काठमाडौं । रौतहट टाइम्स साप्ताहिकको २० बर्ष पुगेको अवसरमा राजधानीस्थित क्रिस्टल पार्टी भेन्यूमा “समृद्ध नेपाल निर्माणमा संचारकर्मीको भुमिका” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रमका अध्यक्ष रौतहट टाइम्स साप्ताहिकका सम्पादक तथा प्रकाशक गोविन्द चौलागाईं, प्रमुख अतिथि पूर्व प्रधानमन्त्री एवं नेकपाका बरिष्ठ नेता माधवकुमार नेपाल, बिशिष्ट अतिथिहरुमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका मन्त्री लालबाबु पाण्डित, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितीका सभापति रामनारायण विडारी, वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद भण्डारी र अतिथिहरुमा पुर्व अर्थमन्त्री शंकर प्रसाद कोइराला, पुर्वमन्त्री डा. वंशिधर मिश्र, पुर्वमन्त्री कमल चौलागाई, नेपाल सरकारका सचिव अनिल ठाकुर, खानेपानी मन्त्रालयका सचीव दिपेन्द्रनाथ शर्मा, काठमाडौं जिल्ला न्यायाधीश धुर्व त्रिपाठि र बरिष्ठ पत्रकार शम्भु श्रेष्ठ लगायतले शुभकामना मन्तव्य सहितका आफ्ना भनाइहरु राख्नुभएको थियो । यसैगरी उक्त कार्यक्रमा वरिष्ठ पत्रकारहरुको पनि उल्लेख्य उपस्थित रहेको थियो ।
यसैगरी कार्यक्रममा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्याय, रेल विभागका महानिर्देशक बलराम मिश्र, वैकल्पिक उर्जाका कार्यकारी निर्देशक मधुसूदन अधिकारी, वीर हस्पिटलका डिपार्टमेन्ट चिफ डा.सन्जय ठाकुर, नर्भिक हस्पिटलका मुटुरोग विशेषज्ञ डा.जेपि जैसवाल, वीर हस्पिटलका न्यूरोसर्जर डा. विनित झा, वीर हस्पिटलका सर्जनचिफ डा. इन्द्रकान्त झालाई आफ्नो सेवामा दत्तचित्त भएर सदैव लागिरहनु भएको भन्दै प्रमुख अतिथि र बिशिस्ठ अतिथिहरुले दोसल्ला ओढाइ बधाई दिनुभएको थियो । कार्यक्रमको सञ्चालन भने दुर्गाप्रसाद चौलागाईंले गर्नुभएको थियो ।
नयाँ विकल्प काठमाडाैं- नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा मुुलुकका ७५३ वटै पालिकामा आज विरोध ¥याली र सभा गरेको छ ।...
नयाँ विकल्प विराटनगर-नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संसद् विघटनसम्बन्धमा सर्वोच्च अदालतले दिने निर्णय आफ्नो पार्टीलाई स्वीकार्य हुने बताएका...
नयाँ विकल्प भरतपुर-पूर्वी चितवनको रत्ननगरमा जिल्लामै पहिलो आकाशे पुलको उद्घाटन गरिएको छ । वाग्मती प्रदेश सरकार र रत्ननगर नगरपालिकाले पूर्व–पश्चिम...