March 5, 2021, Friday

आफ्नो गल्ती लुकाउन प्रतिपक्षीमाथि सरकारले आरोप लगाएर मात्रै हुँदैन, कारवाही गर्ने हिम्मत खोइ त ?

दिपक खड्का
नेता नेपाली काँग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस यतिबेला जनताको घरदैलोमा जाने निहुँ बनाउँदै जनजागरण अभियान नामक कार्यक्रम गर्दै हिँडिरहेको छ । जिल्लागत तह हुँदै ग्रास रुटका कार्यकर्ता समेतको भावना बुझ्ने भन्दै केन्द्रीय नेताहरु जिल्ला दौडाहमा लागि परेका छन् ।

जिल्लागत स्तरमा भएको यस्तो कार्यक्रममा जिल्ला स्तरका नेतादेखि ग्रासरुटका कार्यकर्तासम्मले नेताहरुलाई आन्तरिक द्धन्द्ध समाधान गरेर सच्चिन आग्रह गरिरहेका छन् । आन्तरिक द्धन्द्धका कारण पार्टीको पराजय भएको भन्दै अधिकांश कार्यकर्ताले नेतृत्वमाथि दबाब दिइरहेका छन् ।

जनजागरण अभियानमा पुरानादेखि नयाँ कार्यकर्ताको समेत उपस्थिति बाक्लै देखिन्छ । नेपाली काँग्रेसको जागरण अभियान र सरकारको गतिविधिबारे नयाँ विकल्प साप्ताहिकका लागि नेपाली काँग्रेसका नेता दिपक खड्कासँग पत्रकार ऋषि धमलाले गरेको कुराकानीको सम्पादीत अशः

नेपाली काँग्रेसले सुरु गरेको जागरण अभियानका मुख्य उद्देश्यहरु के–के हुन् र किन जनजागरणको आवश्यकता भयो ?

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिले निर्णय गरेर ७७ वटै जिल्लामा राष्ट्रिय जागरण अभियान सुरु गरेको हो । यस जागरण अभियानका दुइवटा उद्देश्यहरु छन्, जसअनुसार पहिलो उद्देश्य त नेपाली काँग्रेसले आफ्नो संगठन तल्लो तहदेखिनै सुदृढ बनाउँदै, मजबुत बनाउने रहेको छ भने अर्को अहिलेको वर्तमान सरकारले जसरी ज्याजति गर्दै, भ्रष्टाचारी र स्वयच्छाचारीको ताण्डवपन नृत्य प्रदर्शन गरिरहेको छ त्यसको भण्डाफोर गर्नु दोस्रो उद्देश्य हो ।

जनतालाई बहमतको सरकारले जसरी गलत काम गरिरहेको छ, सो गलत काम नेपाली जनताको घर–घरमा लैजाने उद्देश्य रहेको छ । वर्तमान अवस्थामा संविधान कार्यान्वयन गर्दै, वर्तमान व्यवस्थालाई कसरी संस्थागत गर्न सकिन्छ भनेर जानुपर्नेमा सरकार उल्टो बाटो हिँडिरहेको हुँदा सरकारले संविधान मिचेर संविधानलाई आफ्नो पञ्जामा राख्ने र नेपाली जनताहरुलाई एउटा तानाशाहले गर्ने व्यवहार प्रदर्शन गर्न थालेको छ ।

लोकतन्त्रलाई हत्या गर्ने बाटोतर्फ यो सरकार उन्मुख भएको छ । त्यसो भएका कारणले यसको भण्डाफोर गरेर जनतामाझ पु¥याउनु प्रतिपक्षी काँग्रेसको उद्देश्य रहेको छ । प्रतिपक्षको आवाज सुन्न छोडेको अवस्थामा हामी नेपाली जनताको घरदैलोमा यसकारण पनि गइरहेका छौं ।

