काठमाडौं । नेपाली काँग्रेसभित्र चुलिदै गएको बिवाद अब छताछुल्ल हुन थालेको छ । आज नेपाली काँग्रेस पार्टीका सभापति शेरबहादुर देउवाले आफ्नै निवास बुढानिलकण्ठमा बोलाएका पदाधिकारी बैठकमा कृष्णप्रसाद सिटौलाले बहिष्कार गरेका छन् ।
केन्द्रीय समितिको बैठक अगाबै नेविसंघको तदर्थ समिति गठन, निर्वाचन समिति र अनुशासन समिति सम्बन्धी छलफल गर्नका लागि पदाधिकारी र पूर्व पदाधिकारीलाई बोलाएर सहमति कायम गर्न भनी डाकिएको बैठक सिटौलाले सभापति अनुकुल गर्ने बैठकमा नजाने भन्दै बहिष्कार गरेका हुन् ।
३ बजेदेखि सुरु भएको उक्त बैठकमा सुझाव लिने तर कार्यान्वयन नगर्ने भन्दै सिटौलाले उक्त बैठकमा नजाने निर्णय गरेको स्रोतले बताएको छ ।
नयाँ बिकल्प, काठमाडौं – लुम्बिनी प्रदेशको रुकुम पूर्वका जिल्ला समन्वय प्रमुख गजेन्द्रबहादुर वलीसहित पाँचजनालाई प्रहरीले जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको...
नयाँ विकल्प,काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटन गर्ने सरकारको कदम असंवैधानिक भएको भन्दै शनिबार देशका ७ सय ५३ वटै...
सिबी अधिकारी, रासस पाेखरा-राजधानी काठमाडौँपछिको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा पोखरा कहलिएको छ । अनुपम प्राकृतिक सुन्दरता, भौगोलिक विविधता तथा सुन्दर...