December 4, 2020, Friday

न्यायाधीश सिफारिस समेत भागबण्डामा कसको पृष्ठभूमि कस्तो ?

काठमाडौं । न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा पाँच जनालाई र उच्च अदालतको न्यायाधिशमा १९ जनालाई भागबण्डाको आधारमा सिफारिस गरिएको आरोप लाग्न थालेको छ ।
चैत १९ गते सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको अध्यक्षतामा बसेको न्यायपरिषद् बैठकले सर्वोच्चको पाँच जना न्यायाधीशमा दुई जना उच्च अदालतका मुख्य न्यायाधिशलाई र तीन जना कानून व्यवसायीलाई सिफारिस गरेको थियो ।

न्यायपरिषद्को चैत १९ को बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाशकुमार ढुंगाना, उच्च अदालत सुर्खेतकी मुख्य न्यायाधीश सुष्मालता माथेमा, झापाका वरिष्ठ अधिवक्ता कुमार रेग्मी, मोरंगका अधिवक्ता हरिप्रसाद फुयाँल, र काठमाडौंका डा.मनोजकुमार शर्मालाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ । सिफारिसमा परेकामध्ये झापा गौरादह स्थायी घर भएका रेग्मी र मोरंग स्थायी घर भएका फुयाँल दुवैजना सर्वोच्च अदालतको प्रधानन्यायाधीश हुने निश्चित देखिन्छ ।

परिषद्ले उच्च अदालतको न्यायाधीशमा न्याय सेवा अन्तरगतका कर्मचारीहरु महान्यायाधिवक्ताको कार्यालयका नायव महान्यायाधिवक्ता किरण पौडेललाई उच्च अदालत पाटन, सर्वोच्च अदालतका रजिष्ट्रार महेन्द्रनाथ उपाध्यायलाई उच्च अदालत पाटन, सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव रमेश ढकाललाई उच्च अदालत जनकपुरको न्ययाधीशमा सिफारिस गरेको छ । न्यायपरिषद्ले साविकको पुनरावेदन अदालतका पूर्वअतिरिक्त न्याययाधीशमध्येबाट निलम पौडेललाई उच्च अदालत जनकपुरको राजविराज इजलासमा जिम्मेवारी दिएको छ ।

जिल्ला न्यायाधीशहरुमध्येबाट सर्लाही जिल्ला अदालतमा दरवन्दी भइ हाल काजमा गोरखा जिल्ला अदालतमा रहेका राजेशकुमार काफ्लेलाई उच्च अदालत सुर्खेतमा, रौतहटका जिल्ला न्यायाधीश लेखनाथ ढकाललाई उच्च अदालत जनकपुरको राजविराज इजलासमा, चितवन जिल्ला न्यायाधीश कुलप्रसाद शर्मालाई उच्च अदालत पाटनमा, भक्तपुर जिल्ला न्यायाधीश महम्मदजुनेद आजादलाई उच्च अदालत विराटनगरमा, ललितपुर जिल्ला अदालतका न्यायाधीश बालमुकुन्द दवाडीलाई उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासमा र पर्षाका जिल्ला न्यायाधीश नागेन्द्रलाल कर्णलाई उच्च अदालत सुर्खेतमा पदस्थापन गरिएको छ ।

अधिवक्ताहरुमध्येबाट सत्तारुढ नेकपा निकट मानिएका मोरंगका जगतबहादुर थापालाई उच्च अदालत पाटन, रुपन्देहीकी सरलाकुमारी पाण्डेलाई उच्च अदालत पाटनमा, भोजपुरकी विमला सुवेदीलाई उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलासमा, महोत्तरीकी रेणुका शाहलाई उच्च अदालत विराटनगरमा, बाराका डालकुमार खड्कालाई उच्च अदालत पोखरामा, उज्वल शुक्लालाई उच्च अदालत जनकपुरमा र नुवाकोटका नवराज थपलियालाई उच्च अदालत दिपायलमा पदस्थापन गरिएको छ ।