प्रतिपक्षको आवाज सुन्न छोड्नु भनेको जनतामाथि अत्यायचार सुरु गर्नु हो र यसको विरुद्धमा नेपाली काँग्रेस पार्टीले आफ्नो राष्ट्रिय जागरण अभियानलाई सशक्त रुपमा अगाडि बढाइराखेको छ ।

जनतालाई बहमतको सरकारले जसरी गलत काम गरिरहेको छ, सो गलत काम नेपाली जनताको घर–घरमा लैजाने उद्देश्य रहेको छ । वर्तमान अवस्थामा संविधान कार्यान्वयन गर्दै, वर्तमान व्यवस्थालाई कसरी संस्थागत गर्न सकिन्छ भनेर जानुपर्नेमा सरकार उल्टो बाटो हिँडिरहेको हुँदा सरकारले संविधान मिचेर संविधानलाई आफ्नो पञ्जामा राख्ने र नेपाली जनताहरुलाई एउटा तानाशाहले गर्ने व्यवहार प्रदर्शन गर्न थालेको छ ।

लोकतन्त्रलाई हत्या गर्ने बाटोतर्फ यो सरकार उन्मुख भएको छ । त्यसो भएका कारणले यसको भण्डाफोर गरेर जनतामाझ पु¥याउनु प्रतिपक्षी काँग्रेसको उद्देश्य रहेको छ । प्रतिपक्षको आवाज सुन्न छोडेको अवस्थामा हामी नेपाली जनताको घरदैलोमा यसकारण पनि गइरहेका छौं । प्रतिपक्षको आवाज सुन्न छोड्नु भनेको जनतामाथि अत्यायचार सुरु गर्नु हो र यसको विरुद्धमा नेपाली काँग्रेस पार्टीले आफ्नो राष्ट्रिय जागरण अभियानलाई सशक्त रुपमा अगाडि बढाइराखेको छ ।

नेपाली काँग्रेसभित्र गुट–उपगुट र पार्टीभित्रको द्धन्द्ध समाधान नगरी जनजागरण अभियान लिएर जनताको घर दैलोमा जाँदा समस्या समाधान होला र ?
पार्टीको आन्तरीक समस्या भनेको सामान्य कुराहरु हुन् । यो समय आएपछि आफै समाधान हुने कुरा हो । यो कुनै ठुलो कुरा होइन । त्योभन्दा ठुलो कुरा नेपाली काँग्रेस पार्टीका लागि नेपाली जनता हुन्, मुलुक हाम्रो लागि ठुलो हो । त्यस कारणले नेपाली काँग्रेसले आफ्ना ससमस्याहरु गौण मान्छ ।

मुलुक अहिले भ्रष्टाचारमा चुर्लुम्म डुबिरहेको छ भनेर भनिरहँदा नेपाली काँग्रेसका शिर्ष नेताहरुको नाम पनि मुछिएर आउन थालेको छ, यसलाई कसरी लिनुहुन्छ ?
यत्रो दुईतिहाइ बहुमत भएको सरकारले हाम्रा नेताहरुको पनि भ्रष्टाचारमा नाम आउँछ भनिरहँदा खोइ त कारवाही गर्न सकेको ? आफ्नो भ्रष्टाचार लुकाएर अरुलाई दोष लगाएर उम्कन खोज्नेहरुसँग के भन्ने ? हाम्रा आदरणीय नेताहरुले संसददेखी सडकसम्म भनिसक्नु भएको छ कि सबैखाले भ्रष्टाचारलाई निर्मुल गर्नुुपर्छ र भ्रष्टाचारीहरुलाई कारवाही गर्नुपर्छ भनेर ।

यत्रो बुलन्द आवाज निकाली रहँदाखेरी तपाईहरुले नि भ्रष्टाचार गर्नुभएको छ, तपाईहरुलाई पनि कारवाही गर्छौ भन्ने हिम्मत खोइ त ? यो सरकारले प्रतिपक्षलाई त्यसै आरोप लगाएर मात्र हुन्छ ? आफ्नो गल्ती लुकाउन प्रतिपक्षीमाथि सरकारले आरोप लगाइरहेको छ ।

