May 14, 2021, Friday

सरकार विरुद्ध जिल्ला जिल्लामा ७७ कमाण्डर

आन्तरिक कलहलाई थाती राख्दै काँग्रेसको जनजागरण अभियान

काठमाडौं । नेपाली कांग्रेसले आउँदो बैशाख ११ गतेदेखि शुरु गर्ने राष्ट्रिय जागरण अभियानको पहिलो चरणमा ७७ जना केन्द्रीय प्रतिनिधिलाई खटाएको छ । खटाइएकामध्ये ६१ जना केन्द्रीय सदस्य र पाँच जना आमन्त्रित केन्द्रीय सदस्य छन् भने भने १९ जना केन्द्रीय कार्यसमिति बाहिरका नेतालाई केन्द्रीय प्रतिनिधिको रुपमा खटाइएको छ ।

२३ जना केन्दीय सदस्यहरुलाई भने कुनै पनि जिल्लामा खटाइएको छैन । यसरी केन्द्रीय प्रतिनिधि भइ जिल्ला नखटिएकाहरुमा आठ जना पदाधिकारी, पाँचजना अनुशासन समिति सदस्य र अन्य केही भने अस्वस्थ भएका कारण खटाइएको छैन ।

सुजाता परियार, शीला खड्का, बद्री पाण्डे र कल्याण गुरुङ जस्ता स्वस्थ र क्रियाशील केन्द्रीय सदस्यहरुलाई भने कतै खटाइएको छैन । जेठ ११ मा सम्पन्न हुने प्रथम चरणको कार्यक्रमका जागरण अभियानमा खटिएका प्रतिनिधिहरुले सम्पादन गर्नुपर्ने सैद्धान्तिक र व्यवहारिक दायित्वबारे जिम्मेवारी पत्र प्रतिनिधिहरुलाई प्रदान गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

जागरण अभियानमा जान नरुचाउने र केन्द्रमै बसेर कार्य सम्पादनमा व्यस्त हुने २३ केन्द्रीय सदस्यहरुले भने पार्टी नेतृत्वप्रति जिल्लाका स्थानीय नेता, कार्यकर्ता र मतदाताको विचार प्रतिक्रिया बुझ्न नपाउने भएका छन् । पदाधिकारी भएकै आधारमा जिल्लामा नजाने नेताहरुमा सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, सहमहामन्त्री डा. प्रकाशशरण महत र प्रवक्ता विश्वप्रकाश शर्मा रहेका छन् ।

त्यस्तै अस्वस्थताका कारण बयोबृद्ध नेता कुलबहादुर गुरुङ, अस्वस्थ भएका नरहरि आचार्य र सुजाता कोइरालालाई केन्द्रीय प्रतिनिधिको जिम्मेवारी दिइएको छ्रैन् । त्यस्तै, पार्टीले एक महिना अघि गठन गरेको अनुशासन समितिका संयोजक र चार जना सदस्यलाई समेत कुनै पनि जिल्लामा प्रतिनिधिको रुपमा खटाइएको छैन् । समिति संयोजक भिष्मराज आङदम्वे, सदस्यहरु उमाकान्त चौधरी, धनराज गुरुङ, देवेन्द्रराज कँडेल र किशोरसिंह राठौर रहेका छन् ।

त्यस्तै, केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, इश्वरी न्यौपाने, केशवकुमार बुढाथोकी, शीला शर्मा, बद्रीप्रसाद पाण्डे, सुजाता परियार र कल्याण गुरुङलाई पनि कुनै पनि जिल्लामा प्रतिनिधि बनाएर खटाइएको छैन् । आमन्त्रित केन्द्रीय सदस्य दन्दनकुमार दत्त, व्यवसायी सूर्यबहादुर केसी, नरेन्द्रकुमार चौधरी र अमेरिका निवासी आनन्द विष्ट (गोरखा) लाई भने कहीँ पनि खटाइएको छैन ।

