काठमाडौं । हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएका पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द अधिकारी, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, एयर डाइनेस्टिका पाइलट प्रभाकर केसी, नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै इन्जिनियर ध्रुव भोछिभाया र प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल सहित सात जनाको बुधबार निधन भएको छ ।
मृत्यु भएकाहरुको शव पहिचानका लागि काठमाडौंको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा लगिएको छ । सबैको पोष्टमार्टम हुने भएता पनि रिपोर्ट साँझ पाँच बजेसम्म आइपुग्ने त्रिवि अस्पतालले जनाएको छ ।
उक्त शवको परिवारले पहिचान गरे भने समयमै टुँडिखेलमा राखिने छ भने शव पहिचान गर्न नसके डिएनए परीक्षण गरेर भएपनि शवको पहिचान गर्ने भएकोले ढिलो हुने कानुन मन्त्री भानुभक्त ढकालले जानकारी दिए । मृतकहरूलाई श्रद्धाञ्जलि दिनका लागि टुँडिखेलमा आज हुने भनिएको श्रद्धाञ्जलि सभा शुक्रवार मात्र हुने भएको पनि बताए ।
यसैगरी श्रद्धाञ्जलि सभा शुक्रवार बिहान ८ देखि ११ बजेको बीचमा टुँडिखेलमा हुने नेपाका केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जनाएका छन् । नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले श्रद्धाञ्जली सभा भोलि हुने तय भएको सन्देश ट्वीटरमा लेखेका छन् ।
नयाँ विकल्प काठमाडाैं- नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा मुुलुकका ७५३ वटै पालिकामा आज विरोध ¥याली र सभा गरेको छ ।...
नयाँ विकल्प विराटनगर-नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संसद् विघटनसम्बन्धमा सर्वोच्च अदालतले दिने निर्णय आफ्नो पार्टीलाई स्वीकार्य हुने बताएका...
नयाँ विकल्प भरतपुर-पूर्वी चितवनको रत्ननगरमा जिल्लामै पहिलो आकाशे पुलको उद्घाटन गरिएको छ । वाग्मती प्रदेश सरकार र रत्ननगर नगरपालिकाले पूर्व–पश्चिम...