November 23, 2020, Monday

यस्तो काँतर सभामुख कहिल्यै देखेको थिइँनः देउवा

काठमाडौं । तत्कालिन नेकपा माओवादी केन्द्रको शीर्ष नेताको रुपमा आफ्नो पहिचान बनाएका कृष्णबहादुर महरा यतिवेला संघीय संसदको प्रतिनिधिसभा सभामुख छन् ।

राजनीतिमा कहिले आरोह र अवरोध व्यहोर्दै आएका महरा माओवादीले शुरु गरेको शसस्त्र आन्दोलनको समयमा होस् कि संसदीय राजनीतिक प्रतिष्पर्धामा होस, सँधै समन्वयकारी भूमिका निर्वाह गर्ने नेताको रुपमा चिनिन्छन् । कतिपय अवस्थामा भने उनको भूमिका बिबादरहित छैन् ।

माओवादी विद्रोहमा रहँदा घोषणा गरिएको युद्धविरामको समयमा महराको भूमिका सँधैजसो वार्ता टोलीको संयोजक वा सदस्यको रुपमा हुने गरेको थियो । शान्ति प्रकृयामा आइसकेपछि पनि महराको भूमिका वार्ता टोलीको संयोजकको रुपमा थियो ।

उनी माओवादी सत्तामा हुँदा सँधै अवसर पाउने नेताका रुपमा चिनिन्छन् । उनी गृह, अर्थ र संचारमन्त्री भइसकेका छन् । पार्टीमा हाईकमाण्ड पुष्पकमल दाहाल प्रचण्डको विश्वास पात्र भनेर चिनिएका महराको विदेश सम्वन्ध पनि राम्रो मानिन्छ ।

उनी माओवादी लडाकुको भरण पोषण र त्यो काण्डको बिबादमा समेत मुछिएका हुन् । त्यसका साथै महरा चिनियाँ सहयोग लिएको र विराटनगर जुटमिल शेयर बिबाद प्रकरणमा पनि मुछिएका पात्र हुन् ।

प्रतिनिधिसभाको सभामुखको भूमिकामा रहेका महरालाई संविधान र संसदीय अभ्यासको उल्लघन गरेको र नमानेको आरोप विपक्षी नेपाली कांग्रेसले लगाउँदै आएको छ । गतबर्ष प्रतिपक्षी दल कांग्रेसले संविधान बमोजम सभामुख र उपसभामख तथा राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्ष फरक लिंग र फरक र राजनीतिक दलको हुनुपर्नेमा दुवै सदनका दुवै पद नेपाल कम्युनिष्ट पार्टीको सदस्यले लिँदै आएका छन् ।

त्यसैले संविधान अनुसारको फरक–फरक दलको सदस्य सभामुख र उपसभामुख तथा अध्यक्ष र उपाध्यक्ष हुनुपर्ने माग उठाएको कांग्रेसलाई सभामुख महराले कुनै जवाफ दिएनन् । कांग्रेस सांसदहरुको विरोध, नाराजुलुस वेल घेराउ हुँदा समेत चिकित्सा शिक्षा विधेयक पारित गरेको भन्दै कांग्रेसले संसदको कारबाहीको बिरोध गरेको थियो ।

यस पटक पनि सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिन रोष्टममा उभिएका प्रधानमन्त्रीलाई मर्यादामा बसाउन नसकेको आरोप महरालाई लाग्दै आएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीदेखि प्रधानमन्त्री ओलीसम्मले सदनमा संवोधनको क्रममा एक पटकभन्दा बढी सभामुखलाई संवोधनसम्म गरेका छैनन् ।

त्यति मात्र होइन, उनीहरुले दिएको अभिव्यक्तिलाई लिएर विपक्षी कांग्रेसले आपत्ति समेत नजनाएको होइन । प्रधानमन्त्रीले त सभामुख महराको अनुमतिबिनानै सदनमा रहेका विपक्षी सांसदसँग बाद प्रतिबाद र झगडा गरिरहे ।

यस्तो अवस्थामा सभामुख महराले प्रधानमन्त्री र विपक्षी सांसद दुवैको ध्यानाकर्षण गराएर उनीहरुले उठाएका जिज्ञासाको समाधान गर्नुपर्ने थियो । तर, प्रधानमन्त्री ओलीले विपक्षी सांसदलाई सदनको कारबाही चलिरहेको बेला निकै हप्काई दप्काई र चेतावनी दिइरहेको बेला सभामुख भने विपक्षी सांसदलाई सम्झाउने र चेतावनी दिँदै थिए ।

