरपालिका -१९ पुरन्चौरका ३४...

सशस्त्र प्रहरीका आठ डीआइजी र एक एसएसपीको काज सरुवा (सूची सहित)
सशस्त्र प्रहरीका आठ डीआइजी र एक एसएसपीको काज सरुवा (सूची सहित)
  • २०७५ फाल्गुन १३, १०: ००: २५

नयाँ विकल्प काठमाडाैं- गृह मन्त्रालयले सशस्त्र प्रहरी बल नेपालका आठजना  नायब महानिरीक्षक (डीआइजी) र एकजना वरिष्ठ उपरीक्षकको  काज सरुवा गरेको...

भर्खरै

TOP