ललितपुरकी अधिवक्ता अन्जु उप्रेति ढकाललाई उच्च अदालत विराटनगरमा आगामी बैशाख तीन गतेबाट निवृत्त हुने न्यायाधीश उमेशराज पौडेलको स्थानमा जिम्मेवारी दिने गरिी पुनरावेदन अदालतको न्यायाधीशमा सिफारिस गरिएको छ । कानुन व्यवसायीका अनुसार यस पटकको नियुक्ति पनि विगतको झैं भागबण्डामै सिफारिस गरिएको वरिष्ठ वधिवक्ताहरुले नै बताईरहेका छन् । सर्वोच्चको न्यायाधीशमा सिफारिस गर्दा तेस्रो वरीयतामा रहेका वरिष्ठ अधिवक्ता कुमार रेग्मी कांग्रेस नजिकको लोकतान्त्रिक खेमाका कानुन व्यवसायी हुन् ।

संवैधानिक कानुन व्यवसायी मञ्चका पूर्वअध्यक्ष रेग्मी पूर्वप्रधानमन्त्री एवं दिवंगत नेता कृष्णप्रसाद भट्टराई नजिक वरिष्ठ अधिवक्ताको रुपमा लिईन्छ । वरीयताक्रम र उमेर गणना गर्दा उनी करिब डेढ वर्ष सर्वोच्च अदालतको प्रधानन्यायाधीश हुनेछन् ।

केपी शर्मा ओली पहिलो पटक २०७२ सालमा प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता रहेका फुयाल परराष्ट्र मामिला विज्ञका रूपमा सरकारी जागिरमा थिए । उनी एमाले निकटको अनुशासन समितिको सदस्य थिए भने नेपाल बार एसोसिएसनको निर्वाचनमा सुनिल पोख्रेलसँग पराजित भएका थिए ।

मानव अधिकार तथा मानवीय कानुनको मामिलाबारे जानकार उनी द्वन्द्वकालमा संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको नेपालस्थित कार्यालयमा जागिर पनि खान्थे । रेग्मीपछि प्रधानन्यायाधीशको रोलक्रममा फुयाँल करिब ४ वर्ष प्रधानन्यायाधीश हुने देखिन्छन् । पूर्वप्रधानन्यायाधीश दामोदर शर्माका भतिजा मनोज शर्मा प्रधानन्यायाधीश भएका बेला ऊनी अतिरिक्त न्यायाधीश नियुक्त भएका थिए । पछि ऊच्च अदालत गठनका क्रममा अतिरिक्त न्यायाधीशहरू पदमुक्त हुँदा उनी पनि पदमुक्त भएका थिए ।

उच्च अदालतमा सिफारिस वरीयताक्रममा अगाडि रहेका नायब महान्यायाधिवत्ता पौडेल निकै चलाख सरकारी वकिल मानिन्छन् । गतवर्ष उत्कृष्ट सरकारी वकिल बनेका उनी सर्वोच्च अदालतमै सिफारिसका लागि योग्य मानिन्छन् । सर्वोच्च अदालतमै कार्यरत रजिष्ट्रार उपाध्याय विवादस्पद छविमा अहिलेसम्म पनि परेका छैनन् । न्यायपरिषद् सदस्य रहेका कानुनमन्त्री भानुभक्त ढकालले वरिष्ठहरूलाई छलेर सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव रमेश ढकाल उच्च अदालतमा सिफारिस गरेका छन् ।

तत्कालीन पुनरावेदन अदालतको अतिरिक्त न्यायाधीशबाट अवकाश पाएकी नीलम पौडेल उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलकी भान्जी भएको बताईन्छ । ढकाल महासचिव विष्णु पौडेलका ज्वाई पर्ने बताइएको छ ।