पार्टीका शिर्ष नेता सभापति शेरबहादुर देउवाको पनि बालुवाटार जग्गा प्रकरणमा नाम आएको छ भन्ने सुनिन्छ नि के यो कुरा साँचो हो त ?
नाम आएको छ भन्छन् भने प्रमाणित गरेर देखाउन प्रमाणित गर भनेर भनिरहेका छौनि हामीले । खोइ त देखाउन सकेको ? यी सबै गलत कुरा हुन् । यदि कसैको नाम छ भने उसलाई कारवाही हुनुपर्छ भन्ने नेपाली काँग्रेस पार्टीको माग हो । आफ्नो गल्ती कमीकमजोरी र भ्रष्टाचारलाई ढाकछोप गर्न विषयवस्तुलाई अन्त मोडेर अरुतिर आरोप लगाएर उम्काउन पाइदैन र यति बलियो सरकारले यस्तो भएको भए कारवाही किन नगरेको ?

सत्तापक्ष र प्रतिपक्षकै मिलोमतोमा भ्रष्टाचार हुन्छ भन्ने कुरा पनि सुनिन्छ नि यहाँलाई के लाग्छ ?
यो एकदमै गलत कुरा हो । अहिलेको सरकारले यति ठुलो भ्रष्टाचार यति धेरै गन्ध आउनेगरी भ्रष्टाचार गरेको छ र यस्तो सायदै हिजोका मितिसम्म कहिल्यै भएको थिएन ।

त्यसोभए भ्रष्टाचारी जोसुकै होस् भ्रष्टाचारीलाई कारवाही हुनुपर्छ भन्ने पक्षमा तपाईहरु हुनुहुन्छ हैन त ?
हाम्र्रो पार्टीको नेताहरुदेखि सबै पूर्व प्रधानमन्त्री पार्टी सभापतिले संसदमा पनि बोल्नुभएको छ र बाहीर कार्यक्रममा पनि बोल्नु भएको छ की भ्रष्टाचार जोसुकैले गरेपनि कडा भन्दा कडा कारवाही हुनुपर्छ भनेर भनिरहनुभएको छ । यति भन्दापनि यदि हाम्रो पार्टीका नेताहरु पनि भ्रष्टाचारमा संलग्न भएका छन् भने यो सरकारले कारवाही किन नगरेको त ? तपाईहरु पनि भ्रष्टाचारमा संलग्न हुनुहुन्छ भनेर प्रमाणित किन नगरेको त ? हावादारीमा आरोप लगाउने ? नेपाली काँग्रेस पार्टी कहिल्यै पनि भ्रष्टाचार गर्नुपर्छ भन्ने पक्षमा छैन, सुशासन दिनुहुँदैन भन्ने पक्षमा छैन ।

काँग्रेसको मुुख्य लक्ष्य भनेकै स्वतन्त्रताको रक्षा गर्ने, जनताको जनधनको सुरक्षा गर्ने, भ्रष्टाचारलाई निर्मुल गर्ने भन्ने पक्षमा नेपाली काँग्रेस पार्टी जहिले पनि उभिएको छ । प्रधानमन्त्रीका आसपासमा रहने ठुला नेताहरु सबैनै यसरी भ्रष्टाचारमा लाग्नु भएको छ सरकारी जग्गा हड्प्नेदेखि लिएर, ३३ किलो सुन तस्कर प्रकरणसम्म उहाँहरुकै संलग्नता छ । घुमिफिर आएर उहाँहरुमै ठोकिन्छ ।

त्यसो भएको कारणले यस्तो भ्रष्टाचारी सरकार, यस्तो गह््नाइसकेको सरकार कति दिन राख्ने र कतिदिन नेपाली जनताले सहेर बस्ने भन्ने विषयहरु जनताका माझ बुलन्द भइसकेको छ ।

