काठमाडौं । एक साताअघि मात्र गठन भएको कांग्रेसको केन्द्रीय अनुशासन समितिमा सभापति शेरबहादुर देउवालाई कारबाही गर्नुपर्ने भनी उजुरी दर्ता गर्ने गोरखाका कांग्रेस महासमिति सदस्य राजेन्द्र बजगाईंलाई कारबाही गर्ने नेपाल तरुण दलले चेतावनी दिएको छ । गत संसदीय निर्वाचनमा गोरखाबाट प्रदेशसभा सदस्यमा प्रत्यासी बनेका बजगाईँ चर्चित ट्रेकिङ तथा पर्यटन व्यवसायी हुन् ।
सभापति देउवाको हालको कृयाकलापले एकाधिकार र निरंकुसता लाद्ने नेकपा नेतृत्वको सरकारलाई नै सहयोग गरेको आरोप लगाएका थिए । उनले पार्टी केन्द्रीय कार्य समिति, र संसदीय समितिको निर्णय विनानै आफुखुसी टिकट वितरण गरेको र अन्य दलका उम्मेदवारको पक्षमा भोट हाल्न लगाएर अनुशासन उलंघन गरेकोले कारबाही गर्न माग गरेका छन् ।
नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले एक विज्ञप्ती जारी गर्दै पार्टीले बजगाईंलाई कारवाही नगरे तरुण दलले जुनसुकै कदम पनि चाल्नसक्ने भन्दै त्यसको सामना गर्न बजगाईंलाई चेतावनी दिएका छन् ।
तरुणदल अध्यक्ष बस्नेतले पार्टीको हित र अनुशासन विपरीत नेताहरुलाई मिथ्या आरोप लगाउनेलाई अनुशासनको कारवाहीको माग गर्दै यस्तो चेतावनी दिएका हुन् । सभापति देउवा र नेताहरुलाई आधारहीन आरोप लगाउने कार्यले पार्टीको जनाधार कमजोर बनाउने भन्दै बस्नेतले पार्टी नेताहरुको मर्यादाको रक्षा र नेपाली कांग्रेसको रक्षाका लागि तरुण दलले आवश्यक दृढ र ठोस कदम चाल्ने चेतावनी दिएका छन् ।
उनले त्यस्तो अवस्थाको सिर्जना भए तयार हुन समस्त तरुणहरुलाई अपिल समेत गरेका छन् । बस्नेतले ठोस र दृढ कदम चाल्न बाध्य हुने भनिए पनि त्यो कदम भनेको भौतिक हो वा अभौतिक कस्तो प्रकृतिको हो भन्ने खुलाएका छैनन् । तथापी बस्नेतले जारी गरेको विज्ञप्तिले काँग्रेसभित्र फेरी धम्क्याउने प्रवृत्ति हावी भएको काँग्रेस कार्यकर्ता बताउँछन् ।
नयाँ विकल्पकाठमाडाैं- नेकपा प्रचण्ड–माधव समूहले संसद सचिवालयलाई पत्र पठाएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी सदस्यबाटै निश्कासन गरेको भन्दै संसदीय दलको...
नयाँ विकल्प गुल्मी- रेसुङ्गा नगरपालिका–३ अन्तर्गत भाडगाउँमा २२ वर्षीय सम्झना बोहोरा क्षेत्रीको हत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको...
नयाँ बिकल्प, ललितपुर । बुधबार बिहान कलेज हिँडेकी एक छात्रालाई ललितपुरको बागडोलस्थित रिङरोडको सडक जेब्रा क्रसिङबाट पार गर्ने क्रममा एक...