November 27, 2020, Friday

प्रधानमन्त्री विदेश भ्रमणमा

काठमाडौं । प्रधानमन्त्री के.पी शर्मा ओली समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुकको निमन्त्रणामा यही बैशाख २६ देखि ३० वैशाखसम्म भियतनाम र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणमा ३० वैशाखदेखि १ जेठसम्म कम्बोडिया भ्रमण गर्न लागेका हुन् । प्रधानमन्त्रीको उडानका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आधा घन्टा अन्य उडान रोकिएको थियो ।

प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सेना, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललगायत मन्त्रिगण र उच्च कर्मचारीले बिदाइ गरेका थिए ।
प्रधानमन्त्री के.पी ओलीसँग मन्त्री, सांसद, सचिव, उपमेयर, उद्योगीसहितको ४२ सदस्यीय प्रतिनिधिमण्डल सहभागि रहेको छ । चार दिन भियतनाममा रहनेछन् भने त्यसपछिका ३ दिन कम्बोडियामा रहनेछन् ।

सो अवसरमा नेपाली सेनाको टुकडीले प्रधानमन्त्री ओलीलाई सलामी समेत दिएको थियो । प्रधानमन्त्री ओलीले दुवै देशका प्रधानमन्त्रीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने कार्यक्रम पनि रहेको छ ।

भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्रसचिव शंकरदास बैरागी दाहाल, चिफ.अफ प्रोटोकल गेहेन्द्र राजभण्डारी, पर्यटन सचिव मोहनकृष्ण सापकोटा, वाणिज्य तथा आपूर्ती सचिव केदारबहादुर अधिकारी, प्रधानमन्त्रीको प्रमुख सल्लाहकार विष्णु रिमाल र परराष्ट्र मामला सल्लाहकार राजन भट्टराई लगायत रहेका छन् ।

यसैगरी, सांसदहरु नारायण खड्का, पवित्रा निरौला खरेल, उमाशंकर अरगरिया, बोधमाया कुमारी यादव तथा राष्ट्रिय योजना आयोगका सदस्य दिलबहादुर गुरुङ, निजी चिकित्सक डा.दिव्यासिंह शाह, निजी सहयोगी राजेश बज्राचार्य तथा कपिलवस्तु नगरपालिकाकी उपमेयर शिवकुमारी चौधरी र बनेपा नगरपालिकाकी उपमेयर रेखा सापकोटा दाहाल समेत भ्रमण दलमा छन् ।

प्रधानमन्त्री ओलीका निजी सुरक्षा सहयोगी राजेन्द्र शाही र अनिल बस्नेत तथा परराष्ट्रबाट सह–सचिव तापस अधिकारी, इन्दिरा अर्याल, सुरेन्द्रकुमार यादव, रामबोल आचार्यसहित भ्रमण टोलीमा छन् । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राना, व्यवसायी दीपक मल्होत्रा, सुरज वैद्य र चन्द्रप्रसाद ढकाल समेत गएका छन् ।

सम्बन्धित समाचार

‘भ्रष्टाचारका संरक्षक’ प्रधानमन्त्री ओलीले राजिनामा गर्न अधिकारकर्मीहरुको माग
‘भ्रष्टाचारका संरक्षक’ प्रधानमन्त्री ओलीले राजिनामा गर्न अधिकारकर्मीहरुको माग
  • २०७६ बैशाख २६, ०८: ३१: ३१

नयाँ विकल्प,काठमाडाैं-एम्नेष्टि इन्टरनेसनलले हालै प्रकाशित गरेको प्रतिवेदनले नेपाल एसियामै सबैभन्दा बढी भ्रष्टाचार हुने देश भनेर औल्याएकोले नैतिकताको आधारमा उचित निकास...

७१ बर्षिय बृद्धलाई बलत्कार गर्ने ३४ बर्षका गिरी प्रहरीकाे नियन्त्रणमा
७१ बर्षिय बृद्धलाई बलत्कार गर्ने ३४ बर्षका गिरी प्रहरीकाे नियन्त्रणमा
  • २०७६ बैशाख २६, ०८: ३१: ३१

नयाँ विकल्प पाेखरा- जिल्ला प्रहरी कार्यालय कास्कीले ७१ बर्षे एकल बृद्ध महिला बलत्कार गरेकाे आराेपमा पोखरा महानगरपालिका -१९ पुरन्चौरका ३४...

सशस्त्र प्रहरीका आठ डीआइजी र एक एसएसपीको काज सरुवा (सूची सहित)
सशस्त्र प्रहरीका आठ डीआइजी र एक एसएसपीको काज सरुवा (सूची सहित)
  • २०७६ बैशाख २६, ०८: ३१: ३१

नयाँ विकल्प काठमाडाैं- गृह मन्त्रालयले सशस्त्र प्रहरी बल नेपालका आठजना  नायब महानिरीक्षक (डीआइजी) र एकजना वरिष्ठ उपरीक्षकको  काज सरुवा गरेको...

भर्खरै

TOP