तपाईहरुको नीतिहरु पनि पुरानै छ, किन नयाँ ढाँचा र सोंचका साथ अगाडि जान सकिरहनु भएको छैन त ?
हैन, हैन, अहिले नेपाली काँग्रेस पार्टीले मुलुकको परिवर्तनसँगै आफ्नो विधानलाई चुस्त दुरुस्त पारीसकेको छ । यसै अनुसार नेपाली काँग्रेसले आफ्ना संरचनाहरु परिवर्तन गर्न थालिसकेको छ ।

तपाईको नेपाली काँग्रेस पार्टी नेतामुखी भयो जनतामुखी भएन भनेर भनिरहँदा त्यसैलाई ढाकछोप गर्न जनजागरण अभियान सुरु गर्नुभएको त होइन ?

नेपाली काँग्रेस पार्टी जनतामुखी नै हो । यति लामो सङ्घर्ष गरेर स्थापित भएको पार्टी जनतामुखी नभएर अरुमुखी हुनै सक्दैन । नीति निर्माण गरेर नेताहरुबाटै छलफल भएर टुङ्गोमा पुग्ने भएका कारणले कतिपय कुराहरु नेताहरुद्वारा सञ्चालित हुन्छ । कतिपय कुराहरु चाँही जनताको कुराहरु सुनेर सञ्चालित गर्ने, निर्माण गर्ने कुरा हुन्छ । त्यसैले एकातिरको मात्रै कुरा गरेर हुँदैन ।

नेपालमा ठुला योजनादेखि साना योजनासम्म माफियाहरुको चलखेल हुने गरेको छ भनिन्छ, अहिले पनि बुढीगण्डकीको बारेमा व्यापक चर्चा आएको छ, यहाँ के भन्नुहुन्छ ? माफियाहरुको मात्र होइन, सरकारको पनि संलग्नता देखिन्छ । किनभने यति ठुलो योजना सस्तो र सजिलै गरी बन्ने प्रोजेक्ट आफ्नो स्वयच्छाचारी ढङ्गले अहिले बुढीगण्डकी लगायत २५ अर्बभन्दा माथिका प्रोजेक्टहरु सिँधै विना टेण्डरनै, सोधखोजनै नगरी दिनु भनेको अर्को नीतिगत भ्रष्टाचार सुरु गर्नु हो । यसको एउटा रुप हो बुढी गण्डकी ।

वर्तमान अवस्थामा पनि राजनीतिक शक्तिका आडमा मन्त्री र सचिव हेरफेर गर्ने हैसियत राख्ने दिपक भट्ट र सुशील भट्ट दाजुभाइलाई तपाई के भन्नुहुन्छ ?
यति बलियो दुईतिहाइ बहुमत भएको सरकारमा कुन व्यक्तिले कसरी प्रभाव पार्छ भन्ने कुरामा म जान चाहन्न । कसैले प्रभाव पारोस् नपारोस् यो सरकारको जिम्मेवारीभित्र पर्ने कुरा हुँदा नेपाली जनताप्रति उपेक्षा गरेहको हो भन्ने लाग्छ ।

उसोभए जलविद्युत् सम्बन्धी अरुण तेस्रो आयोजनाको बारेमा बताइदिनुस् न ?
अरुण तेस्रो आयोजना विगतको भन्दा एकदम द्रुत गतिमा अगाडि काम बढेको छ । हाम्रो पूर्व प्रधानमन्त्री, पूर्वमहामन्त्री सिंह लगायत राजन केसी, सरिता प्रसाइदेखि लिएर केन्द्रीय समिति र अरु ७÷८ वटा जिल्लाका पार्टी सभापति लगायत त्यहाँ निरीक्षण गर्न पुगेका थियौं । उहाँहरुले पनि अवलोकन गरेर आइसक्नु भएको छ ।

