अमेरिकाको मध्ये राष्ट्र ग्वाटेमाला सिटीस्थित पाभोन जेलमा कैदहरुबीचको भएको हिंस्रक झडपलाई नियन्त्रणमा लिन प्रहरीले जेलभित्रै गोली चलाउँदा ७ जनाको मृत्यु भएको छ ।
प्रहरीको गोली लागेर अन्य २० जना घाइते हुनुका साथै स्थितीलाई नियन्त्रणमा लिन उक्त जेलमा १५ सय सेना तथा प्रहरी खटाइएको थियो।
एक हजार कैदी राख्ने क्षमताको उक्त जेलमा ४ हजार कैदीहरु राखिएका छन्। अधिकारीहरुका अनुसार मंगलबार दुई कैदीको झडपले विभिन्न समूहबीच हिंस्रक झडपको अवस्था निम्तिएको थियो।
मंगलबार ८ घन्टासम्म जेलमा झडप भएको जनाइएको छ। १५ सयन सेना तथा परिचालन भएपछि भने अवस्था नियन्त्रणमा आएको हो। सोही जेलमा सन् २०१६ मा कैदीबीच झडप हुँदा १४ जनाको मृत्यु भएको थियो। एजेन्सी
सिड्नी–प्रविधि क्षेत्रको अग्रणी संस्था फेसबुकले अस्ट्रेलियाली समाचार संस्थाहरुसँग जारी विवाद समाधान भएको जनाएको छ । अस्ट्रेलियाली संचार माध्यमको दबाबमा सरकारले...
लस्कर गह, अफगानिस्तान–अफगानिस्तानको दक्षिणी हेल्मन्ड प्रान्तमा सेनाले गरेको कारबाहीमा कम्तीमा आठ जना तालिबान विद्रोहीको ज्यान गएको सेनाले जनाएको छ ।...
काबुल–अफगानिस्तानमा मङ्गलबारदेखि कोभिड–१९ विरुद्धको खोप अभियान शुरु भएको छ । भारत सरकारले उपलब्ध गराएको कोभिसिल्ड पाँच लाख डोजबाट खोप अभियान...