November 29, 2020, Sunday

आफ्नो गाउँ आफै बनाउँ र बृद्धभत्ता शुरु गर्ने भरतमोहन रहेनन

काठमाडौं । नेपालको कम्युनिष्ट आन्दोलनको पहिलो पुस्तामा गनिएका नेता भरतमोहन अधिकारीको शनिबार निधन भएको छ । नेपालका प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीका कान्छा भाइ भरतमोहन अधिकारी २०५१ सालमा बनेको अल्पमतको सरकारका चर्चित अर्थमन्त्री हुन ।

उनैले नेपालमा बिकासको मोडल परिवर्तन गरी आफ्नो गाउँ आफै बनाउँ भन्ने अभियान र सामाजिक सुरक्षाको अवधारणालाई परिवर्तन गरी ७५ बर्ष पुरा भएका सबै बृद्ध बद्धालाई बृद्धभत्ताको व्यवस्था गरेका थिए । उनकै पालामा प्रत्येक गाउँ विकास समिति र नगरपालिकामा सरकारले बजेट छुट्याउने प्रथा र प्रचलन शुरु गरेको थियो ।

नेपालका तीन प्रधानमन्त्रीका पीता दुम्जाका कृष्णप्रसाद कोइरालाका भानिजका छोरा भरतमोहन अधिकारीले समेत कृष्णप्रसाद कोइरालाले खोलेको विराटनगरको आर्दश माध्यमिक विद्यालयबाट प्रारम्भिक शिक्षा सुरु गरेका थिए । भारतको इलाहावादबाट इन्टरमिडियट, बनारस हिन्दु विश्वविद्यालयबाट राजनीतिशास्त्र, दर्शनशास्त्र र अर्थशास्त्रमा स्नातक तथा त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमए र कानुनमा स्नातक गरेका थिए ।

१९९३ साल बैसाख २२ मा महोत्तरीको भ्रमण पुरा गाउँमा जन्मेका अधिकारी भारतमा अध्ययनकै क्रममा बामपन्थी राजनीतिमा प्रवेश गरेका थिए । सक्रिय राजनीतिक जीवनमा भरतमोहन उपप्रधानमन्त्रीसहित चार पटक मन्त्री भएका थिए । सन् १९५२ मा १६ वर्षको हुँदा भारतको बनारसमा कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए ।

उनी २००८ मा गठन भएको आदर्श विद्यालयको छात्र संघका अध्यक्ष पनि भएका थिए । उनले लामो समय वकालत गरेका थिए । २०१९ सालमा कम्युनिष्ट पार्टीमा विभाजन आएपछि उनी पुष्पलाल समूहमा लागे र २०४६ सालको आन्दोलनका बेला मनमोहन अधिकारी, सहाना प्रधान रहेको नेकपा माक्र्सवादीमा उनी संलग्न थिए । ०४६ सालको आन्दोलनको सफलतापछि ०४७ सालमा गठन भएको संविधान सुझाव आयोगमा उनी सदस्य भए । मदन भण्डारी नेतृत्वको माले र मनमोहन अधिकारी नेतृत्वको माक्र्सवादीबीच एकीकरण भएपछि बनेको एमालेका स्थायी समिति सदस्य भए ।

भरतमोहन २०४८, ०५१ र ०५६ मा मोरङको पूर्वी भागमा पर्ने उर्लाबारी, राजघाट र इटहरा समेट्ने क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । मोरङको पूर्वीभागमा बाटो निर्माण, क्याम्पस निर्माण र स्थापना तथा चर्चित बक्राहा नदि नियन्त्रण परियोजना सफलतापूर्वक सम्पन्न गराएका थिए । जसले गर्दा बक्राहा खोलबाट बर्षेनी हजारौं विगाह जमिन बगर हुनबाट बचाएका थिए ।

बिराटनगरस्थित महेन्द्र मोरङ बहुमुखि आदर्श केन्द्रीय क्याम्पसमा अध्यापन गराएका भरतमोहनका श्रीमती र तीन छोरी छन् । ०४९ सालको नेकपा एमालेको पाँचौँ महाधिवेशनबाट पनि स्थायी कमिटी सदस्य चुनिएका उनी छैठौँ, सातौँ र आठौँ महाधिवेशनबाट लगातार स्थायी समितिमा चुनिए । २०७१ एमालेका महाधिवेशनले सक्रिय राजनीतिका लागि ७० वर्ष उमेर हद तोकेपछि उनले २०७१ असार २५ गते महाधिवेशन हलबाटै अवकाशको घोषणा गरेका थिए ।

तथापि, उनी ०७४ सालसम्म संविधानसभा (दोस्रो) सदस्यका रूपमा काम गरे । ०४७ को संविधान सुझाव आयोगमा काम गरेका उनले ०७२ सालको संविधान मस्यौदा समितिमा पनि काम गरेका थिए ।

सम्बन्धित समाचार

चन्द्र ढकाल  : बाग्लुङको  अमलाचौरदेखि महासंघकाे  नेतृत्वसम्म
चन्द्र ढकाल : बाग्लुङको अमलाचौरदेखि महासंघकाे नेतृत्वसम्म
  • २०७५ फाल्गुन २०, ०८: २३: ४३

काठमाडौँ- भनिन्छ, बिहानीले दिनको सङ्केत गर्छ । नेपाल प्रज्ञा प्रतिष्ठान नजिकैको घण्टाघरले बिहानको ४ः३० बजेको समय सूचक घण्टी बजायो र...

बैंकमा लगानीकर्ता झुमिदा ७५ अंकले बढ्यो नेप्से, कारोबार ९ अर्ब माथी
बैंकमा लगानीकर्ता झुमिदा ७५ अंकले बढ्यो नेप्से, कारोबार ९ अर्ब माथी
  • २०७५ फाल्गुन २०, ०८: २३: ४३

नयाँ विकल्पकाठमाडाैं-साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से ७५ अंकले बढेको छ। यो अंकको वृद्धिसँगै नेप्सेले १९६८ अंकको नयाँ...

रोल्पामा अपरिचित दुई पुरुषका शव फेला
रोल्पामा अपरिचित दुई पुरुषका शव फेला
  • २०७५ फाल्गुन २०, ०८: २३: ४३

नयाँ विकल्पकाठमाडाैं- रोल्पामा सडेको अवस्थामा दुइटा शव फेला परेका छन्। सुनिल स्मृति गाउँपालिका वडा नं. ४ जिया खोला किनारमा १२...

भर्खरै

TOP