November 24, 2020, Tuesday

मिडिया विदे्कमाथि सम्पादकहरु आक्रोसित

काठमाडौं । हालै सरकारले संसदमा पेस गरेको मिडिया काउन्सिल विद्येयक सम्बन्धी आइतबार छलफल कार्यक्रममा अधिकांश ठुला मिडियाका सम्पादक, प्रकाशकहरुले विद्येयकमाथि आपति जनाएका छन् ।

नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा भएको छलफल कार्यक्रममा सम्पादक प्रकाशकहरुले यस्तो नियन्त्रित पत्रकारिता हुनै नसक्ने भन्दै सशक्त आन्दोलनमा उत्रन महासंघलाई सुझाएका छन् ।

यस अघिनै नेपाल पत्रकार महासंघले एक हप्ते आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ । जसअनुसारः नेपाल सरकार मन्त्री परिषदवाट पारित भई संसदमा बैशाख २६ गते दर्ता भएको मिडिया काउन्सिल सम्वन्धी विधेयकका प्रावधानप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

महासंघ, प्रेस काउन्सिलसहित सरोकार पक्षसँगको छलफल र सहमतिविना संसदमा दर्ता गरिएको उक्त विधेयकका प्रावधानहरुले मिडिया काउन्सिललाई सरकार नियन्त्रित अंगका रुपमा स्थापित गर्नुका साथै स्वतन्त्र पत्रकारितामाथि अंकुश लगाउने महासंघको ठहर छ ।

महासंघ उक्त विधेयक तत्काल फिर्ता लिई सरोकार पक्षसमेतको छलफल र सहमतिमा नेपालको संविधानको मूल भावना, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सम्वन्धी अन्तराष्ट्रिय मूल्य, मान्यताका आधारमा पुनः विधेयक मस्यौदा गर्न सरकारसँग जोडदार माग गरेको छ । महासंघले सम्पूर्ण सरोकारवाला पक्षसँग छलफललाई तीव्र पार्दै एक हप्ते आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको महासंघका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

सम्बन्धित समाचार

हजाराैलाइ गैरकानुनी रूपमा विदेश पठाएकाे गाेप्य सुचनापछि विभागले मेनपावरमा छापा मार्याे
हजाराैलाइ गैरकानुनी रूपमा विदेश पठाएकाे गाेप्य सुचनापछि विभागले मेनपावरमा छापा मार्याे
  • २०७६ बैशाख ३०, ०८: २५: ४१

नयाँ विकल्प काठमाडाैं-वैदेशिक रोजगार विभागले दुई दिनमा तीन वटा मेनपावर कम्पनीमा छापा मारेको छ। विभागले लैनचोरस्थित होप इन्टरनेसनल, धापासीको एसओएस मेनपावर...

बालिका हत्याकाे बिराेधमा प्रदर्शन गर्नेमाथि प्रहरीले गाेली चलायाे, २ गम्भीर घाइते,  आराेपीकाे घर जलाइयाे
बालिका हत्याकाे बिराेधमा प्रदर्शन गर्नेमाथि प्रहरीले गाेली चलायाे, २ गम्भीर घाइते, आराेपीकाे घर जलाइयाे
  • २०७६ बैशाख ३०, ०८: २५: ४१

नयाँ विकल्प बर्दिवास । बालिका हत्याका दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका स्थानीय बासिन्दामाथि प्रहरीले मंगलबार गोली चलाउँदा दुइ...

तुलसीपुरमा हवाई ईन्धन डिपो निर्माण गरिने
तुलसीपुरमा हवाई ईन्धन डिपो निर्माण गरिने
  • २०७६ बैशाख ३०, ०८: २५: ४१

नयाँ विकल्प, काठमाडौं – नेपाल आयल निगमले तुलसीपुर उपमहानगरपालिकास्थित दाङको टरीगाउँ विमानस्थलमा हवाई ईन्धन डिपो स्थापना गर्ने भएको छ ।...

भर्खरै

TOP