उहाँहरुले पनि सन्तुष्टि व्यक्त गर्नुभएको छ । जसरी अहिले तीव्र रुपले काम अगाडि बढेको छ । यो एउटा प्रोजेक्ट बन्दै गर्दाखेरी देशमा लगानीको वातावरण सुरु भयो कि भन्ने आभास मिलेको छ । यस्ता प्रोजेक्ट बनाउन सक्यो भने आर्थिक हिसाबले मजबुुुत हुन्छ तर बिडम्बना भन्नुपर्छ । राष्ट्रिय गौरवको आयोजना यत्रो काठमाडौंमा जनतालाई पानी खुवाउने मेलम्ची आज अलपत्र परेको छ ।

तपाई पनि मन्त्री बन्नुभएको थियो नि तपाईले पनि काठमाडौंका जनतालाई मेलम्चीको पानी खुवाउन त सक्नुभएन नी हैन र ?
म मन्त्री बन्दाखेरी अत्यन्तै छोटो समय र निर्वाचनको मुखमा थियो । म मन्त्री बन्दै गर्दा प्रोजेक्ट बन्न नसकेर अलपत्र परेर बसेको थियो । म लगायत मन्त्रालयको पुरा टिमले ३ सिफ्ट काम गराएर हामी रातभरी अनुगमन गर्दै सबै ठप्प भएको कामलाई सुचारु गरेर ब्रेक थ्रु गराउने सम्मको काम गरेका थियौं ।

थोरै काम मात्र बाँकी थियो, त्यसपछि काम हुन नसकेको कुरा सबैलाई थाहानै छ । सञ्चारमाध्यमका साथीहरुले धेरै चोटी लेख्नुभएको पनि थियो । हामी रातको १२ देखि १ बजे नभनिकन फिल्डमानै हुन्थ्यौं । त्यतिबेलाको जस्तो गति अहिले हुन सकेको भए अर्को चार÷पाँच महिनामा काम सम्पन्न हुन्थ्यो ।

तपाई पूर्वमन्त्रीको हैसियतले वर्तमान अवस्थामा मेलम्चीको पानी काठमाडौैं बासीले खान पाउँछन् कि पाउदैनन् ?
मेलम्चीको पानी खान त ढिलोचाडो पाउनुहोला तर मेलम्चीको पानी खाँदै गर्दाखेरी कति अर्ब पु¥याउने ? भ्रष्टाचारले मुलुकलाई चुर्लुम्म डुबाएर नेपाली जनताका टाउकोमा ऋण कति थुपार्ने भन्ने कुरा ठुलो हो ? पानी ख्वाउनुपर्ने बाध्यताले यो सरकारले फेरी जनतालाई ऋणमाथि ऋण थुपार्दै छ । त्यसैले अर्को भ्रष्टाचारको नमुना मेलम्ची खानेपानी पनि हो ।

तर वर्तमान प्रधानमन्त्रीले देशको आर्थिक क्रान्ति र समृद्धिको विकासको युग सुरु भयो भनेर भनिरहनुभएको छ नि, के साँचैनै नयाँ युग सुरु भएकै हो त ?
गफ गरेर मात्रै आर्थिक क्रान्ति, विकास समृद्धि हुँदैन ? मुलुकको जिम्मेवार व्यक्ति सम्माननिय प्रधानमन्त्री कसको प्रधानमन्त्री ? प्रधानमन्त्रीको हैसियतमा के बोल्न हुने के बोल्न नहुने भन्ने कुुराको विचार गरेर बोल्न नसक्ने प्रधानमन्त्रीबाट कति आशा राख्ने ?

यो बाहेक उहाँ कति रमाउनुहुन्छ ? व्यक्तिगत हिसाबमा कति सपना देख्नुहुन्छ र कति झुठा आश्वासन बाड्नुहुन्छ जनतालाई भन्ने कुरा बाहेक अरु केही पनि गर्न सक्नुहुन्न । उहाँ अहिले पनि कम्बोडिया लगायतका मुलुकहरुमा भ्रमणमा जानुभएको छ ।

जुन देशसँग न सम्बन्ध छ, न साइनो छ, न सहयोग छ, न आशा छ, न भरोसा छ, त्यस्ता मुलुकमा यत्रो ठुलो तामझाम गरेर, खर्च गरेर जानुपर्ने आवश्यकता के नै थियो ?

