February 26, 2021, Friday

इतिहासमै पहिलो पटक प्रधानमन्त्रीको भनाई संसदबाट हटाइयो

निम्छरो शब्दले ओलीलाई संकट निम्त्याउँदा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेपालका अन्य प्रधानमन्त्रीभन्दा औषत होइनन, तर अरुभन्दा निकै फरक देखिने नाममा हल्का फुल्का टिका टिप्पणी, लाक्षणीक शब्द र भाव एवम् उखान टुक्का भनेर अरुलाई अपमानित गर्ने शैलीका कारण आफै फन्दामा परेका छन् ।

सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीबाट बैशाख २० गते पेश हुँदा सरकारले लेखेर दिएको मेरो शब्द भन्ने शब्दलाई वाचन गर्दा अनावश्यक आलोचना खेप्नु प¥यो ।

हुन त प्रधानमन्त्री ओलीले मेरो सरकार भन्ने शब्दावलीको बचाउ गर्न निकै तथ्य पेश गर्ने प्रयास गरे । उनले विगतको सरकारको उदाहरण दिँदा नेपालमा राजसंस्था थियो भन्ने भुले भन्ने वेलायतको उदाहरण दिँदा त्यहाँ पनि राजसंस्था थियो भन्ने तथ्य अरुलाई थाहै नभएझै प्रस्तुत भए ।

हुन त प्रधानमन्त्री ओलीले मेरो सरकार भन्ने शब्दको भावले सरकार हामी सबैको हो भन्ने अर्थ लगाउने प्रयास गरे । तर, आफूले बुझ्ने भाव र अर्थ सांसद वा आमनेपालीलाई बुझाउनु पहिले उनले सरकारका आफ्नै मन्त्री र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भने बुझाउन भ्याएनछन् ।

त्यसैले सरकारमै रहेको संघीय समाजवादी फोरम (अहिले समाजवादी पार्टी) लाई पनि मेरो सरकार भन्ने शब्दले पुरानो संस्कार परम्परालाई अँगालेको र परिवर्तनलाई स्वीकार गर्न नसकेको भन्दै सहअध्यक्ष राजेन्द्र श्रेष्ठले प्रष्टै भनेका थिए । अध्यक्ष दाहालले पनि मेरो सरकार भन्ने शब्द चिप्लिएर परेछ भने ।

यसरी आफूलाई वाकपटु देखाउने प्रधानमन्त्रीको नीति तथा कार्यक्रममा भएको कतिपय काल्पनिक दावी र प्रस्तुतीले विपक्षी सांसदहरुलाई निकै चिढ्याउनु स्वभाविक पनि थियो । नीति तथा कार्यक्रम हतारमा र छलफल बिना नै पास होस् भन्ने चाहना राखेका प्रधानमन्त्री ओलीलाई सांसदहरुको जिज्ञासाको समाधान गर्ने वा सही सत्य विवरण दिनुभन्दा झारा टारेर आफू दुई तिहाई बहुमतको सरकारको प्रधानमन्त्री भएकाले सहजै प्रस्ताव पारित गर्ने मानसिकता थियो ।

कांग्रेसका सांसदहरुले सडक विभागको तथ्याङ्क, प्रधानमन्त्रीको एक बर्षको समिक्षा र नीति तथा कार्यक्रमको प्रस्तावलाई हेर्दा ४० दिनमा आठसय किलोमिटर बाटो कसरी कालो पत्रे भयो ? बाईडबडी, बालुवाटार जग्गा प्रकरण, ३३ केजी सुन काण्ड, निर्मला पन्तका हत्यारा पत्ता लगाउने लगायतका बिषयमा प्रश्न गर्दा प्रधानमन्त्री ओली नाजवाफ भए ।

अनि उनले सांसदहरुको प्रश्नलाई मनमौजी छनोट गर्ने घोषणा गर्दै जवाफ दिनुअघि पहिलो वाक्यमै भने आक्रोस, कुण्ठा र निम्छरा प्रश्नको जवाफ दिन जरुरी ठान्दिन ।

