November 24, 2020, Tuesday

अनुशासन विभागको पत्राचारप्रति नेताहरुको तिव्र असन्तुष्टि

मिडिया, सुरक्षा अंग र मानवअधिकारमाथिको सरकारी हस्तक्षेपविरुद्ध उत्रियो कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैशाख २५ बाट शुरु गरेको राष्ट्रिय जागरण अभियान देशब्यापी भएको छ । अभियानका क्रममा कांग्रेस नेताहरुले नेकपा नेतृत्वको बर्तमान सरकारले लोकतन्त्रका अंगमाथि हस्तक्षेप बढाएको भन्दै त्यसविरुद्ध सडक आन्दोलनमा जान नेतृत्वलाई दबाब दिन थालेका छन् ।

कांग्रेसको जागरण अभियानको क्रममा पार्टी सभापति शेरबहादुर देउवा, पूर्वमहामन्त्री प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौलादेखि डा. शेखर कोइराला लगायतका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार लोकतन्त्रका धरोहर र अंगमाथि हस्तक्षेप गरेर अघि बढ्न थालेको बताउँदै आएका छन् ।

सरकारले हालै संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक, राष्ट्रिय मानवअधिकार आयोग ऐनलाई संशोधन गर्न बनेको बिधेयक र राष्ट्रिय सुरक्षा परिषद् सम्वन्धी विधेयकले स्वतन्त्र संचार जगत, मानवअधिकार र नेपाली सेनामाथि हस्तक्षेप बढाएको भन्दै कांग्रेस जागरण अभियानको क्रममा नेतादेखि कार्यकर्तासम्मलाई आन्दोलनको लागि तयार हुन भनिरहेका छन् ।

सरकारले गरेका कमीकमजोरी मिडियाले उजागर गरेमा एक करोडसम्म जरिवाना गर्ने, जेल हाल्ने र नियमक निकाय मिडिया काउन्सिललाई संचार मन्त्रालयको कठपुतली बनाउने योजना बनाएको छ । त्यस्तै, मानवअधिकार आयोगलाई महान्यायाधिवक्ताको कार्यालय मातहत राखेर सरकारले सरकारद्धारा मानवअधिकार उलंघनका कुनै घटना गरेमा त्यसलाई ढाकछोप गर्ने योजना बनाएको छ ।

त्यस्तै, स्वतन्त्र र संवेदनशील अंगको रुपमा लिइएको नेपाली सेनालाई सुरक्षा परिषद्को बैठक बस्न नसकेको अवस्थामा प्रधानमन्त्रीको आदेशमा परिचालन गर्नेगरी ऐन परिमार्जन गर्न सरकारले विधेयक संसदमा पेश गरिसकेको छ ।

लोकतान्त्रिक शक्ति र अंगहरुलाई कमजोर बनाएर सबै निकायलाई सत्ता अनुकूल चलाउने र आफूविरुद्ध चल्न नदिने रणनीति बनाएको छ । त्यसको सबैभन्दा डरलाग्दो पक्ष भनेकै मिडिया काउन्सिल ऐन निर्माणको क्रममा कुनै सञ्चारमाध्यमले समाचार प्रकाशन वा प्रशारण गरे वापत कुनै व्यक्तिको प्रतिष्ठामा आँच आएमा पत्रकारलाई र संचारमाध्यमलाई एक करोड रुपैयाँसम्मको जरिवाना र पाँचदेखि १० बर्षसम्मको जरिवानाको व्यवस्था गर्नुलाई लिन सकिन्छ ।

सम्बन्धित समाचार

किन चन्द्रमाकाे ढुङ्गा पृथ्वीमा ल्याउन चाहन्छ चीन ?
किन चन्द्रमाकाे ढुङ्गा पृथ्वीमा ल्याउन चाहन्छ चीन ?
  • २०७६ जेष्ठ ६, ०८: १८: ५८

नयाँ विकल्प,एजेन्सी -चीनले सन् १९७० को दशकयता चन्द्रमाबाट ढुङ्गाका नमुना ल्याउन पहिलो पटक प्रयास गर्ने भएको छ। मङ्गलवार प्रक्षेपण गरिने...

वीरका कर्मचारीले ८ महिनादेखि जाेखिम भत्ता नपाउँदा सवै स्थानीय तहमा अस्पताल खाेल्न उर्दी
वीरका कर्मचारीले ८ महिनादेखि जाेखिम भत्ता नपाउँदा सवै स्थानीय तहमा अस्पताल खाेल्न उर्दी
  • २०७६ जेष्ठ ६, ०८: १८: ५८

नयाँ विकल्प काठमाडाैं – सरकारले काेराेना संक्रमण नियन्त्रणकालागि प्रत्यक्ष रूपमा खटिने स्वास्थ्यकर्मीलाइ तलबकाे शतप्रतिशत भत्ता उपलब्ध गराउने घाेषणा गरेकाे थियाे...

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमाको लन्डनमा निधन
पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमाको लन्डनमा निधन
  • २०७६ जेष्ठ ६, ०८: १८: ५८

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमा बेगम सामिम अख्तरको आइतबार लन्डनमा निधन भएको छ । पाकिस्तानको पाकिस्तान मुस्लिम लिग (नवाज)...

भर्खरै

TOP