March 9, 2021, Tuesday

गणेशमानको सम्झनामा पदयात्रा

काठमाडौं । जनआन्दोलन दिवसको सम्झनामा वीर गणेशमान सिंह फाउन्डेसनले काठमाडौंमा पदयात्रा गरेको छ । आज मंगलबार बिहान बसन्तपुर दमकलबाट सुरु भएको पदयात्रा न्युरोड, वीर अस्पताल, रत्नपार्क, पुरानो बसपार्क, भद्रकाली हुँदै पुनः बसन्तपुर पुगेको थियो । सो पदयात्रालाई “डेमोक्र्याटिक वाकाथन” नाम दिइएको थियो ।

लौहपुरुष गणेशमानलाई आदर्श मान्ने विभिन्न पेशाकर्मी, व्यवसायी, विद्यार्थी, कलाकार, खेलाडीहरु पदयात्रामा सहभागी भएका थिए । उनीहरुले गणेशमान सिंहको तस्वीर अंकित टिसर्ट र क्याप लगाएका थिए । कांग्रेस नेता एवम् गणेशमान पुत्र प्रकाशमान सिंहले कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा नायिका केकी अधिकारीले गणेशमान सिंहले प्रजातन्त्र स्थापनामा गरेको योगदानको स्मरण गर्दै “गणेशमान सिंहकै कारण अहिले हामी यहाँ छौं ।”

प्रजातन्त्र पुनःस्थापना का लागि ०४६ चैत २४ बाट सुरू गरिएको आन्दोलनको सम्झनामा जनआन्दोलन दिवस मनाउने गरिन्छ । जुन आन्दोलनको अगुवाइ तत्कालीन कांग्रेस नेता गणेशमान सिंहले गरेका थिए । त्यही आन्दोलनले ०१७ मा राजा महेन्द्रले खोसेको प्रजातन्त्र पुनःस्थापना गरेर पञ्चायतलाई बिदा गराएको थियो । जनआन्दोलन दिवसको अवसरमा प्रज्ञाभवन कमलादी र राष्ट्रिय सभागृहमा अलग–अलग कार्यक्रम भएको छ ।

सम्बन्धित समाचार

लक्ष्यभन्दा अगाडि नै छात्रावास भवन निर्माण सम्पन्न
लक्ष्यभन्दा अगाडि नै छात्रावास भवन निर्माण सम्पन्न
  • २०७५ चैत्र २६, ०७: ५०: १८

नयाँ विकल्पम्याग्दी–जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ स्थित शिख नमूना आवासीय माविको छात्रावास भवन निर्माण सकिएको छ । ढिलासुस्तीका कारण अधिकांश विकास आयोजना...

रुख ढलेर नहर भत्किँदा विद्युत् अवरुद्ध
रुख ढलेर नहर भत्किँदा विद्युत् अवरुद्ध
  • २०७५ चैत्र २६, ०७: ५०: १८

नयाँ विकल्पसिमकोट–हुम्लाको तल्लो क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाका नागरिक पाँच दिनदेखि अन्धकारमा बस्दै आएका छन् । कुकुरफाल्ना जलविद्युत्को नहर भत्केर विद्युत्...

श्रीमान् बितेको २३ वर्षपछि रातो टीका र पछ्यौरी
श्रीमान् बितेको २३ वर्षपछि रातो टीका र पछ्यौरी
  • २०७५ चैत्र २६, ०७: ५०: १८

नयाँ विकल्पदमौली–तनहुँको म्याग्दे गाउँपालिका–३ साउनेपानी निवासी पदममाया थापाले २३ वर्षअघि श्रीमान् गुमाईन् । श्रीमान् बित्दा उनको काखमा पाँच वर्षकी छोरी...

भर्खरै

TOP