प्रधानमन्त्रीले सांसदहरुको प्रश्नलाई निम्छरा प्रश्नको जवाफ दिँदिन भनेबाट सांसदको अपमान र संसदीय मर्यादा अनुकूलको शब्द प्रयोग नगरेको भन्दै आपत्ति जनाएका थिए । अनि प्रधानमन्त्री ओलीले रोष्टममा उभिएर सांसदलाई चेतावनीको भाषामा प्रश्न गर्दै भने तपाईहरुलाई मेरो जवाफ चाहिएको छ कि छैन ? मेरो जवाफ चाहिएको छ कि छैन ? भन्दै गर्जिए ।

उनी गर्जिएनन् मात्र सभामुखको समेत अपमान गरे । प्रतिपक्षी सासदहरु डा. मिनेन्द्रप्रसाद रिजाल, गगनकुमार थापा, मिन विश्वकर्माले हामीसँग होइन, जवाफ सभामुखमार्फत माग्छौं भन्दा प्रधानमन्त्री ओलीले ‘सभामुखसँग होइन, तपाईहरुलाई सोधेको मेरा जवाफ सुन्नु छ कि छैन ?’

प्रतिपक्षी दलका सांसदहरुले प्रधानमन्त्री ओलीले निम्छरो भनी प्रयोग गरेको भाषा संसदीय मर्यादाविपरित भएको भन्दै रेकर्डबाट हटाउन माग गरेका थिए । तर २४ गते भएको सो बैठकमा सभामुख महराले प्रधानमन्त्री ओलीको असंदीय हो वा होइन भनी कुनै प्रतिक्रिया दिएनन् । तर प्रतिपक्षी कांग्रेसले त्यो शब्द रेकर्डबाट नहटाएमा संसदीय कारबाही अघि बढ्न नदिने निर्णय गरेपछि सभामुख महराले २७ गतेको संसद बैठकमा प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई रेकर्डबाट हटाएका थिए ।

नेपालको इतिहासमा प्रधानमन्त्रीको भनाई असंसदीय भएको निष्कर्षसहित रेकर्डबाट हटाइएको यो पहिलो पटक हो । प्रधानमन्त्रीलाई खुसी बनाउन उता सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीलाई सम्बोधनको क्रममा असंसदीय भाषा प्रयोग भएकोले सो पनि रेकर्डबाट हटाउन संसदका कर्मचारीलाई रुलिङ गर्नुपरेको थियो । प्रधानमन्त्रीको भाषा र शब्द असंसदीय भएका कारण रेकर्डबाट हटाउनु भनेको अन्य संसदीय प्रणाली भएका देशमा इज्जत र प्रतिष्ठासँग जोडेर हेरिने गरिन्छ ।

सम्बन्धित समाचार

फागुन २२ वा २३ गते संसद अधिवेशन बेलाउन सिफारिस गर्ने तयारीमा ओली सरकार
फागुन २२ वा २३ गते संसद अधिवेशन बेलाउन सिफारिस गर्ने तयारीमा ओली सरकार
  • २०७६ बैशाख ३१, ०७: ५७: २६

नयाँ बिकल्प, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुन २२ वा २३ गतेभित्रै संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने...

चिनियाँ र भारतीय राजदूतले भेटे कांग्रेस सभापति देउवालाई
चिनियाँ र भारतीय राजदूतले भेटे कांग्रेस सभापति देउवालाई
  • २०७६ बैशाख ३१, ०७: ५७: २६

नयाँ बिकल्पकाठमाडौँ – प्रतिनिधि सभा पुनःस्थापना भएपछि नयाँ सरकार गठनको चर्चा चलिरहेका बेला नेपालको उत्तरी छिमेकी देश चीन र दक्षिणी...

मस्तिष्क पक्षघात भएका जोशीको शल्यक्रिया गरी एमआइसीयूमा उपचार हुँदै, अवस्था गम्भीर
मस्तिष्क पक्षघात भएका जोशीको शल्यक्रिया गरी एमआइसीयूमा उपचार हुँदै, अवस्था गम्भीर
  • २०७६ बैशाख ३१, ०७: ५७: २६

नयाँ बिकल्प,काठमाडौं – शुक्रबार राति नै अस्वस्थ भई बीर अस्पताल लगिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री नविन्द्रराज जोशीलाई...

भर्खरै

TOP