June 24, 2021, Thursday

११ महिनादेखी नेकपाका नेता बेरोजगार

काठमाडौं । सत्तारुढ नेकपाका साडे चार सय केन्द्रीय सदस्य ११ महिनादेखि बेरोजगार भएका छन् । ११ महिनासम्म पार्टीले कुनै पनि केन्द्रीय सदस्यलाई केही पनि जिम्मेवारी नदिएपछि बेरोजगार बनेका हुन् ।

तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भए पनि भागबण्डा नमिल्दा अझै एकता प्रक्रियाले पूर्णता पाएको छैन । २०७५ साल जेठ तीन गते दुवै पार्टीबीच एकता हुँदा एक पटक केन्द्रीय कार्य समितिको बैठक बसेको थियो ।

त्यसपछि केन्द्रीय कमिटीको बैठक समेत बस्न सकेको छैन । नेताको कार्यभार र जिम्मेवारी नतोकिँदा सत्ताको अवसर पाएकाहरु खुसी छन भने सत्ताको अवसर र सरकारमा बस्न नपाएकाहरु नेतृत्वप्रति रुष्ट बनेका छन् ।

सरकारका हरेक क्रियाकलापको बिरोध गर्दै आएका बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, भीम रावल यतिवेला नेकपा नेतृत्वको सरकार कट्टर बिरोधीमा रुपमा देखिएका छन् ।

पार्टी र पार्टीका जिल्ला, भातृ र शुभेच्छुक संस्थाको एकताको लागि रामबहादुर थापा बादलको संयोजकत्वमा गठित कार्यदलबीच बिबाद हुँदा कार्यदलले प्रतिवेदन बुझाउन सकेको थिएन । बादल र विवादस्पद महासचिव बिष्णु पौडेलले कार्यदलका अन्य सदस्यको राय र भावना विपरित कार्य गरेको भन्दै अन्य सात सदस्यले विरोध जनाएका थिए ।

कार्यदलले औपचारिक रुपमा आफ्नो जिम्मेवारी पुरा गर्न नसकेपछि सचिवालयले नै पार्टी एकताको जिम्मेवारी लिएको थियो । तर सचिवालयको नाममा अध्यक्षद्धय केपी शर्म ओली र पुष्पकमल दाहाल प्रचण्डले एकलौटी गरेपछि अर्का बरिष्ठ नेता माधवकुमार नेपालले असन्तुष्टी जनाएका थिए ।

नेपालले अध्यक्षद्धयको एकाधिकारलाई तोड्न र उनीहरुको प्रस्तावप्रति असहमति जनाउँदै छुट्टै प्रस्ताव लैजाने निष्कर्ष निकालेपछि ओली र दाहाल यतिवेला नेपाललाई मनाउन लागिपरेका छन् ।

तर उनीहरुको यो प्रस्तावलाई नेता नेपालले सजिलै पत्याउनेवाला छैनन् । १० लाख पार्टी सदस्य रहेको नेकपामा पार्टी एकता भएको एकबर्ष बितिसक्दा पनि एकता प्रक्रिया टुंगामा नपुगेपछि कार्यकर्ता र नेतामा निरासा छाएको छ ।

सम्बन्धित समाचार

अख्तियारद्वारा आन्तरिक राजश्वका तत्कालिन महानिर्देशक शर्मासहित तीनबिरुद्ध एक अर्ब भ्रष्टाचारको दाबी
अख्तियारद्वारा आन्तरिक राजश्वका तत्कालिन महानिर्देशक शर्मासहित तीनबिरुद्ध एक अर्ब भ्रष्टाचारको दाबी
  • २०७६ बैशाख ११, ०५: ४५: ४१

नयाँ बिकल्प, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासहित तीन जनाविरुद्ध विशेष अदालत काठमाडौंमा...

कोरोनाका कारण मुलुकभर थप ८१ जनाको मृत्यु
कोरोनाका कारण मुलुकभर थप ८१ जनाको मृत्यु
  • २०७६ बैशाख ११, ०५: ४५: ४१

नयाँ बिकल्प, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ५२ जना र छुटेको २९ जना गरी कूल...

सुदूरपश्चिम प्रदेशसभा बैठक कांग्रेसद्वारा अबरूद्ध
सुदूरपश्चिम प्रदेशसभा बैठक कांग्रेसद्वारा अबरूद्ध
  • २०७६ बैशाख ११, ०५: ४५: ४१

नयाँ बिकल्प, धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बुधबारको बैठक प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अबरोध गरेको छ। प्रदेशसभाको अर्को बैठक...

भर्खरै

TOP