November 24, 2020, Tuesday

नेकपामा जनवर्गिय संगठनको नेतृत्वमा भागबण्डा

बामदेव खुसी–प्रचण्ड निरास

काठमाडौं । तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच औपचारिक रुपमा एकता घोषणा भएको एक बर्षपछि अर्थात जेठ ३ गते मात्र दुवै पार्टीका जनवर्गिय संगठनमा एकता भएको छ ।

सबैभन्दा बिबाद देखिएको बिद्यार्थी र युवामा दुवै पार्टीले एक एक वटा वाँडेर लिएका छन् । त्यसमा पनि पार्टीको नौं सदस्यीय सचिवालय समितिका सदस्य रहेका बामदेव गौतमले पार्टीको भातृ संस्था नेपाल किसान संघको संयोजक आफैले लिएका छन् ।

जसले गर्दा झण्डै दुई तिहाई स्थानमा तत्कालिन एमाले र माओवादीका उम्मेदवार विजयी हुँदा समेत आफूले पराजय भोगेपछि निरास भएका बामदेव गौतम निकै खुसी भएका छन् । हुम्ला, दैलेख, वाँके, काठमाडौं लगायतका जिल्लाबाट प्रत्यक्षमा निर्वाचित प्रतिनिधिसभाका सांसदलाई राजिनामा गराएर उपनिर्वाचनबाट सांसद बन्ने योजना र अधिकार सम्पन्न विकास प्राधिकरणको प्रमुख बन्ने दुवै प्रस्तावलाई प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेपछि गौतम पार्टी संस्थापन पक्षप्रति निकै रुष्ट बन्दै आएका थिए ।

सचिवालय बैठकमा समेत प्रधानमन्त्री समेत भएका नेकपा अध्यक्ष केपी ओलीको आलोचक बनेका गौतमलाई किशान संघको जिम्मेवारी दिएर इंगेज गराउने रणनीति ओलीको रहेको धेरैको बुझाई छ । तत्कालिन नेकपाको तर्पmबाट गौतम किसान महासंघको संयोजक तोकिएका हुन् ।

जनजाति महासंघको संयोजक तोकिएका सुरेश आलेमगर र सहसंयोजक शेरबहादुर तामाङ दुवै जना पार्टी केन्द्रीय सदस्य हुन् । जनजातिका आलेमगर माओवादी केन्द्रबाट आएका हुन भने तामाङ तत्कालिन नेकपा एमालेबाट प्रतिनिधित्व गर्छन् । प्रेस संगठन नेपालको संयोजक बनाइएका महेश्वर दाहाल पनि पार्टी केन्द्रीय सदस्यनै हुन् । उनी नेकपा माओवादी केन्द्रबाट आएका हुन् ।

त्यस्तै, पार्टी केन्द्रीय सदस्यमा युवा संगठन संयोजक रामप्रसाद सापकोटा (दीपशिखा), भूमिहीन किसानका संयोजक रामप्रित पासवान र मजदुर संयोजक विनोद श्रेष्ठ पनि पार्टी केन्द्रीय कमिटी सदस्य हुन् । सापकोटा माओवादी निकटका हुन भने पासवाना र श्रेष्ठ तत्कालिन नेकपा एमालेबाट आएका हुन् ।

महिला संयोजक अमृता थापामगर र सहसंयोजक सीता पौडेल, पेसागत महासंघ संयोजक विश्वनाथ प्याकुरेल, जनसांस्कृतिक महासंघ संयोजक खगेन्द्र राई, दलित संगठन संयोजक तिलक परियार पनि पार्र्टी केन्द्रीय सदस्य हुन् । थापामगर पूर्वमाओवादी हुन भने पौडेल पूर्वनेकपा एमालेबाट आएकी हुन् । प्याकुरेल र राई एमाले निकट हुन भने परियार तत्कालिन नेकपा माओवादी केन्द्रबाट आएका हुन् ।