सभामुखको भूमिका निष्पक्ष नभएको भन्दै यसअघि कांग्रेसका सांसदहरुले मात्र गुनासो र टिप्पणी गर्दै आएका थिए । तर, प्रमुख प्रतिपक्षी दलको नेता समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले बैशाख २५ गते आयोजित एक कार्यक्रममा सभामुख कृष्णबहादुर महरालाई काँतरकै संज्ञा दिए । कांग्रेसले शुरु गरेको जागरण अभियानको काठमाडौंमा उद्घाटन गर्ने क्रममा सभापति देउवाले यति काँतर, डरपोक सभामुख आफूले कहिल्यै नदेखेको टिप्पणी गरे ।

सत्ता सरकारको भएपनि सदन विपक्षी हो भन्ने बिषयमा समेत सभामुखलाई हेक्का नभएको टिप्पणी गर्दै कांग्रेस सभापति देउवाले संसदीय अभ्यास, परम्परा र यसको विशेषता अनि महत्व सभामुखले नबुझेको अरोप लगाए । उनले सभामुखकै कारण सदनमा प्रतिपक्षी कांग्रेसले देश र जनताको पक्षमा उठाएको आवाजलाई न्युनीकरण गर्न खोजेको आरोप लगाए ।

नेपालको संसदीय इतिहासमा २०४८ सालदेखि संसदमा प्रतिनिधित्व गर्दै आएका कांग्रेस सभापति देउवा नेपालका दुई नेतामध्ये एक हुन् । कांग्रेस उपसभापति विजयकुमार गच्छदारपनि ०४८ सालदेखि हरेक संसदीय निर्वाचनबाट निर्वाचित हुँदै आएका छन् ।

सोही कार्यक्रममा कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंहले सभामुख कृष्णबहादुर महराले संसदको मर्यादा र गरिमा राख्न नसकेको आरोप लगाए । नेता सिंहले संसदीय प्रणाली र व्यवस्थालाई प्रधानमन्त्री ओलीले होच्याउँदा समेत सभामुख निरिह भएर चुपचाप बसेको भन्दै सभामुखको भूमिप्रति असन्तुष्टी व्यक्त गरे ।

दुई तिहाईको बलमा हामीले संसदभित्र वा वाहिर जे गरे पनि हुन्छ भन्ने मानसिकता बोकेका प्रधानमन्त्रीलाई सदन भित्र सभामुखले मर्यादामा राख्न नसकेको सिंहको टिप्पणी थियो ।

सम्बन्धित समाचार

किन चन्द्रमाकाे ढुङ्गा पृथ्वीमा ल्याउन चाहन्छ चीन ?
किन चन्द्रमाकाे ढुङ्गा पृथ्वीमा ल्याउन चाहन्छ चीन ?
  • २०७६ बैशाख ३१, ०८: ०१: ५६

नयाँ विकल्प,एजेन्सी -चीनले सन् १९७० को दशकयता चन्द्रमाबाट ढुङ्गाका नमुना ल्याउन पहिलो पटक प्रयास गर्ने भएको छ। मङ्गलवार प्रक्षेपण गरिने...

वीरका कर्मचारीले ८ महिनादेखि जाेखिम भत्ता नपाउँदा सवै स्थानीय तहमा अस्पताल खाेल्न उर्दी
वीरका कर्मचारीले ८ महिनादेखि जाेखिम भत्ता नपाउँदा सवै स्थानीय तहमा अस्पताल खाेल्न उर्दी
  • २०७६ बैशाख ३१, ०८: ०१: ५६

नयाँ विकल्प काठमाडाैं – सरकारले काेराेना संक्रमण नियन्त्रणकालागि प्रत्यक्ष रूपमा खटिने स्वास्थ्यकर्मीलाइ तलबकाे शतप्रतिशत भत्ता उपलब्ध गराउने घाेषणा गरेकाे थियाे...

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमाको लन्डनमा निधन
पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमाको लन्डनमा निधन
  • २०७६ बैशाख ३१, ०८: ०१: ५६

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमा बेगम सामिम अख्तरको आइतबार लन्डनमा निधन भएको छ । पाकिस्तानको पाकिस्तान मुस्लिम लिग (नवाज)...

भर्खरै

TOP