February 28, 2021, Sunday

भन्सार नाकामा प्रभुको काउण्टर सञ्चालन

काठमाडौं । प्रभु बैंकले विभिन्न नाकामा रहेका भन्सारमा काउण्टर खोली बैंकिङकारोवार शुरु गर्न नेपाल सरकारसँग सम्झौता भएको छ । हाल ५ वटा अतिरिक्त भन्सार कार्यालयहरुमा बैंकले काउण्टर खोली बैंकिङ सेवाहरु गर्ने सम्झौतामा भएको हो ।

गत विहिबार भन्सार विभागका महानिर्देशक रामेश्वर दंगाल र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनबीच हस्ताक्षर गरेका छन् । रौतहटको गौर, सप्तरीको राजविराज, सिरहाको माडर, सर्लाहीको मलंगवा र धनुषाको जनकपुर÷जटही भन्सार कार्यालयहरुमा बैंकले २०७६ बैशाखदेखि बैंकको काउण्टरहरु सञ्चालनमा ल्याई सेवा प्रारम्भ गर्नेछ ।

नेपालको सवैभन्दा ठूलो व्यापारिक साझेदारको रुपमा रहेको छिमेकी राष्ट्र भारतसँगको सिमानामा सञ्चालनमा आएका उक्त भन्सार कार्यालयहरुको स्तरोन्नतीसंगै उक्त क्षेत्रमा आयात निर्यातको क्रियाकलापहरुमा बढोत्तरी हुनगई राजस्व संकलनको आकडामा वृद्धि हुनजाने बिश्वास लिईएको छ ।

सम्बन्धित समाचार

उखुखेती गर्ने किसानलाई आधुनिक यन्त्र वितरण
उखुखेती गर्ने किसानलाई आधुनिक यन्त्र वितरण
  • २०७५ चैत्र २५, ०७: ५०: ५०

नयाँ विकल्प कञ्चनपुर- लालझाडी गाउँपालिकाका व्यावसायिकरूपमा उखुखेती गर्ने किसानलाई आधुनिक कृषियन्त्र तथा उपकरण अनुदानमा वितरण गरिएको छ । सुदूरपश्चिम प्रदेश...

नेपाल विकासशील राष्ट्रमा रुपान्तरण हुँदै
नेपाल विकासशील राष्ट्रमा रुपान्तरण हुँदै
  • २०७५ चैत्र २५, ०७: ५०: ५०

नयाँ विकल्पकाठमाडाैं – ५० वर्षदेखि अल्पविकसित राष्ट्रको समूहमा रहेको नेपाल अबका पाँच वर्षपछि विकासशील राष्ट्रमा रुपान्तरण हुने भएको छ ।...

निगम सुधारका एकजना सुत्रधारः पाइपलाइनको परियोजना पूरा गरेपछि थानकोटमा चमत्कार !
निगम सुधारका एकजना सुत्रधारः पाइपलाइनको परियोजना पूरा गरेपछि थानकोटमा चमत्कार !
  • २०७५ चैत्र २५, ०७: ५०: ५०

नयाँ विकल्पकाठमाडौं । मिहिनेत गर्नेले हरेक समस्यामा अवसर देख्छ, अल्छीले प्रत्येक अवसरमा समस्या मात्रै देख्छ । हिलोमा कमलको फूल फुल्नु...

भर्खरै

TOP