November 24, 2020, Tuesday

एनआरएनए बोर्ड अफ डाईरेक्टर पदमा युवा अनुप खनालको उमेद्वारीले अमेरिकामा चर्चा

काठमाडौं । १२ वर्ष अगाडि विद्यार्थीका रुपमा अमेरिका पुगेका अनुप खनाल यतिबेला आसन्न एनआरएनएको बोर्ड अफ डाईरेक्टरमा उमेद्वारी दर्ता गरेर प्रचार अभियानमा सक्रिय भएका छन् । आसन्न निर्वाचनका लागि बाल्टिमोरका युवा अनुप खनालको उमेद्वारीलाई बिशेष रुपमा हेरिएको अमेरिकामा बसोबास गदै आएका नेपालीहरु बताउँछन् ।

लामो समयदेखि अमेरिकाको मेरिल्याड बाल्टिमोरमा बसोबास गर्दै अनुप २०१९ र २०२१ को लागी बोर्ड अफ डाईरेक्टर पदमा उठेका हुन् । १२ वर्षसम्म अमेरिकामा बिताउँदा उनले यो अवधिमा पढाईका साथै त्यहाँको नेपाली समुदायलाई सहयोग गर्दै आइरहेका छन् । अमेरिका पुगेदेखिनै खनाल त्यहाँका सामाजिक संस्थाहरुमा संलग्न रहँदै आइरहेका छन् । बिद्यार्थी भएर उनले सामाजिक काममा गरेको देख्नेहरु उनको खुलेरै प्रशंशा गर्न थालेका छन ।

“एउटा विद्यार्थी भिसामा अमेरिका पुगेपछि उनले अमेरिकामा भोगेको समस्या यसरी बताउँछन्ः “खनालले Nayabikalpa.com सँग कुराकानी गर्दै, “धेरै नेपाली विद्यार्थीहरुका पीडालाई नजिकबाट नियालेर समस्या समाधान गर्न लागि पर्ने प्रतिबद्धता व्यक्त गर्दै अमेरिकामा बस्ने नेपाली समुदायको पीडालाई मल्हमपट्टी लगाउन आफुले सक्दो सहयोग गर्ने बचन बद्धता गरेका छन् । त्यसैले उनको उमेद्वारीलाई धेरैले नियाली रहेको बताइन्छ ।”

खनालले अमेरिका पुगेदेखिनै शिक्षा हासिल गर्नुका साथै ब्यबहारिक ज्ञान समेत बटुल्दै आएका छन् । खनालले मेरिल्याड बाल्टिमोरमा एउटा युवा व्यवसायीको रुपमा पहिचान बनाउन समेत सफल भएका छन् । हाल उनको मेरिल्याण्डमा आफ्नै ब्यबसाय सञ्चालन भइरहेको छ । बोर्ड अफ डाईरेक्टर पदमा विजयी भएमा नेपालबाट दैनिकजसो अमेरिकामा विद्यार्थी भिसामा जाने विद्यार्थीहरुका समस्याको समाधानका उपायहरु अमेरिकामै बसेर खोजीरहने खनाल बताउँछन् ।

त्यसैले जती नेपाली दाजुभाइहरु आफ्नो देश छोडेर अमेरिका बसोबास गर्दै कर्मथलो बनाइरहेका छन् तिनीहरुका हकहितका लागि लडिरहने प्रतिबद्धता समेत ब्यक्त गर्छन् खनाल । त्यसैले युवा बिद्यार्थीहरुका समस्या समाधान गर्न र जो अमेरिकामै बसोबास गर्दै सानोतिनो व्यवसाय गर्दै आएका छन्, तिनीहरुकै हकहितका लागि आफुले उमेद्वारी दिएको हुँदा एनआरएनको यो निर्वाचनमा वोर्ड अर्फ डाइरेक्टरमा विजयी हुने कुरामा ढुक्क छन् खनाल । त्यसैले अमेरिकामा बस्ने नेपाली दाजुभाइहरु यतिबेला युवा अनुप खनालको उमेद्वारीले निकै घत पु¥याएको हुँदा अनुप खनाललाई मत दिन युवा र व्यवसायीहरु हतारिरहेको बताइन्छ ।

सम्बन्धित समाचार

तुलसीपुर दाङबाट सात जुवाडे पक्राउ
तुलसीपुर दाङबाट सात जुवाडे पक्राउ
  • २०७६ बैशाख १३, १२: २३: २२

तुलसीपुर–दाङबाट सात जुवाडेलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार राप्ती गाउँपालिका–२ लालमटियास्थित गोपाल खत्रीको घरमा...

महोत्तरीमा हराएकी बालिकाको शव फेला
महोत्तरीमा हराएकी बालिकाको शव फेला
  • २०७६ बैशाख १३, १२: २३: २२

महोत्तरी–महोत्तरीमा आइतबार साँझदेखि हराइरहेकी बालिकाको शव फेला परेको छ । जिल्लाको बर्दिवास नगरपालिका–१४ का शहीद आलमकी छ वर्षीया छोरी गुलाव...

बोदे बर्साइन नगरपालिकामा अख्तियारको छापा
बोदे बर्साइन नगरपालिकामा अख्तियारको छापा
  • २०७६ बैशाख १३, १२: २३: २२

सप्तरी–सप्तरीको बोदे बर्साइन नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार छापा मारेको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण खर्चमा अनियमितता भएको...

भर्खरै

TOP