प्रतिनिधि खटाउँदा पनि शीर्ष र वरिष्ठ नेताहरुले आफू अनुकूलका केन्द्रीय सदस्यलाई खटाएका छन् । सभापति देउवाको गृह नगर डडेलधुरामा केन्द्रीय सदस्य तथा देउवाका विश्वास पात्र बीरबहादुर बलायरलाई खटाइएको छ । उनी पूर्वभौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री हुन् । नेता रामचन्द्र पौडेलको गृह जिल्ला तनहुँमा पनि पौडेल निकटका केन्द्रीय सदस्य नविन्द्रराज जोशीलाई खटाइएको छ । महामन्त्री डा. शशांक कोइरालाको राजनीतिक जिल्ला पूर्वी नवलपरासीमा पनि कोइराला निकटका भनेर चिनिने दीपकराज गिरीलाई पठाइएको छ ।

पूर्वमहामन्त्रीद्धय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालाई भने क्रमश बारा र मोरङ जिल्लामा खटाइएको छ । केन्द्रीय सदस्य नभए पनि पार्टी नेताहरुको निगाहमा केन्द्रीय प्रतिनिधि भइ खटेर जानेहरुमा पूर्व सांसद रामहरि खतिवडालाई भोजपुरमा, तरुण दलका पूर्वअध्यक्ष उदय शम्शेर राणालाई खोटाङमा, पूर्व सभासद् लक्ष्मी राईलाई सोलुखुम्वुमा, पूर्व सांसद मिनाक्षी झालाई ओखलढुंगामा, काश्की कांग्रेसका पूर्व सभापति शुक्रराज शर्मालाई म्याग्दीमा, पूर्व केन्द्रीय सदस्य दीपकुमार उपाध्यायलाई अर्घाखाँचीमा, पूर्व सांसद शिवराज जोशी (सुर्खेत)लाई प्युठानमा, पूर्व केन्द्रीय सदस्य राजनराज पन्तलाई पश्चिम रुकुममा, पूर्व सांसद दीनबन्धु श्रेष्ठलाई मुगुमा पूर्व सांसद धु्रव वाग्लेलाई जाजरकोटमा र पूर्व सांसद मनमोहन भट्टराईलाई बझाङमा खटाइएको छ ।

कुन कमाण्डर कुन जिल्ला ?


प्रदेश नं.
१ का १४ जिल्लामध्ये ताप्लेजुङमा सरिता प्रसाई, पाँचथरमा लक्ष्मी परियार, इलाममा अमृत अर्याल, संखुवासभामा सिता गुरुङ, तेह्रथुममा हसन अन्सारी, धनकुटामा डा.नारायण खड्का, भोजपुरमा रामहरि खतिवडा, खोटाङमा उदयशम्शेर राणा, सोलुखुम्बुमा लक्ष्मी राई, ओखलढुंगामा मिनाक्षी झा, उदयपुरमा प्रदीप गिरी, झापामा ज्ञानेन्द्रबहादुर कार्की, मोरङमा कृष्णप्रसाद सिटौला र सुनसरीमा महेश आचार्यलाई केन्द्रीय प्रतिनिधिको रुपमा खटाइएको छ ।

प्रदेश नं. २ का ८ जिल्लामध्ये सप्तरीमा आनन्दप्रसाद ढुंगाना, सिरहामा महेन्द्र यादव, धनुषामा बलबहादुर के.सी, महोत्तरीमा चित्रलेखा यादव, सर्लाहीमा महालक्ष्मी उपाध्याय ‘डिना’, रौतहटमा रमेश रिजाल, बारामा प्रकाशमान सिंह र पर्सामा फरमूल्लाह मन्सुरलाई प्रतिनिधि खटाइएको छ ।

प्रदेश नं. ३ का १३ जिल्लामध्ये दोलखामा रामकृष्ण यादव, रामेछापमा किरण यादव, सिन्धुलीमा डा. रामशरण महत, काभ्रेपलाञ्चोकमा डा. शेखर कोइराला, सिन्धुपाल्चोकमा अम्बिका बस्नेत, रसुवामा जीवन परियार, नुवाकोटमा मीन विश्वकर्मा, धादिङमा प्रदीप पौडेल, चितवनमा रमेश लेखक, मकवानपुरमा अर्जुननरसिंह के.सी, भक्तपुरमा डा. मिनेन्द्र रिजाल, ललितपुरमा सुरेन्द्रराज पाण्डे र काठमाडौंमा बालकृष्ण खाँणलाई खटाइएको छ ।

