November 23, 2020, Monday

भारतको आमनिर्वाचनले दिएको राजनीतिक सन्देश

भर्खरैमात्र भारतको आमनिर्वाचन सम्पन्न भएको छ । विभिन्न अड्कल बाजीका बाबजुत पुनः भारतमा भारतीय जनता पार्टीको नेतृत्वलेनै सरकार बनाउने पक्का भएको छ । भारतीय जनता पार्टीको नेतृत्वकर्ता नरेन्द्र मोदीले पुनः बहुमत पाएर सरकार बनाइरहँदा भारतको राजनीतिमा नयाँ तरंग उत्पन्न भएको छ ।

भारतको लोकसभा निर्वाचनको परिणामपश्चात् नेपालमा पनि विभिन्न खाले राजनीतिक अड्कल बाजी सुरु भएको छ । विश्वमा आएको परिवर्तन सँगसँगै विश्वको राजनीतिक परिवर्तनमा बहुमत प्राप्त दलले सरकार चलाइ सकेपछि पनि सोही पार्टी सत्तासिन हुन कम मेहनतले हुने कुरा होइन । भारतीय जनता पार्टीको नेतृत्वकर्ता नरेन्द्र मोदीले यसभन्दा अगाडि सरकारको बागडोर सम्हालीरहँदा विशेषगरी तिन कुरामा मोदी सरकारले जोड दिएको कारण पनि पुनः सत्तासिन हुन पुगेको देखिन्छ ।

जसमा पहिलो रोजगारी तथा किसानलाई राहात पु¥याउने कार्यले मोदी सरकार निकै लोकप्रिय बन्न पुग्यो । दोस्रो कुरा राष्ट्रियताको सवालमा मोदी सरकार निकै अब्बल भएको देखियो । राष्ट्रिय मुद्धा उठ्दा मोदी सरकारले कहिल्यै पनि दोहोरो चरित्र देखाएन । त्यसैले पनि मोदी सरकार राष्ट्रियताको सवालमा अरुभन्दा अब्बल भएको प्रमाणित भयो ।

तेस्रो कुरा भनेको पाकिस्तानसँग झण्डैझण्डै लडाईं सुरु भइसकेको अवस्थामा पनि मोदी सरकारले पाकिस्तानविरुद्ध कडा रुपले प्रस्तुत हुँदा भारतीय जनताले यो विषयमा मोदी सरकारलाईनै जनताले प्रत्यक्ष अप्रत्यक्ष सहयोग पु¥याइरहेकाले मोदी सरकार पाकिस्तानसँगको विवादमा सफल हुन सक्यो । पाकिस्तानको विवादपछि राष्ट्रिय मुद्धामा मोदी सरकारले लिएको अडान ठिक रहेछ भन्ने कुरा प्रमाणित गरेर देखायो मोदी सरकारले ।

त्यसैले सरकारमा गएर राज्य चलाउने पार्टीले सँधै जनताको सेवकका रुपमा आफुलाई प्रस्तुत गर्न सकेमात्र लोकप्रिय हुन सकिन्छ भन्ने कुरा भारतको आमनिर्वाचनले देखाएको छ । राजनीतिक दलहरुले खोक्रो आस्वासन र नाराले मात्र जनताले विश्वास गर्दैनन् भन्ने कुरा भारतको आमनिर्वाचनमा भारतीय जनता पार्टीले बहुमतबाट सावित हुन्छ ।

त्यसैले सँधै झुठो बोलेर, जनतालाई झुक्याएर लिएको मत लामो समय टिक्दैन भन्ने कुराको प्रमाणित यस पटकको भारतीय निर्वाचनले देखाएको छ । यसभन्दा अगाडिको निर्वाचनमा प्रमुख प्रतिपक्षी दल समेत बन्न असफल भएको कँग्रेस आइ यसपटक पनि उल्लेखनीय सुधार नहुँदा प्रमुख प्रतिपक्षी दल बन्न असफलनै भयो । यसभन्दा अगाडिको निर्वाचन लगतै कँग्रेस आइले युवा पुस्तामा पार्टी नेतृत्व हस्तान्तरण गरेर राहुन गान्धीलाई नेतृत्व सुम्पेको थियो । तरपनि निर्वाचनमा युवा नेता राहुल गान्धीको नेतृत्व सफल हुन सकेन ।

कँग्रेस आइले पुस्तौनी हात पारीरहेको निर्वाचन क्षेत्रसमेत गुम्न पुग्यो । राजनीतिक इमान्दारीताको कदर गर्दै युवा नेता राहुल गान्धीले पार्टी नेतृत्वबाट राजीनामा दिए । राजनीतिक इमान्दारीता देखाउनु पनि ठुलो कुरा हो । उनले देखाएको इमान्दारीतालाई अन्य मुलुकका नेताहरुले पनि अनुसरण गर्नसके मात्र राजनीतिमा इमान्दारीताको कदर हुनेछ । त्यसैले राजनीतिमा सक्षम, इमान्दारीता, बुद्धीमता तथा अन्तर्राष्ट्रिय जगतको समेत विश्वास लिन सकेमात्र राजनीतिमा सफल हुने कुराको सन्देश भारतीय आमनिर्वाचनले देखाएको छ ।

सम्बन्धित समाचार

नयाँ विकल्प अब डिजिटल संस्करणमा पनि
नयाँ विकल्प अब डिजिटल संस्करणमा पनि
  • २०७६ जेष्ठ १४, ०७: २७: ००

काठमाडौं । नेपाली पत्रकारिताको क्षेत्रमा विगत तीन दशकदेखि अनवरत रुपमा प्रकाशित नेपालको राष्ट्रिय साप्ताहिक नयाँ विकल्प अब डिजिटल संस्करण सहित...

असारे विकासले ओझेलमा परेको विपद् व्यवस्थापन
असारे विकासले ओझेलमा परेको विपद् व्यवस्थापन
  • २०७६ जेष्ठ १४, ०७: २७: ००

वर्षायाम सुरु भएसँगै देशका विभिन्न स्थानहरुमा बाढी पहिरो र डुबान पनि सुरु भइसकेको छ । गत साता बिहिबारबाट भएको अबिरल वर्षाका...

नेपालमा लकडाउनको १०० दिन र विश्व बैंकको प्रतिवेदन
नेपालमा लकडाउनको १०० दिन र विश्व बैंकको प्रतिवेदन
  • २०७६ जेष्ठ १४, ०७: २७: ००

विश्व बैंकले गत साता प्रकाशित गरेको प्रतिवेदनको अनुसार नेपाल निम्न आय भएको मुलुकबाट निम्न मध्यम आय भएको मुलुकको सूचीमा उक्लिएको...

भर्खरै

TOP