देशको प्रधानमन्त्री जुनसुकै देश जान सक्छन् होइन र, त्यसैले अहिले प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको भ्रमण गर्न गरिरहँदा त्यहाँका पर्यटक नेपाल आउने सम्भावना हुँदैन र ?
कम्बोडियाका पर्यटक नेपाल आउने, नेपालका पर्यटक कम्बोडिया जाने कुराहरुलाई छोड्दिनुस् । पर्यटनकै विकास गर्ने हो भने चीन र भारतकै मात्र पर्यटक ल्याउन सकेपनि ठुलो कुरा हुन्थ्यो । अरु देशका त कुरै छोडिदिऊ । त्यसमाथि पनि कम्बोडियबा, भियतनाम जस्ता मुलुकका पर्यटकहरुबाट नेपालको आर्थिक वृद्धि हुन्छ, समृद्ध हुन्छ र ती पर्यटकहरुबाट सहयोग पुग्छ र नेपाल चाँही समृद्ध हुन्छ भन्ने कल्पना लिएर जानुभएको हो भने त्यो दिवा सपना मात्रै हो ।

अन्त्यमा नयाँ विकल्प साप्ताहिक मार्फत केही भन्नु छ कि ?
निकै लामो समयदेखि प्रकशित हुँदै आएको यस नयाँ विकल्प साप्ताहिकमार्फत् मेरा कुराहरु राख्ने मौका दिनुभएको साप्ताहिक परिवार लगायत सबैलाई धन्यवाद दिन चाहन्छु ।

सम्बन्धित समाचार

स्थानीय जनप्रतिनिधिहरुले जनताको पीरमर्का बुझ्नलाई घर–घरमै जानुपर्ने भएकाले हामीहरु व्यस्त हुने गरेका छौं
स्थानीय जनप्रतिनिधिहरुले जनताको पीरमर्का बुझ्नलाई घर–घरमै जानुपर्ने भएकाले हामीहरु व्यस्त हुने गरेका छौं
  • २०७६ बैशाख ३०, ०८: ४२: ३२

वीरगञ्ज महानगरपालिका नारायणी अञ्चलको पर्सा जिल्लामा पर्छ । श्री ३ वीर शमशेर जङ्गबहादुर राणाको प्रधानमन्त्रीत्वकालमा वि.सं. १९४२–१९५८ पर्सा जिल्लाको अलौ भन्ने...

नेपाली कांग्रेसको लडाईं लोकतन्त्र र संविधान बँचाउनको लागि हो !
नेपाली कांग्रेसको लडाईं लोकतन्त्र र संविधान बँचाउनको लागि हो !
  • २०७६ बैशाख ३०, ०८: ४२: ३२

नयाँ विकल्प, काठमाडाैं- नेपाली कांग्रेसका सिद्धान्त निष्ठ र कर्मठ नेताको रुपमा चिनिन्छन् जीवन परियार । उनी पूर्व मन्त्री तथा तथा...

प्रधानमन्त्री ओलीकाे असंवैधानिक कदम सर्वाेच्चले उल्ट्याई दिनेछ !
प्रधानमन्त्री ओलीकाे असंवैधानिक कदम सर्वाेच्चले उल्ट्याई दिनेछ !
  • २०७६ बैशाख ३०, ०८: ४२: ३२

नयाँ विकल्प काठमाडाैं- विद्यार्थी राजनीतिबाट खारिएर आएकी नेतृ हुन् कमला पन्त । उनी नेपाली कांग्रेसकी केन्द्रीय सदस्य पनि हुन् ।...

भर्खरै

TOP