गण्डकी प्रदेशका ११ जिल्लामध्ये गोरखामा ध्यानगोविन्द रञ्जित, लम्जुङमा कमला पन्त, तनहुँमा नविन्द्रराज जोशी, कास्कीमा अर्जुनप्रसाद जोशी, मनाङमा कृष्णचन्द्र नेपाली, मुस्ताङमा बहादुरसिंह (लामा) तामाङ, पर्वतमा चिनकाजी श्रेष्ठ, स्याङजामा गोविन्द भट्टराई, म्याग्दीमा शुक्रराज शर्मा, बाग्लुङमा शंकर भण्डारी र नवलपुर (बर्दघाट सुस्तापूर्व)मा दिपक गिरीलाई खटाइएको छ ।

प्रदेश नं. ५ का १२ जिल्लामध्ये नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा राधेचन्द्र यादव, रुपन्देहीमा पुष्पा भुसाल, कपिलवस्तुमा हरिप्रसाद नेपाल, पाल्पामा बालकृष्ण पाण्डे, अर्घाखाँचीमा दिपकुमार उपाध्याय, गुल्मीमा अजयकुमार चौरसिया, रूकुम (पूर्वी भाग)मा रत्न शेरचन, रोल्पामा मानबहादुर विश्वकर्मा प्यूठानमा शिवराज जोशी (सुर्खेत), दाङमा मोहनबहादुर बस्नेत, बाँकेमा श्यामकुमार घिमिरे र बर्दियामा डा. डिला संग्रौलालाई केन्द्रीय प्रतिनिधि बनाई खटाइएको छ ।

कर्णाली प्रदेशका १० जिल्लामध्ये रूकुम (पश्चिम भाग)मा राजनप्रसाद पन्त, सल्यानमा पार्वता डी.सी. चौधरी, डोल्पामा कुमार खड्का, जुम्लामा रमा पौडेल, मुगुमा दिनवन्धु श्रेष्ठ, हुम्लामा हृदयराम थानी, कालिकोटमा डा. चन्द्र भण्डारी, जाजरकोटमा धु्रव वाग्ले, दैलेखमा दिलबहादुर घर्ती र सुर्खेतमा जीवनबहादुर शाहीलाई खटाइएको छ ।

सुदूर पश्चिम प्रदेशका ९ जिल्ला अन्तरगत बाजुरामा दिलेन्द्रप्रसाद बडू, बझाङमा मनमोहन भट्टराई, डोटीमा शिवप्रसाद हुमागाँई, अछाममा गगनकुमार थापा, दार्चुलामा अतहर कमाल मुसलमान, बैतडीमा किरणराज शर्मा पौडेल, डडेल्धुरामा बीरबहादुर बलायर, कञ्चनपुर गुरुराज घिमिरे र कैलालीमा एन.पी. साउँदलाई खटाइएको छ ।

सम्बन्धित समाचार

शुक्रबार थपिए काेराेनाका ८ हजार ५२० जना नयाँ संक्रमित, २०३ को मृत्यु
शुक्रबार थपिए काेराेनाका ८ हजार ५२० जना नयाँ संक्रमित, २०३ को मृत्यु
  • २०७६ बैशाख ९, ०९: १३: २१

नयाँ विकल्प, काठमाडाैं- शुक्रबार थप ८ हजार ५२० जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४...

जसपाकाे संसदीय दलकाे नेतामा राजेन्द्र महतो चयन
जसपाकाे संसदीय दलकाे नेतामा राजेन्द्र महतो चयन
  • २०७६ बैशाख ९, ०९: १३: २१

नयाँ विकल्प, काठमाडाैं- जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको छ । बिहीबार...

देउवाको दनक ओली वा नेपाललाई, भोट बादल कि देवकोटालाई ?
देउवाको दनक ओली वा नेपाललाई, भोट बादल कि देवकोटालाई ?
  • २०७६ बैशाख ९, ०९: १३: २१

नयाँ बिकल्प,काठमाडौं । पार्टीको आन्तरिक जीवन र बहुदलिय प्रतिष्पर्धात्मक राजनीतिमा समेत आफ्ना सहयात्री र कार्यकर्तालाई भन्दा अन्य दलका नेतासँग सम्वन्ध...

भर्खरै

TOP