August 1, 2021, Sunday

ठुला मिडियाका सम्पादकहरुको एउटै स्वर

काठमाडौं । नेपालका विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूले सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयक फिर्ता लिन आग्रह गरेका छन् । आज बिहीबार प्रेस वक्तव्य जारी गर्दै २१ जना सम्पादकहरूले विधेयक लोकतान्त्रिक मूल्य, मान्यता र संविधानको मर्म–भावना विपरीत रहेको भन्दै फिर्ता लिन माग गरेका हुन् ।

सम्पादकहरू अखिलेश उपाध्याय, अनुप काफ्ले, अमित ढकाल, अरुण बराल, कसमस विश्वकर्मा, किरण नेपाल, कुन्द दीक्षित, कृष्णज्वाला देवकोटा, गुणराज लुइँटेल, दिलभूषण पाठक, नारायण वाग्ले, पूर्ण बस्नेत, प्रकाश रिमाल, प्रतीक प्रधान, प्रशान्त अर्याल, युवराज घिमिरे, राजेन्द्र दाहाल, शिव गाउँले, सुधीर शर्मा, सुवास घिमिरे र हरिबहादुर थापा लगायतले वक्तव्य जारी गरेका हुन् ।

वक्तव्यमा, ‘सरोकारवालाहरूसँग कुनै छलफल नगरी, प्रेसमाथि सरकार सर्वेसर्वा हुनेगरी ल्याइएको प्रेस स्वतन्त्रता विरोधी मिडिया काउन्सिल विधेयक फिर्ता लिन र सरोकारवालासँगको परामर्शमार्फत यो विषय सम्बोधन गर्न हामी सम्पादकहरु सरकारसँग माग गर्दछौं भनिएको छ । सम्पादकहरूले नेपाल पत्रकार महासंघ तथा पत्रकारिता सम्वद्ध अन्य संस्था उक्त विधेयकको विरोधमा गरिएको ऐक्यवद्धता जनाएका छन् ।

‘पत्रकारिताका नाममा देखिएका कतिपय विकृत र असंयमित अभ्यास प्रति हामी सचेत छौं । त्यस्ता विकृति सम्बोधन गरेर अघि बढ्नु पर्नेमा हामी प्रष्ट छौं । ‘सरोकारवालाहरूसँग कुनै पूर्व छलफल नगरी ल्याइएको प्रेस स्वतन्त्रता विरोधी मिडिया काउन्सिल विधेयक सरकारले फिर्ता लिन र सरोकारवालासँगको बृहत बहस मार्फत यो बिषय सम्बोधन गर्न सरकारसँग माग गरेका छन् ।’

सम्बन्धित समाचार

कोरोनाबाट एकै परिवारका तीनको मृत्यु, गाउँ सिल
कोरोनाबाट एकै परिवारका तीनको मृत्यु, गाउँ सिल
  • २०७६ जेष्ठ ९, ११: ५१: ५०

नयाँ विकल्प उदयपुर-जिल्लाको त्रियुगा नगरपालिका–२ खैजनपुरगाउँमा कोरोना सङ्क्रमणबाट एकै परिवारको तीन जनाको मृत्यु भएको छ। वडाध्यक्ष घमानसिंह खत्रीका अनुसार कोरोना...

मेलम्ची बाढीः चनौटेको रातो पुल बगायो (भिडियाे)
मेलम्ची बाढीः चनौटेको रातो पुल बगायो (भिडियाे)
  • २०७६ जेष्ठ ९, ११: ५१: ५०

नयाँ विकल्प सिन्धुपाल्चोक- शनिबार रातिदेखि आएको बाढीले चनौटेको रातो पुल बगाएको छ। स्थानीयवासी हस्त पण्डितका अनुसार आज बिहान ७ः४५ बजे...

मेलम्चीमा फेरि गयो बाढीः रेडियो मेलम्चीको भवन ढल्यो, रातो पुल जोखिममा
मेलम्चीमा फेरि गयो बाढीः रेडियो मेलम्चीको भवन ढल्यो, रातो पुल जोखिममा
  • २०७६ जेष्ठ ९, ११: ५१: ५०

नयाँ विकल्प सिन्धुपाल्चोक- मेलम्चीमा शनिबार रातिदेखि आएको बाढीले रेडियो मेलम्चीको भवन ढलेको छ रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले गए...

भर्खरै

TOP