तत्कालिन नेकपा एमालेले संयोजक पाएका महत्वपूर्ण १४ संगठनहरु–
किसान संयोजकमा बामदेव गौतम (पूर्व एमाले) र सहसंयोजक चित्रबहादुर श्रेष्ठ (पूर्व माओवादी), अनेरास्ववियू संयोजक ऐन महर (पूर्व एमाले) सहसंयोजकमा रञ्जित तामाङ्ग (पूर्व माओवादी), कानुन संयोजक रुद्र नेपाल (पूर्व एमाले) र सहसंयोजकमा डा.दीनमणी पोख्रेल (पूर्व माओवादी), बुद्धिजीवी ंसयोजक– डा. दिनेशचन्द्र देवकोटा (पूर्व एमाले) सहसंयोजकमा कृष्ण केसी (पूर्व माओवादी), मजदूर संयोजक– विनोद श्रेष्ठ (पूर्व एमाले) सहसंयोजकमा जगत सिंखडा (पूर्व माओवादी), मानवअधिकार संयोजक मीनबहादुर शाही (पूर्व एमाले) सहसंयोजक हुकुम पोख्रेल (पूर्व माओवादी), पेशागत संयोजक विश्वनाथ प्याकुरेल (पूर्व एमाले) सहसंयोजक दयाराम बस्याल (पूर्व माओवादी), जनसांस्कृतिक संयोजकमा खगेन्द्र राई (पूर्व एमाले) सहसंयोजक (सरल सहयात्री (पूर्व माओवादी), मुस्लिम संयोजकमा सराज फारुकी (पूर्व एमाले) सहसंयोजक तहर हुसेन फारुकी (पूर्व माओवादी), भूपू सुरक्षाकर्मी संयोजक धनबहादुर चन्द (पूर्व एमाले) सहसंयोजकमा मिठाराम केसी (पूर्व माओवादी), उद्योग संयोजकमा लक्ष्मीदास मानन्धर (पूर्व एमाले) सहसंयोजक श्याम पाठक (पूर्व माओवादी), खेलकुद् संयोजकमा पुरुषोत्तम पौडेल (पूर्व एमाले) सहसंयोजक शिव कोइराला (पूर्व माओवादी) र भूमिहिन किशान संयोजकमा रामप्रीत पासवान (पूर्व एमाले) र सहसंयोजकमा पदम देवकोटा (पूर्व माओवादी), इञ्जिनियरको संयोजकमा शम्भुबहादुर श्रेष्ठ (पूर्वएमाले) सहसंयोजक हरि पराजुली (पूर्वमाओवादी) रहेका छन् ।

तत्कालिन नेकपा माओवादी केन्द्रले पाएका ६ महत्वपूर्ण संगठनहरुः–
युवा संयोजक– दीपशीखा (पूर्व माओवादी), सहसंयोजकमा रमेश पौडेल (पूर्व एमाले), महिला संयोजक–अमृता थापामगर (पूर्व माओवादी), सहसंयोजकमा सीता पौडेल (पूर्व एमाले), पत्रकार संयोजक– महेश्वर दाहाल (पूर्व माओवादी) सहसंयोजक(गणेश बस्नेत (पूर्व एमाले), दलित संयोजक तिलक परियार (पूर्व माओवादी) सहसंयोजकमा बोमबहादुर विश्वकर्मा (पूर्व एमाले), आदिवासी÷जनजाति संयोजकमा सुरेश आलेमगर (पूर्व माओवादी) सहसंयोजकमा शेरबहादुर तामाङ्ग (पूर्व एमाले) र आपाङ संयोजकमा इन्द्रमाया गुरुङ्ग (पूर्व माओवादी) सहसंयोजक रामप्रसाद ढुंगाना (पूर्व एमाले) रहेका छन् ।

सम्बन्धित समाचार

नेपाली अर्थतन्त्रमा विद्यमान चुनौती
नेपाली अर्थतन्त्रमा विद्यमान चुनौती
  • २०७६ जेष्ठ ६, ०८: १३: २१

दुर्गाप्रसाद गौतम, काठमाडाैं-विश्व मानचित्रमा दुई ठूला मुलुकहरू भारत र चीन विच अवस्थित सानो भूपरिवेष्ठित हाम्रो मुलुक नेपाल यसको विकासक्रम र...

उत्तर अफगानिस्तानमा हवाई आक्रमणमा परी ६ जना तालिबानीको मृत्यु
उत्तर अफगानिस्तानमा हवाई आक्रमणमा परी ६ जना तालिबानीको मृत्यु
  • २०७६ जेष्ठ ६, ०८: १३: २१

अफगानिस्तानको सेनाले उत्तरी बाल्ख प्रान्तको ग्रामीण इलाकामा गरेको कारबाहीमा कम्तीमा छ जना तालिबानी लडाकू मारिएको सेनाले जनाएको छ । अफगान...

बेलिजका प्रधानमन्त्री कोरोना भाइरसबाट सङ्क्रमित
बेलिजका प्रधानमन्त्री कोरोना भाइरसबाट सङ्क्रमित
  • २०७६ जेष्ठ ६, ०८: १३: २१

मेक्सिको सिटी–बेलिजका प्रधानमन्त्री जोन ब्रिसेनोलाई कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । प्रधानमन्त्रीको कार्यालयले सोमबार वक्तव्य जारी गर्दै उनी कोरोनाभाइरसबाट सङ्क्रमित...

भर्खरै

TOP