November 24, 2020, Tuesday

निर्वाचनको महासंग्राममा भारत

काठमाडौं । विश्वको सबैभन्दा ठूलो संसदीय व्यवस्था भएको भारतमा अहिले १७ औ लोकसभाको लागि निर्वाचन भइरहेको छ । लोकसभा निर्वाचनमा ५ सय ४५ सांसद हुन्छन् । त्यसमध्ये २ मनोनीत हुन्छन् वाँकी ५सय ४३ सीटमा चुनाव हुन्छ ।

सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी) नेतृत्वको एनडीए (नेसनल डेमोक्र्याटिक एलायन्स) गठबन्धनमा २१ राजनीतिक दल सम्वद्ध छन् । यो गठबन्धनले सबै अर्थात ५४३ सिटमै आफ्ना उम्मेदवार उठाएको छ । इण्डियन नेसनल कांग्रेस (आईएनसी) नेतृत्वको युपीए (युनाईटेड प्रोग्रेसिभ एलायन्स) गठबन्धनमा २० दल सम्मिलित छ ।

यो गठबन्धनले पाँच सय २८ स्थानमा मात्र उम्मेदवारी दिएको छ । त्यस्तै एसपी र बीएसपीको नेतृत्वको महागठबन्धनमा ११ दल संलग्न छन । यसले तीन सय ९८ सिटमा उम्मेदवारी दिएको छ । यो गठबन्धनको प्रभाव युपी, बिहार र झारखण्डमा बढी छ ।

पश्चिम बंगालमा बढी प्रभुत्व जमाएको भारतीय कम्युनिष्ट पार्टीको बाममोर्चामा ४ दल संलग्न छन् । उनीहरुले पश्चिम बंगाल, केरला लगायतका राज्यमा गरी करिव ६२ सीटमा उम्मेदवार उठाएका छन् । यी चार वटा गठबन्धन बाहेक पनि भारतमा अन्य साना १३ दलले ३३९ सीटमा उम्मेदवार उठाएका छन् ।

सम्बन्धित समाचार

उत्तर अफगानिस्तानमा हवाई आक्रमणमा परी ६ जना तालिबानीको मृत्यु
उत्तर अफगानिस्तानमा हवाई आक्रमणमा परी ६ जना तालिबानीको मृत्यु
  • २०७६ बैशाख १७, ०७: ४९: २१

अफगानिस्तानको सेनाले उत्तरी बाल्ख प्रान्तको ग्रामीण इलाकामा गरेको कारबाहीमा कम्तीमा छ जना तालिबानी लडाकू मारिएको सेनाले जनाएको छ । अफगान...

बेलिजका प्रधानमन्त्री कोरोना भाइरसबाट सङ्क्रमित
बेलिजका प्रधानमन्त्री कोरोना भाइरसबाट सङ्क्रमित
  • २०७६ बैशाख १७, ०७: ४९: २१

मेक्सिको सिटी–बेलिजका प्रधानमन्त्री जोन ब्रिसेनोलाई कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । प्रधानमन्त्रीको कार्यालयले सोमबार वक्तव्य जारी गर्दै उनी कोरोनाभाइरसबाट सङ्क्रमित...

शहरी विकासमन्त्रीद्वारा सुखानी शहीद स्मृति प्रतिष्ठानको निरीक्षण
शहरी विकासमन्त्रीद्वारा सुखानी शहीद स्मृति प्रतिष्ठानको निरीक्षण
  • २०७६ बैशाख १७, ०७: ४९: २१

झापा–शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले झापाको अर्जुनधारास्थित सुखानी शहीद स्मृति प्रतिष्ठानको निरीक्षण गरेका छन् । निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाको अनुगमनका लागि...

भर्खरै

TOP