त्यसैगरी जिल्ला न्यायाधीशहरुमा सिफारिस पनि अधिकांश न्यायाधीशको विगत विवादस्पद रहेको कानून व्यवसायीहरुले टिप्पणी गरिहेका छन् । अधिवक्ताबाट चुनिएकामध्ये जगतबहादुर थापा र सरलाकुमारी पाण्डे नेकपाको एमाले निकटका कानुन व्यवसायी हुन् । भोजपुरका विमल सुवेदी कांग्रेसनिकट कानुन व्यवसायी हुन भने रेणुका साह पूर्वप्रधानन्यायाधीश रामकुमार साहकी छोरी हुन् । बाराका डालकुमार खडका प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार अच्युत मैनालीको सिफारिसमा परेका बताईन्छ ।

बार निर्वाचनमा प्रगतिशील समूहबाट अध्यक्षमा निर्वाचित चण्डेश्वर श्रेष्ठका फर्ममा कार्यरत उज्ज्वल शुक्ल सिफारिसको निर्णय हुँदा मतगणनास्थलमा श्रेष्ठकै प्रतिनिधि बनी मत काउटिङमा रहेका थिए ।

नेपाल ल क्याम्पसका पूर्वसभापति नवराज थपलिया पूर्व नेकपा एमाले पक्षधर मानिन्छन् । थपलिया सर्वोच्चका पूर्वन्यायाधीश मोहनप्रकाश सिटौलाका ज्वाइँ भएको बताइन्छ । न्यायपरिषद् सदस्य रामप्रसाद सिटौला भने मोहनप्रकाशका नाताले भाई पर्छन । आगामी वैशाख ३ गतेपछि मात्रै नियुक्त हुने गरी सिफारिस भएकी अञ्जु उप्रेती ढकाल सर्वोच्च अदालतबाट अवकाश पाएका एवं अस्वाभाविक रूपमा दिवंगत भएका पूर्वन्यायाधीश भरतराज उप्रेतीकी छोरी हुन् ।

सम्बन्धित समाचार

उत्तरगया-गोकर्णेश्वरको दर्शन नगरी धार्मिक यात्रा पुरा हुँदैन, हाइकिङ र साइक्लिङको रुट बन्दैछ
उत्तरगया-गोकर्णेश्वरको दर्शन नगरी धार्मिक यात्रा पुरा हुँदैन, हाइकिङ र साइक्लिङको रुट बन्दैछ
  • २०७५ चैत्र २५, ०७: २३: ००

तपाईं नगरप्रमुखमा निर्वाचित भएपछि नगरको विकास र नागरिकको सेवामा के चुनौति छन् ? समाधानका लागि के–के गर्दै हुनुहुन्छ ?म आउँदा...

सेयर बढेर के गर्नु ? दैनिक १० कराेड बढी रकम दलालकाे कब्जामा पुगेपछि…
सेयर बढेर के गर्नु ? दैनिक १० कराेड बढी रकम दलालकाे कब्जामा पुगेपछि…
  • २०७५ चैत्र २५, ०७: २३: ००

नयाँ विकल्पकाठमाडाैं- नेपालकाे पुजि बजार बढ्दै गएर दैनिक रेकर्ड ब्रेक गर्दै गइरहेकाे छ । काराेबार रकम इतिहारमै सबैभन्दा बढि भैइरहेका...

लुम्बिनी प्रदेशमा ४ महिनामा  ८ सय बढि घरेलु हिंसा
लुम्बिनी प्रदेशमा ४ महिनामा ८ सय बढि घरेलु हिंसा
  • २०७५ चैत्र २५, ०७: २३: ००

नयाँ विकल्प बुटबल- लुम्बिनी प्रदेशमा पहिलो चौमासिकमा ८२३ घरेलु हिंसा भएका छन् । प्रदेश प्रहरी कार्यालय दाङले प्रदेशका १२ जिल्लामा...

भर्खरै

TOP